Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

खबरडबली संवाददाता

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै कायम छ। अत्यधिक गर्मीका बीच पनि विद्यार्थीहरू टिनको छानामुनि बसेर पढ्न बाध्य छन्।

अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाबाट बनेका कक्षाकोठा भएकाले उच्च तापक्रममा बालबालिकाहरू उकुसमुकुस महसुस गर्दै पसिना बगाउँदै पढ्न बाध्य रहेको शिक्षकहरूले बताएका छन्।

डुडुवा गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय शाहपुरवाका सहायक प्रधानाध्यापक टीका खड्काले गर्मीको समयमा टिनको छाना अत्यधिक तातिने भएकाले पढाइ अत्यन्तै कठिन हुने गरेको बताए।

उनका अनुसार छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने, पंखाको अभाव तथा अत्यधिक गर्मीका कारण साना बालबालिकाको स्वास्थ्य र पठनपाठन दुवै प्रभावित भएको छ।

यस्तै, नेपालगन्ज उपमहानगरपालिका–२० राँझास्थित आदर्श माध्यमिक विद्यालयकी शिक्षिका हीरा गौतमले टिनको छानामुनि बस्दा विद्यार्थीहरूलाई बारम्बार पानी खान जानुपर्ने, टाउको दुख्ने र थकान हुने समस्या देखिने गरेको बताए।

उनले अत्यधिक गर्मी हुने जिल्लाका विद्यालयलाई कम्तीमा पनि टिनको छानामुक्त बनाउनुपर्ने आवश्यकता औँल्याए।

त्यसैगरी, नेपालगन्ज–१० स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का वर्णवालले धेरै विद्यालयले अझै पनि प्राथमिक तहका बालबालिकालाई टिनको छानामुनि राखेर पढाउन बाध्य रहेको गुनासो गरे।

तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सन बोर्ड जडान गरेको भए पनि नेपालगन्जको अत्यधिक गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशीले बताए।

नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले नेपालगन्ज देशकै अत्यधिक गर्मी हुने क्षेत्र भएकाले केही विद्यालयमा जिप्सन जडान गरी तापक्रम घटाउने प्रयास गरिएको बताउँदै नयाँ निर्माण हुने भवनमा टिनका छाना नराख्ने नीति अपनाइएको स्पष्ट पारे। उनले सबै विद्यालयलाई क्रमश: टिनको छानामुक्त बनाउने योजना रहेको पनि जानकारी दिए।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले सरकारी तथा स्थानीय तहका भवनहरू सुविधासम्पन्न र वातानुकूलित बनाइँदै गर्दा विपन्न परिवारका बालबालिका भने अझै टिनको छानामुनि कष्टकर रूपमा अध्ययन गर्न बाध्य हुनु अत्यन्तै दु:खद भएको टिप्पणी गरे। उनले बाँकेजस्तो अत्यधिक गर्मी हुने क्षेत्रमा विद्यालयलाई टिनमुक्त बनाउनैपर्ने माग गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

काेशीमा ४ करोड र २ करोडको बजेट सीमा, किन बन्यो विवादको केन्द्र?

विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...

एमालेमा पराजयपछि बढ्दो असहमति : नेतृत्व, पुनर्गठन र यथार्थबीचको टकराव

काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...

बीपी राजमार्गमा सवारी सञ्चालनको समय हेरफेर

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...

कृष्णकुमारीको ‘नारी रेखा’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending