Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

रास्वपा जुम्लाको सभापतिमा मक्करबहादुर भण्डारी सर्वसम्मत

खबरडबली संवाददाता

जुम्ला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट मक्करबहादुर भण्डारी सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन भएको छन्।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा सुनीलकुमार रोकाय, सचिवमा जगतबहादुर खत्री तथा सहसचिवमा दानबहादुर बुढा चयन भएको छन्। समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्दै पेमा टाँसी लामा तामाङ, शान्ते कामी, भीमबहादुर बुढा र सीता रोकाय सदस्यमा चयन हुनुभएको रास्वपा जुम्लाले जनाएको छ।

अधिवेशनले जिल्ला नेतृत्व चयनसँगै निर्वाचन क्षेत्रस्तरीय संरचनासमेत गठन गरेको छ। जस अनुसार निर्वाचन क्षेत्र नम्बर (क) को उपसंयोजकमा इन्द्रबहादुर बुढा, सचिवमा फुर्वा छिरिङ तामाङ तथा खुला सदस्यमा जनकराज खत्री चयन भएको छन्।

त्यसै गरी, क्षेत्र नम्बर (ख)समितिको उपसंयोजकमा कमल आचार्य, सचिवमा मायालाल धिताल तथा खुला सदस्यमा मुक्तिप्रसाद उपाध्याय चयन भएको छन्।

अधिवेशनको उद्घाटन सत्रअगाडि जुम्ला बजारमा विभिन्न नारासहित र्‍याली निकालिएको थियो। र्‍यालीमा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। रास्वपाले जिल्ला स्तरमा सङ्गठन सुदृढीकरण, सुशासनको प्रवर्धन तथा जनसरोकारका मुद्दालाई प्राथमिकतामा राख्दै आगामी गतिविधि अघि बढाउने जनाएको छ।

नवनिर्वाचित सभापति मक्करबहादुर भण्डारीले जुम्लामा रास्वपाको सङ्गठन तीव्र गतिमा अगाडि बढिरहेको बताए। उनले नयाँ समितिले अन्य राजनीतिक दलभन्दा फरक र जनमुखी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, मिटरब्याज आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

मिडिया गेटमा पार्किङबारे रवि लामिछाने: पार्टीले विज्ञप्तिमार्फत यो गलत हो भनेर स्पष्ट भनिसकेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...

प्रतिनिधिसभामा ‘अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन र खारेज गर्ने विधेयक’ प्रस्तुत

वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री

नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह: मनोबल नघटाउनुहोस्, तपाईंहरूकै कारण धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेका छन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...

यातायात कार्यालयको अनलाइन प्रणाली सञ्चालनमा, देशभर सेवा पुन: सुरु

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...

मलाई ‘गोली हानेर मारिदिन्छु’ भन्दै धम्की आएको छ : ऐन महर

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...

करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा धर्ना

काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...

महरलाई खगेन्द्रको प्रश्न– बालेन मुर्दावाद भन्ने क्रान्तिकारीमा बा मुर्दावाद भन्न सक्ने दम राख्नुहुन्छ ?

खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending