Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

स्रोत सुनिश्चित नहुँदा नगर अस्पताल अलपत्र

खबरडबली संवाददाता

बागलुङ । ढोरपाटन सिकार आरक्ष क्षेत्रमा निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ । ढोरपाटन नगरपालिका–९ पाखाथरमा १९ महिना अगाडि निर्माण सुरु भएको नगर अस्पतालमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता नहुँदा अलपत्र परेको हो । 

निर्माण कम्पनीले ५० प्रतिशत काम सम्पन्न गरिसकेको छ । आधा काम गरिसक्दा पनि भुक्तानी नपाएपछि अहिले अस्पतालको काम ठप्प भएको हो । गत माघसम्म ठूलो सङ्ख्यामा कामदार लगाएर काम गरिरहेको निर्माण कम्पनीले अहिले काम छाडेको छ । 

ढोरपाटन क्षेत्रका नागरिकलाई लक्षित गरी निर्माण सुरु गरिएको १५ शय्याको नगर अस्पतालको काम रोकिएपछि सरकारले बजेट व्यवस्थापन गरेर अस्पताललाई पूर्णता दिनुपर्ने स्थानीयको माग छ । विसं २०८२ असार २३ सम्ममा सक्नेगरी सम्झौता गरिएको थियो । 

काम सुरु गर्दा नगरपालिकाले पेश्कीस्वरुप रु दुई करोड ४६ लाख उपलब्ध गराए पनि त्यसयता काम गरेको भुक्तानी नपाएको एसी कन्ट्रक्सन प्रालिका प्रमुख दीपक अदैले बताए । उनले भदौ महिनासम्म रु छ करोड ६१ लाखको काम सम्पन्न गरी नगरपालिकामा बिल बुझाए पनि अहिलेसम्म रकम नपाएको गुनासो गरे । 

हालसम्म अस्पतालको आधाभन्दा बढी काम सकेको भन्दै रु साढे आठ करोड भुक्तानी हुन बाँकी रहेको अदैले बताए । करोडौँ रकम भुक्तानी नहुँदा काम गर्न निकै गाह्रो भएको उनको भनाइ छ । अस्पातलको भवन निर्माणका लागि रु १७ करोड ५० लाखमा सम्झौता भए पनि सरकारले स्रोत सुनिश्चितता नगर्दा भुक्तानी पाउन नसकेको हो ।

ढोरपाटनमा निर्माण सामग्री ढुवानी गर्न र कामदार लगाउन निकै खर्चिलो भएको तथा आफूले जसोतसो व्यवस्थापन गर्दै आए पनि अहिले निकै गाह्रो भएको उनको भनाइ छ । 

“हामीहरूले इमान्दार भएर काम गर्याै तर अहिले भुक्तानी पाएनौँ, भुक्तानी पाउन नसक्दा, काम छाड्न बाध्य भयौँ, सबै व्ययभार मिलाउन गाह्रो भएको छ, भदौसम्मको रु छ करोड बढी बिल पेस गरेको महिनौँ भयो, अहिलेसम्म एक रुपैयाँ पनि पाएका छैनौँ, त्यसपछि पनि माघसम्म पैसा आउने आशमा काम गरियो आएन र काम गर्न सकिएन”, अदैले भने, “अहिलेसम्म रु आठ करोडभन्दा बढी रकम पाउन छ, स्रोत सुनिश्चित नहुँदै ठेक्का लगाइएको रहेछ, यसमा हाम्रो के दोष ?, अहिले हामीहरू निकै समस्यामा परेका छौँ, काम गरेको करोडौँ रुकम नपाउँदा व्ययभारले तनाव बनाएको छ ।”

उपत्यका क्षेत्रमा ढोरपाटनका वडा नं ६, ७, ८ र ९ का करिब पाँच हजार बढी स्थानीय यहाँ बसोबास गर्दै आएका छन् । हिउँदको समयमा त्यहाँका बासिन्दा अधिकारीचौर, बोबाङलगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गर्दछन् । अस्पताल निर्माणपछि ढोरपाटनसँगै निसेलढोर र पूर्वीरुकुमको तकसेरा, हुकाम मैकोट, म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा लिइएको छ ।

ढोरपाटनमा अहिलेसम्म अस्पताल बन्न सकेको थिएन । नगरपालिकाले सहरी सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएर सेवा प्रवाह भइरहेको छ । बुर्तिबाङ बजारबाट ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनमा बाहिरबाट आउने पर्यटकसमेत बिरामी हुँदा उपाचारमा समस्या हुने गरेको छ । 

उच्च स्थानमा हुँदा पर्यटकलाई लेक लाग्ने समस्या बढी हुने गरेको पाइन्छ । निर्माणाधीन अस्पतालका लागि स्रोत सुनिश्चित नहुँदा अर्थ मन्त्रालयले भुक्तानी गर्न नसक्ने जनाएको बताइएको छ । 

नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले निर्माण कम्पनीले माघ महिनासम्म तीव्रगतिमा काम गरेको जनाउँदै सङ्घीय सरकारले रकम नपठाउँमा भुक्तानी गर्न नसकिएको बताए । सात महिना अगाडि नै निर्माण कम्पनीले नगरपालिकामा बिल पेस गरेको जनाउँदै केन्द्रमा पटक–पटक माग गर्दा पनि रकम नपठाएको उनको भनाइ छ । नगरपालिकाको स्रोत नहुँदा पालिकाबाट भुक्तानी गर्न सक्ने स्थिति नरहेको ज्ञवाली बताउँछन् । 

उनले भने, “ठूलो रकम निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी छ, स्वास्थ्य मन्त्रालयमा दुई पटकसम्म रकम पठाउनका लागि पत्र पठायौँ, तर अहिलेसम्म आएन, उहाँहरूले धेरै काम गर्नुभएको छ, भुक्तानी नगरपालिकाले पनि गर्न सक्दैन, नगरपालिकाको आम्दानी हुन्थ्यो भने जोखिम लिएर भुक्तानी दिन सकिन्थ्यो, हाम्रो केही स्रोत छैन, अब माथिबाट नआएसम्म अरु विकल्प छैन, सङ्घीय कार्यक्रम भएको हुँदा अप्ठ्यारो भयो, यसले निर्माण कम्पनी निकै मर्कामा परेको छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तुलसीपुर उपमहानगरले माग्यो निजी विद्यालयको शुल्क विवरण

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयबाट शुल्क विवरण माग गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीका अनुस...

समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक: महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको चाहनाअनुरुप आर्थिक समृद्धि हासिल गर्न तीन तहको सरकार मिलेर अघि बढ्नुपर्नेे बताएका छन् ।...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड: चेम्बर अफ कमर्स

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएको छ । एक सय ३५ औँ अन्तर्...

क्षमताभन्दा तेब्बर बढी भएपछि ५७ कैदीबन्दी स्थानान्तरण

चितवन । जिल्ला कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ५७ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । वैशाख ११ गतेदेखि १३ गतेसम्म चार जिल्...

सप्तरीको चिम्टीमा भीषण आगलागी:एकसय बढी घर जलेर नष्ट

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ । आगलागीबाट एकसय बढी घर जलेर नष्ट भएको छ ।  गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव...

इलाममा एमालेको विजय सभाबाट फर्केको पिकअप दुर्घटना हुँदा १९ जना घाइते

इलाम । इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको पिकअप गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । को २ च ४४७ नम्बरको पिकअप गा...

ताप्लेजुङमा भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका हस्तबहादुर थेबे लिम्बूको भीरब...

पाकिस्तानमा भारी वर्षाका कारण अप्रिलमा कम्तीमा १४३ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । अप्रिल मह...

अनलाइनमार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ की ३० वर्षीया अनु श्रेष्ठ रहेकी छ...

आम जनता पार्टीले बैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

काठमाडौं । आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक सम्पन्न भएको छ । बैशाख २० गते भन्सार विभाग घेराउ गर्ने निर्णय गर्दै बैठक सम्पन्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies