Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवार अनिवार्य रूपमा समावेश गर्नुपर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ।

आयोगले तयार पारेको निर्वाचनसम्बन्धी कानुन संशोधन तथा एकीकरण विधेयकमा राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्दा पिछडिएका क्षेत्र, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक समुदायलाई अनिवार्य रूपमा समेट्नुपर्ने प्रावधान प्रस्ताव गरिएको हो।

विधेयकअनुसार समानुपातिक प्रणालीतर्फ पिछडिएका क्षेत्रबाट ४.०२ प्रतिशत, प्रदेशसभातर्फ ०.४४ प्रतिशत तथा अल्पसङ्ख्यक समुदायबाट १७.५३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यद्यपि अपाङ्गता भएका व्यक्ति र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि छुट्टै निश्चित प्रतिशत भने तोकिएको छैन।

यो प्रस्ताव पारित भएमा राजनीतिक दलहरूले समानुपातिक सूचीमा यी समुदायका प्रतिनिधि अनिवार्य रूपमा समावेश गर्नुपर्ने कानुनी बाध्यता हुनेछ।

आयोगको यो कदमलाई नेपालमा राजनीतिक समावेशीकरण र प्रतिनिधित्व विस्तारको दिशामा महत्त्वपूर्ण मानिएको छ।

निर्वाचन आयोगको प्रस्तावप्रति लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारकर्मीहरूले स्वागत गरेका छन्। मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले यो प्रस्तावलाई ऐतिहासिक उपलब्धि भन्दै आयोगप्रति आभार व्यक्त गरेका छन्।

उनका अनुसार लामो समयदेखि उठाइँदै आएको माग अब कानुनी प्रक्रियामा प्रवेश गर्नु सकारात्मक संकेत हो। उनले अब संघीय संसद्ले यसलाई अनुमोदन गरी व्यवहारमा लागू गर्नुपर्ने बताए।

यसैगरी लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु (चञ्चला) ले पनि आयोगको प्रस्तावलाई स्वागत गर्दै संसद्ले यसलाई कानुनको रूप दिनुपर्नेमा जोड दिएकी छन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरूले राजनीतिक दलहरूमा उम्मेदवार बन्नका लागि पटक–पटक धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रस्ताव संसद्का दुवै सदनबाट पारित भए राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीमा यी समुदायका प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बाध्यात्मक व्यवस्था लागू हुनेछ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

आज डलर कति पुग्यो? यस्तो छ विदेशी मुद्राको नयाँ दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...

पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’को सम्पादकमा नियुक्त

काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...

समानुपातिक सूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अनिवार्य गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...

काेशीमा ४ करोड र २ करोडको बजेट सीमा, किन बन्यो विवादको केन्द्र?

विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...

एमालेमा पराजयपछि बढ्दो असहमति : नेतृत्व, पुनर्गठन र यथार्थबीचको टकराव

काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...

बीपी राजमार्गमा सवारी सञ्चालनको समय हेरफेर

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...

कृष्णकुमारीको ‘नारी रेखा’ सार्वजनिक

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले नेपाली समाजमा महिलाले विगतदेखि वर्तमानसम्म भोग्दै आएका सङ्घर्ष, पीडा, ...

विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा

मुस्ताङ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति आज मुस्ताङ पुगेको छ । विद्युतीय...

कालीमाटीको नयाँ सूची: कुन तरकारी सस्तो, कुन महँगो?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending