सप्तरी । राजविराजको हटियामा निर्माणाधीन ‘शपिङ कम्प्लेक्स’ को सुस्तगतीमा काम भइरहेको पाइएको छ । सुन्दर हाट र बजार व्यवस्थित गर्ने उद्देश्यले सप्तरीको सदरमुकाम राजविराजस्थित हटियामा दुईतले शपिङ कम्प्लेक्स निर्माण सुरु गरिएको थियो ।
हटिया पस्ने मुख्य बाटोमा स्थानीयले जथाभावी फालेका फोहोरका कारण हटिया क्षेत्र सधैँ दुर्गन्धित देखिने गरेको छ । पाँच वर्षअघि राजविराज नगरपालिकाका तत्कालीन नगरप्रमुख शम्भुप्रसाद यादवको नेतृत्वले निर्माण थालेको उक्त भवन सम्पन्न नहुँदा बजार अस्तव्यस्त बनेको स्थानीय व्यापारी बताउँछन । निर्धारित समयमा भवन सम्पन्न नहुँदा बजार वरिपरि जथाभावी तरिकाले पसलहरु सञ्चालन भएका छन् भने बजार अस्तव्यस्त देखिएको छ ।
जथाभावी सागसब्जी, किराना पसल, फलफूहरु, विभिन्न कोस्मेटिक समान, चामल, भाँडावर्तन, दाउरा नाङ्लो बेच्ने व्यापारी अव्यवस्थित रुपमा बसेर बिक्री गर्ने गरेका राजविराज–३ का बबिता यादवले गुनासो गरिन । यसरी बजार अव्यवस्थित हुँदा पैदल यात्रा गर्न तथा दैनिक उपभोग्य वस्तु किन्न सास्ती हुने गरेको उनको भनाइ छ ।
यादवले भनिन्, “राजविराजको हटियामा ढल निकासका लागि नालाहरु निर्माण सुस्तगतिमा गरेकाले हटिया प्रवेश गर्ने ठाउँबाट अन्य ठाउँमा किनमेल गर्न, आवतजावत गर्न कठिनाइ भइरहेको देखिएको छ ।” स्थानीय कोस्मेटिक (मनियहारा) पसल सञ्चालक श्रवण दासका अनुसार हटियबजार व्यवस्थित गर्नका लागि निर्माण थालिएको शपिङ कम्प्लेक्सको काम समयमा सम्पन्न नभएकाले व्यापारव्यवसाय फस्टाउन सकेको छैन ।
शपिङ कम्प्लेक्सको करिब ८० प्रतिशत काम सकिएर ढल निकासी गर्नका लागि चारैतिर नाला बनाउने काम भइरहेको कार्यवाहक नगरप्रमुख इसरत परविनले बताइन् । राजविराज–७ स्थित हटियाको एक बिघा ११ कट्ठा जग्गामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले पाएको कूल रु ३५ करोडमध्ये रु १९ करोडको लागतमा भवन व्यवस्थित गर्ने काम थालिएको उनले जानकारी दिइन् ।
दुईतले शपिङ कम्प्लेक्समा तीन सय आठ कोठा रहने छन् । भवन निर्माण डिभिजन कार्यालयमार्फत रसुवा रोसन जेभी निर्माण कम्पनीसँग सम्झौता भई भवन निर्माण थालिएको थियो । ठेकेदारको लपरबाहीका कारण निर्धारित समयभन्दा दुई वर्ष बढी लागे पनि हालसम्म सम्पन्न नभएको नगरवासीले गुनासो गरेका छन् ।
भवनको पहिलो तला छत ढलान गर्ने र दोस्रो तलामा जस्ताले छाउने गरी कम्प्लेक्स निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । सोही अनुरुप पहिलो तला छत ढलान र दोस्रो तलामा जस्ताले छाउने काम सम्पन्न भएको कार्यवाहक नगरप्रमुख परविनले बताइन् । उनका अनुसार हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
कार्यवाहक नगर प्रमुख परविनले गत साउनमा बजार क्षेत्रका अतिक्रमण गरी अवैधरुपमा निर्माण गरिएका संरचना भत्काउने काम गरिएको भन्दै व्यवस्थित ढल निकासका लागि नाला निर्माण भइरहेको बताइन् । उनले सुन्दर हाट र व्यवस्थित बजार बन्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार बजेट अभावका कारण शपिङ कम्प्लेक्स निर्माणमा समस्या भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: