Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

दुई दिने सार्वजनिक बिदा हटाउने तयारीमा सरकार

खबरडबली संवाददाता

काठमाडौं । सरकारले हाल लागू रहेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था हटाउने तयारी गरेको छ। शनिबार र आइतबार दिइँदै आएको बिदा प्रभावकारी नभएको निष्कर्षसहित सरकारले उक्त व्यवस्था खारेज गर्ने तयारी गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार आगामी मन्त्रिपरिषद् बैठकले यस विषयमा औपचारिक निर्णय गरेपछि हालको दुई दिने बिदा व्यवस्था अन्त्य हुनेछ। त्यसपछि पुन: शनिबार मात्र सार्वजनिक बिदा कायम गरिने सम्भावना रहेको छ।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने, सरकारी खर्च नियन्त्रण गर्ने तथा ऊर्जा बचत गर्ने उद्देश्यले तत्कालीन सरकारले मन्त्रिपरिषद् बैठकमार्फत हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सो निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा दिइँदै आएको थियो।

तर कार्यान्वयनको केही समयपछि नै दुई दिने बिदाको प्रभावकारिता र व्यवहारिकतामाथि प्रश्न उठ्न थालेका थिए। सरकारी सेवा प्रवाह, प्रशासनिक कामकाज, बैंकिङ सेवा तथा निजी क्षेत्रको उत्पादकत्वमा अपेक्षित सुधार नदेखिएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुँदै आएको थियो।

सरकारी निकायहरूमा सेवा प्रवाह प्रभावित भएको, कार्यालय समय व्यवस्थापन चुनौतीपूर्ण बनेको तथा आर्थिक गतिविधिमा समेत मिश्रित प्रभाव परेको निष्कर्ष निकाल्दै सरकार पुरानै व्यवस्था लागू गर्ने तयारीमा पुगेको बताइएको छ।

यद्यपि, दुई दिने बिदा व्यवस्था हटाउने सम्बन्धमा अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। बैठकबाट अनुमोदन भएपछि मात्र उक्त व्यवस्था औपचारिक रूपमा खारेज हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकाले इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा दिएन

तेहरान। इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशा...

एसियन गेम्स छनोट: फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमिफाइनमाल मल...

रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन

सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्। प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नय...

प्रधानमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौँ: स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएको छिन् । आइतबा...

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका ...

दुई दिने सार्वजनिक बिदा हटाउने तयारीमा सरकार

काठमाडौं । सरकारले हाल लागू रहेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था हटाउने तयारी गरेको छ। शनिबार र आइतबार दिइँदै आएको बिदा प्रभावकारी नभएको...

सफाइ पाएर पुन: गृहमन्त्री बने दुई महिनामै परिणाम देखाउँछु - सुधन गुरुङ

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ आफ्नो सम्पत्तिसम्बन्धी छानबिनबाट सफाइ पाएपछि पुन: जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त हुनेमा आशावाद व्यक्त गरेका छ...

धनगढी उपमहानगरले गर्‍यो नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत...

रास्वपा दाङको सभापतिमा खनाल विजयी

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल विजयी भएको छन् । शनिबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाच...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ: परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताएको छन् ।  भारत भ्रमणमा रहेका मन्त्री ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending