Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

खबरडबली संवाददाता

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज पार्टी कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले सङ्गठन सुदृढीकरण र भाबी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। 

उनका अनुसार बैठकले पार्टी संरचना थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने भएको हो। बैठकले तय गरेको कार्यतालिका अनुसार विभिन्न प्रदेश तथा संरचनागत निकायहरूमा सुझाव सङ्कलन कार्यक्रम अनुसार जेठ ३० गते बागमती प्रदेशमा, असार २ गते कोशी प्रदेशमा, असार ४ गते लुम्बिनी प्रदेशमा, असार ६ गते सुदूरपश्चिम प्रदेशमा, असार ८ गते कर्णाली प्रदेशमा, असार ११ गते गण्डकी प्रदेशमा, असार १३ गते मधेश प्रदेशमा, असार १६ गते राजधानी काठमाडौँमा, असार १७ गते सम्पर्क समन्वयको, असार १८ गते: जनसङ्गठनको, असार १९ गते विभाग प्रमुख तथा निकायका पदाधिकारीहरूसँग कार्यक्रम गर्ने छ । 

प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहने छ। कार्यक्रमको समन्वय सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्ने निर्णय गरिएको छ। त्यसैगरी, कार्यदलको सदस्य–सचिवको जिम्मेवारी शङ्कर पोखरेललाई दिने निर्णय बैठकले गरेको छ।

बैठकमा अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध, सङ्गठित र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्तालाई जनतामाझ सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको थिए । 

उनले सङ्गठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी राजनीतिक कार्यदिशाबारे धारणा राख्नुभएको थियो। बैठकमा निर्वाचन समीक्षा, सङ्गठन पुनर्गठन तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल भएको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेसमा तीन दलीय गठबन्धनकै सरकार निरन्तर रहने मुख्यमन्त्री यादवको दाबी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...

लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

एपीएफ स्कुल भ्रष्टाचार प्रकरण : लेखा अधिकृत गुरुङ र व्यवसायी तामाङविरुद्ध १० दिन म्याद थप

काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन

नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...

आरुघाट–माछाखोला सडक पाँच दिनपछि सुञ्चालन

सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...

सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending