Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार: अध्यक्ष लिङ्देन

खबरडबली संवाददाता

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्दनेले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बन्नुपर्ने बताएका छन् । 

राप्रपा मोरङद्वारा आज विराटनगरको महेन्द्र चोकमा आयोजित ‘जनजागरण सभा’ लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष लिङ्देनले अवस्था बदल्न, व्यवस्था बदल्नका लागि सरकारलाई ४० बुँदे मागपत्र बुझाएको स्मरण गराउँदै देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बन्नुपर्ने धारणा राखे । 

उनले मुलुकको अर्थव्यवस्थालाई बलियो बनाउन सङ्घीयता खारेज गरी केन्द्रीय र स्थानीय तहको राज्य संरचना हुनुपर्ने भन्दै राष्ट्रिय एकतालाई बलियो बनाउन नेपालमा हिन्दू राष्ट्र कायम हुनुपर्नेमा जोड दिए । 

उनले राष्ट्रको अभिभावकको रुपमा राजालाई स्थापित गर्न र व्यवस्था बदल्न राप्रपासँग नयाँ सम्झौता गर्नुपर्ने भन्दै अटेर गर्ने र देश र जनतालाई बन्धक बनाउने कार्य राप्रपाका लागि सह्य नहुने विचार राखे । 

उनले अन्य दलले निर्वाचनको सन्दर्भमा मिसन ८४ भनिरहेको अवस्थामा राप्रपा मिसन ८१ मै राज्य शक्तिलाई घुँडा टेकाउन आगामी चैत २७ गते काठमाडौंमा विशाल सभा गर्न लागेको जानकारी गराउँदै अहिले सत्ता साझेदारी र सत्ता स्वार्थका निम्ति देश बन्धक बनेको छ भने ।

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देश बनाउन राजा र राजनीतिक दल मिल्नुपर्ने बिपी विचारमा सबै राजनीतिक दल हिँड्नुपर्ने सुझाव दिँदै राजनीतिक दलका राष्ट्रिय हितका नीतिगत एजेण्डा लागू गराउन इमान्दार बन्नुपर्ने कुरामा जोड दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending