Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

एमाले बारा अधिवेशन : ५ पदाधिकारीमा ११ जनाको उम्मेदवारी, आज मतदान

खबरडबली संवाददाता

बारा  ।  नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दिुई जनासहित ११ जनाले उम्मेदवारी दिएका थिए ।

अध्यक्षमा अध्यानन्द पाण्डे र टिना सुवेदीले उम्मेदवारी दर्ता गरेका छन । दुई उपाध्यक्ष पदका लागि नारायण प्रसाद गौतम र भुलन चौधरीले उम्मेदवारी दिएका छन् । त्यस्तै, एक जना सचिव पदका लागि एम समिउल्लाह, अमृत शर्मा बजगाई (सुजन) र भिखारी साह विद्रोहीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत गोकुल घोरसाईनेले जानकारी दिए । 

दुई जना उपसचिव पदका लागि खुल्ला र महिलातर्फ गरी चार जनाको उम्मेदवारी परेको छ । जसमा जवाहिर अंसारी र धनिराम चौधरी गरी चार जनाले खुल्ला तर्फ उम्मेदवारी परेको छ भने महिला तर्फ कमला घिमिरे र भावना आर्चायले उम्मेदवारी दिएका छन् ।

एमालेको जिल्ला कमिटी ५ पदाधिकारीसहित एक सय ३५ सदस्यीय हुनेछ जसमध्य अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १२५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ भने बार्की दश जनालाई मनोनित गरिने बताईएको छ । 

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे हुदाँ निर्वाचन तालिका भन्दा केही ढिलाइ भएको एमाले निर्वाचन समितिले जनाएको छ । अन्तिम नामावली प्रकाशित भईसकेको हुँदा भोली शुक्रबार बिहान ८ बजेदेखि मतदान हुने प्रमुख निर्वाचनअधिकृत महम्मद रफिक मियाँले बताए । अधिवेशनमा १६ पालिकाबाट आठ सय ३० जना प्रतिनिधिहरू मतदाता रहेका छन् । 

नेताहरुले सार्वजनिक अभिव्यक्तिमा सहमतिको रटान लगाएपनि भित्रभित्र आफ्नो गुटको पक्षमा लबिङ गरेकाले मतदानबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको हो । अधिवेशनको उद्घाटन सत्रमा बोल्ने पार्टी वरिष्ठ अपाध्यक्ष ईश्वर पोखरेल सहितका नेताहरुले पार्टीमा कुनै पनि गुट नभएको स्पष्टीकरण दिए पनि भित्रभित्रै गुट झाँगिएको अधिवेशन स्थलमा सहभागी नेता, कार्यकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।

नेकपा एमालेका नेता तथा कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख भरत बहादुर भण्डारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले उमेदवारी दर्ता नगर्न दवाब दिएको भण्डारीले बताए । ‘म केही समयबाट अध्यक्ष पदका निम्ती तयारी गरिरहेको थिए, तयारी राम्रो थियो तर मनोनयन दर्ताको एकदिन अघिबाट नेताहरुले दवाब दिए । कतिसम्म भने अध्यक्ष ओलीबाट समेत फोन आएपछि मैले मनोनयन दर्ता गरिन ।’ भण्डारीले भने, जिल्ला कमिटी बनाउन बालकोट सचिवालयबाट चलखोल भईरहेको छ ।

अध्यक्षका उम्मेदवार अध्यानन्द पाण्डेले आफूले पार्टीलाई अनुकुल बनाउन तिन पटक अध्यक्षको पदका निम्ती प्रयास गर्दा समसहमतका निम्ती तिनै पटक सचिब भएर काम गर्दा प्रतिकूल राजनीतिक परिस्थितिमा भएका चुनावमा पार्टीलाई प्रदेशसभामा पहिलो बनाएको र अन्य निर्वाचनमा पनि उल्लेख्य सफलता हासिल गरेको, पार्टी संगठनलाई व्यवस्थित बनाएको र पार्टीलाई आर्थिकरुपमा पारदर्शी मितव्यवयी बनाएकाले प्रतिनिधिकै आग्रहमा एक कार्यकाल अध्यक्ष भई काम गर्न उम्मेदवारी दिएको बताएका छन् ।

अर्का उम्मेदवार टिना सुवेदीले पार्टीलाई थप बलियो बनाउन आफू अध्यक्षमा आउन चाहेको बताएकी छिन् । निवतमान जिल्ला उपाध्यक्ष सुवेदीले महिलालाई जिल्लाको नेतृत्वमा गएर काम गर्नसक्छन भने अदाहरण बन्न र जिल्लामा रहेर निकै लामो समय काम गरेका कारण यो पटक अध्यक्षमा दावी गरेको बताईन । निवतमान जिल्ला उपाध्यक्ष सुवेदी अध्यक्ष ओली निकट मानिन्छन् । 

एमाले मधेश प्रदेशका सचिब मनोज पौडेलले भने,‘प्रदेश अधिवेशन सहमतिमा गर्ने मुख्य नेताहरूको पहल निकै भएको हो । तर, अब सम्भव नहुने अवस्थामा आइपुगेको छ । सायद अब मतदाननै हुन्छ । निर्वाचनमा प्रदेश अध्यक्षका लागि पार्टीका नेताहरू पाण्डे र सुवेदीले स्वस्थ प्रतिस्पर्धा गर्नुहुन्छ ।’

बारामा ओली निकट मानिने एमाले पोलिटब्युरो सदस्य अच्युत मैनाली र ज्वाला साह एक तर्फ छन । अध्यक्षका उम्मेदवार टिना सुवेदी पोलिटब्युरो सदस्य मैनालीका श्रीमती हुन भने सचिव पदका उम्मेदवार अमृत शर्मा बजगाई (सुजन) पोलिटब्युरो सदस्य ज्वाला साहका श्रीमान हुन । उनीहरुलाई परिवारबादमा लागेको आरोप समेत मतदाताले लगाएका छन ।  उनीहरुको जिल्लामा व्यापक बिरोध समेत भईरहेको छ ।   

यता एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल अर्को तफ रहेका छन । उनले अध्यक्षका उम्मेदवार अध्यानन्द पाण्डेलाई समर्थन गरेका छन । नेकपा एमालेका नेताहरु आफुनिकटका व्यक्तीहरूलाई अध्यक्षमा जिताउने रणनीतिमा सक्रिय बनेका छन । कतिपयले यो निर्वाचनलाई नेताहरुको शक्ति परीक्षणको रुपमा पनि हेरेका छन ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending