Khabar Dabali २५ जेष्ठ २०८३ सोमबार | 8th June, 2026 Mon
Investment bank

योजनाहरूको काममा वार्गेनिङ गर्न होटलबाटै चल्छ विष्णुपुर गाउँपालिका कार्यालय

खबरडबली संवाददाता

सिरहा। सिरहाको विष्णुपुर गाउँ कार्यापालिकाको कार्यालय होटलबाटै सञ्चालन हुने गरेको छ। कार्यालय विरलै जाने प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहले गोलबजारका होटलहरूबाटै कार्यालय चलाउँदै आएको हो।

अधिकृत सिंह कार्यालय नगई महत्वपूर्ण कागजात र चेकहरूसमेत बोकेर लेखाका कर्मचारीलाई गोलबजारको होटलहरुमा बोलाउने गरेको विष्णुपुरका एक सेवा ग्राहिले बताए। विद्यालयका प्रधानाध्यापक समेत रहेका उनले भने, ‘हामी प्रशासकीय अधिकृतलाई काम विशेषले कार्यालय पुग्दा कहिल्यै भेटिनु हुन्न। उहाँ कार्यालय बाहिरै बसेर काम गर्न रुचाउनु हुन्छ। कार्यालय किन आउनु हुन्न हामीले जान्नै सकेका छैनौं।’

यतिमात्र हैन गाउँ पालिकाका अध्यक्षसँग हुने छलफल र काजगात मिलान समेत होटलमा गरिने गरेको स्रोतले जनाएको छ। पछिल्लो पटक गत शुक्रबार कार्यालयको समयमा पालिका अध्यक्ष, आर्थिक शाखाका एक कर्मचारी र प्रशासकीय अधिकृतको गोप्य बैठक गोलबजारको एक होटलमा बसेको स्रोतको दावी छ।

गाउँ पालिकाको गत वर्षको १८ नम्वर फायलको तीन करोडभन्दाबढी भुक्तानी दिनुपर्ने भएपनि प्रशासकीय अधिकृत कार्यालय नबस्दा काम हुन नसकेको वडा अध्यक्षहरुको गुनासो रहेको छ। वडा नम्वर ३ का वडा अध्यक्ष जय कुमार यादवले आफ्नो वडाको पनि काम गरेको भुक्तानी लिन बाँकी रहेको बताए। उनले भने, ‘काम भएको ८र९ महिना वितिसक्यो, उपभोक्ताको त्यत्रो लगानी लागेको छ। अधिकृत कार्यालयमा नबस्दा उपभोक्ताको लगानी फसिरहेको छ।’

अर्का एक वडा अध्यक्षले नाम नखोल्ने सर्तमा अध्यक्षले गराएको एउटा विवादित कामको भुक्तानीको विषयमा कुरा नमिल्द अहिलेसम्म १८ नम्वरको भुक्तानीमा समस्या भएको बताए। उनले भने, ‘अध्यक्ष त्यसको भुक्तानी नभई अरुको हुँदैन भन्ने अडान लिएपछि सवैको भुक्तानी रोकीएको छ।’

यहिँ भुक्तानीहरुको विषयमा आर्थिक बार्गेनिङ गर्न गाउँ पालिका अध्यक्ष र प्रशासकीय अधिकृत सिंहको विष्णुपुर बाहिरका होटलहरुमा गोप्य बार्ता हुनेगरेको स्रोतले जनाएको छ। 

पालिकाले लाखौं रकम खर्चेर प्रशासकीय कार्यालय, अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यालय, बैठक तथा सभाकक्षहरु भडामा लिएका छन्। सुविधा सम्पन्न कार्यालय, सबारी सुविधा हुँदाहुँदै प्रशासकीय अधिकृत सिंह कार्यालय भने विरलै जाने गरेको सा्रेतको दावी छ। 
आर्थिक प्रशासन शाखाका सहायक कर्मचारी गंगा प्रसाद यादवले कहिलेकाही विशेष अवस्थामा मात्र सरले बोलाएको ठाउँमा चेक सहितका फायल लिएर जाने गरेको स्विकारेका छन्। उनले भने, ‘कहिले काही विशेष अवस्थामा मात्र जाने गरेको हो। अर्को कुरा हामी कर्मचारीलाई हाकीमले बोलाएपछि त जानै पर्छ।’

गाउँ पालिका उपाध्यक्ष गीता कुमारी सिंहले प्रशासकीय अधिकृत नियमित कार्यालय नआउने गुनासो आउने गरेको बताए। उनले भने, ‘म सँगपनि सेवा ग्राहिहरुले प्रशासकीय अधिकृतको विषयमा गुनासो गर्ने गरेको छ। यस विषयमा एक पटक भेटेको बेलामा कुरा गरेको थिएँ तर, उहाँले वास्ता गर्नु भएन। उहाँका यस्ता गुनासा धेरै छन्।’

‘यस विषयमा फोन गरेर कुरा गर्ने प्रयास गरे पनि हाकीमले कहिल्यै फोन उठउदैनस उपाध्यक्ष सिंहले भने, ‘मैले फोनमा पनि कुरा गर्न खोजे, कहिल्यै फोन नै उठ्दैन।’ 

गाउँ पालिका अध्यक्ष सत्य नारायण यादवले पालिकामा केही समस्याहरु रहेको भन्दै आज बस्ने कार्यपालिकाको बैठकबाट समाधान गर्ने प्रयास हुने बताए। उनले भने, ‘पालिकामा केही समस्या त छ। त्यसैको लागि हामी आज कार्यपालिका बस्दै छौं। समाधानको प्रयास गर्दै छौं।’

यस विषयमा बुझ्न प्रशासकीय अधिकृत सिंहलाई पटक पटक फोन गर्दा पनि उठेन र म्यासेज गर्दा पनि त्यसको कुनै प्रतिकृया आएन। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फिलिपिन्समा ७.८ म्याग्निच्युड भूकम्प, सुनामीको खतरा

मनिला। दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली समुद्री भूकम्प आएपछि सुनामीको खतरा उत्पन्न भएको छ । भूकम्पले प्रमुख तटीय क्षेत्र...

सिंहदरबारमा सर्वदलीय बैठक जारी, कांग्रेस–एमालेका शीर्ष नेता अनुपस्थित

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो। समसामयिक रा...

रविले बोलाएको सर्वदलीय बैठकमा हर्क साम्पाङ अनुपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टी सहभागी नभएको जनाएको छ। पार्टीका अध्...

ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित थप तीन जना पक्राउ

काठमाडौं । नेपाली सेनामा कार्यरत ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। यसअघि उनका श्रीम...

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending