Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

सफाइ पाएर पुन: गृहमन्त्री बने दुई महिनामै परिणाम देखाउँछु - सुधन गुरुङ

खबरडबली संवाददाता

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ आफ्नो सम्पत्तिसम्बन्धी छानबिनबाट सफाइ पाएपछि पुन: जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त हुनेमा आशावाद व्यक्त गरेका छन्। उनले आफूलाई फेरि गृहमन्त्रीको जिम्मेवारी दिइए दुई महिनाभित्रै उल्लेखनीय कामको सुरुवात गरेर देखाउने बताएका छन्।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको अधिवेशन समारोहलाई सम्बोधन गर्दै गुरुङले आफूलाई सक्षम र योग्य ठानेर पुन: जिम्मेवारी दिइए केही समय काम गर्ने अवसर दिन आग्रह गरे।

‘मलाई फेरि त्यो जिम्मेवारीका लागि योग्य ठान्नुहुन्छ र अवसर दिनुहुन्छ भने मलाई केही समय दिनुहोस्,’ उनले भने, ‘दुई महिनाजति समय दिनुहोस्। त्यो अवधिमा फोटो खिच्ने, माला–खादा लगाउने, बधाई दिने वा मन्त्रालय धाउने काम नगरौँ।’

उनले जिम्मेवारी पाएपछि सुरुका दुई महिना पूर्ण रूपमा काममा केन्द्रित हुने बताउँदै त्यस अवधिमा मन्त्रालयका विभिन्न कामलाई व्यवस्थित बनाउने दाबी गरे।

‘दुई महिना समय दिनुहोस्, म धेरै कामको सुरुवात गरेर देखाउँछु। त्यसपछि पनि अपेक्षाअनुसार काम भएन भने तपाईंहरूले प्रश्न उठाउन सक्नुहुन्छ,’ उनले भने।

गुरुङले आफू सधैं जनताको विश्वास र मतको सम्मान गर्दै आएको उल्लेख गर्दै आफ्नो राजनीतिक धरातल नबिर्सिएको पनि बताए। उनले जनताप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन

सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्। प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नय...

प्रधानमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौँ: स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएको छिन् । आइतबा...

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका ...

दुई दिने सार्वजनिक बिदा हटाउने तयारीमा सरकार

काठमाडौं । सरकारले हाल लागू रहेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था हटाउने तयारी गरेको छ। शनिबार र आइतबार दिइँदै आएको बिदा प्रभावकारी नभएको...

सफाइ पाएर पुन: गृहमन्त्री बने दुई महिनामै परिणाम देखाउँछु - सुधन गुरुङ

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ आफ्नो सम्पत्तिसम्बन्धी छानबिनबाट सफाइ पाएपछि पुन: जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त हुनेमा आशावाद व्यक्त गरेका छ...

धनगढी उपमहानगरले गर्‍यो नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत...

रास्वपा दाङको सभापतिमा खनाल विजयी

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल विजयी भएको छन् । शनिबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाच...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ: परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताएको छन् ।  भारत भ्रमणमा रहेका मन्त्री ख...

बागमतीका ९ जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न, सभापतिमा महिला शून्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ। सम्पन्न भएका ९ वटै जिल्लामा...

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि जनस्वास्थ्यमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending