सप्तरी । राजविराजको हटियामा निर्माणाधीन ‘शपिङ कम्प्लेक्स’ को सुस्तगतीमा काम भइरहेको पाइएको छ । सुन्दर हाट र बजार व्यवस्थित गर्ने उद्देश्यले सप्तरीको सदरमुकाम राजविराजस्थित हटियामा दुईतले शपिङ कम्प्लेक्स निर्माण सुरु गरिएको थियो ।
हटिया पस्ने मुख्य बाटोमा स्थानीयले जथाभावी फालेका फोहोरका कारण हटिया क्षेत्र सधैँ दुर्गन्धित देखिने गरेको छ । पाँच वर्षअघि राजविराज नगरपालिकाका तत्कालीन नगरप्रमुख शम्भुप्रसाद यादवको नेतृत्वले निर्माण थालेको उक्त भवन सम्पन्न नहुँदा बजार अस्तव्यस्त बनेको स्थानीय व्यापारी बताउँछन । निर्धारित समयमा भवन सम्पन्न नहुँदा बजार वरिपरि जथाभावी तरिकाले पसलहरु सञ्चालन भएका छन् भने बजार अस्तव्यस्त देखिएको छ ।
जथाभावी सागसब्जी, किराना पसल, फलफूहरु, विभिन्न कोस्मेटिक समान, चामल, भाँडावर्तन, दाउरा नाङ्लो बेच्ने व्यापारी अव्यवस्थित रुपमा बसेर बिक्री गर्ने गरेका राजविराज–३ का बबिता यादवले गुनासो गरिन । यसरी बजार अव्यवस्थित हुँदा पैदल यात्रा गर्न तथा दैनिक उपभोग्य वस्तु किन्न सास्ती हुने गरेको उनको भनाइ छ ।
यादवले भनिन्, “राजविराजको हटियामा ढल निकासका लागि नालाहरु निर्माण सुस्तगतिमा गरेकाले हटिया प्रवेश गर्ने ठाउँबाट अन्य ठाउँमा किनमेल गर्न, आवतजावत गर्न कठिनाइ भइरहेको देखिएको छ ।” स्थानीय कोस्मेटिक (मनियहारा) पसल सञ्चालक श्रवण दासका अनुसार हटियबजार व्यवस्थित गर्नका लागि निर्माण थालिएको शपिङ कम्प्लेक्सको काम समयमा सम्पन्न नभएकाले व्यापारव्यवसाय फस्टाउन सकेको छैन ।
शपिङ कम्प्लेक्सको करिब ८० प्रतिशत काम सकिएर ढल निकासी गर्नका लागि चारैतिर नाला बनाउने काम भइरहेको कार्यवाहक नगरप्रमुख इसरत परविनले बताइन् । राजविराज–७ स्थित हटियाको एक बिघा ११ कट्ठा जग्गामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले पाएको कूल रु ३५ करोडमध्ये रु १९ करोडको लागतमा भवन व्यवस्थित गर्ने काम थालिएको उनले जानकारी दिइन् ।
दुईतले शपिङ कम्प्लेक्समा तीन सय आठ कोठा रहने छन् । भवन निर्माण डिभिजन कार्यालयमार्फत रसुवा रोसन जेभी निर्माण कम्पनीसँग सम्झौता भई भवन निर्माण थालिएको थियो । ठेकेदारको लपरबाहीका कारण निर्धारित समयभन्दा दुई वर्ष बढी लागे पनि हालसम्म सम्पन्न नभएको नगरवासीले गुनासो गरेका छन् ।
भवनको पहिलो तला छत ढलान गर्ने र दोस्रो तलामा जस्ताले छाउने गरी कम्प्लेक्स निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । सोही अनुरुप पहिलो तला छत ढलान र दोस्रो तलामा जस्ताले छाउने काम सम्पन्न भएको कार्यवाहक नगरप्रमुख परविनले बताइन् । उनका अनुसार हालसम्म करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
कार्यवाहक नगर प्रमुख परविनले गत साउनमा बजार क्षेत्रका अतिक्रमण गरी अवैधरुपमा निर्माण गरिएका संरचना भत्काउने काम गरिएको भन्दै व्यवस्थित ढल निकासका लागि नाला निर्माण भइरहेको बताइन् । उनले सुन्दर हाट र व्यवस्थित बजार बन्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार बजेट अभावका कारण शपिङ कम्प्लेक्स निर्माणमा समस्या भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: