Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

केन्द्राध्यक्ष र गार्डकै सहयोगमै बाहिरियो एसइईको प्रश्नपत्र

खबरडबली संवाददाता

सिरहा । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को आज दोस्रोदिन नेपाली विषयको प्रश्नपत्र परिक्षा संचालन भएको १० मिनेट नवित्दै वाहिरिएको पाइएको छ।

जिल्लाको विभिन्न् परिक्षा केन्द्रबाट परिक्षा संचालन भएको १० मिनेट नवितिदै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको हो । परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिरिएको थियो। 

गोलवजार नगरपालिका ८ स्थितको श्री जनता नमुना माध्यमिक चोहर्वामा मोबाइल लिएर भित्र पसेका विद्यार्थीहरुले समाजिक संजाल ह्वाटस्एप मार्फत परिक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र वाहिरिएको स्थानीयहरु बताउछन्।

यस परिक्षा केन्द्रमा ४ वटा निजि विद्यालय भिजन एजुकेश्नल एकेडेमी गोलवजार, सिरहा पब्लिक स्कुल नयाँ चौक चोहर्वा, चन्द्र ज्योती सेकेन्ड्री बोडिङ स्कुल रामनगर मिर्चैया, सिद्धान्त शिक्षा निकेतन कर्जन्हा र समुदायीक विद्यालय श्री जनता माध्यमीक विध्यालय डण्डाको परिक्षा केन्द्र रहेको छ । 

त्यसैगरी, गोलवजार नगरपालिका ४ स्थितको जनता माध्यमिक माध्यमिक विद्यालय ९प्राविधिक० परिक्षा केन्द्रबाट मोवाइल सहित एकजना छात्रालाई नियन्त्रनमा लिएको छ। सुखिपुरको श्री रजै जनक माध्यमिक विद्यालय ,बल्हीका एकजना विद्यार्थीले परिक्षाहल भित्र मोवाईलबाट प्रश्नपत्र वाहिर पठाउने क्रममा प्रहरीले पक्राउ गरेको हो। 

शारदा माध्यमिक विद्यालय रामपुर विर्ताबाट एकजना जना नक्कली विद्यार्थी फेलापरेको जिल्ला प्रहरी कार्यालय प्रमुख ९एसपी ० संतोष अचार्यले जनाएको छ। उनले, ‘नक्कली परिक्षर्थी बनी परिक्षा दिइरहेको अवस्थामा स्थानिय अर्जुन महरालाई नियन्त्रनमा लिएको बताए । उनले भने, ‘माध्यमिक शिक्षा परीक्षा ९एसइई०को आज दोस्रोदिन जिल्लाका ४ वटा परिक्षा केन्द्र कल्याणपुरको रामदुलारी माध्यमिक विद्यालयबाट मोवाइल प्रयोग गरिरहेका ८ जना विद्यार्थीलाई परिक्षा केन्द्र वाहिर निकालिएको छ। भन्ने, श्री लनकौ मा।वि।नहरा रिगौलबाट परिक्षाहलमा आत्याधिक मोवाईल फेलापरेपछि दुइजना गार्ड लाई वाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय प्रमुख अचार्यले जनाएको छ।’ 

जिल्ला भरीमा ४३ वटा परिक्षा केन्द्रमा ७ जना नेपाल प्रहरी र ७ जना शसस्त्र प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। ६ सय दुइजना प्रहरीलाई परिक्षा केन्द्र र १ सय जना सुरक्षाकर्मीलाई रिजर्भमा राखिएको जिल्ला प्रहरी प्रमुख एसपी अचार्यले जनाएको छ। 

सयौँको संख्यामा सुरक्षाकर्मी खटाइएपनि प्रश्नपत्र वाहिरिनुले परिक्षा केन्द्रका केन्द्राअध्यक्ष लगायतका सरोकारवाला निकायको मिलोमतो रहेको पुष्टि हुन्छ। 

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा निर्भिक्ताका साथ प्रश्न पत्र वाहिर ल्याई चिठ्ठ चोरी गराउन नियामक निकायलाई १० लाख रुपैया दिएको नाम नखोल्ने शर्तमा एक निजि विद्यालयका संचालकले बताएको छ । उनले भने, ‘निजि विद्यालयहरुले पायकपर्ने ठाउँमा परिक्षा केन्द्र पार्न देखि निर्भिक चिठचोरी गर्नदिने सहमतीमा उतm रकम दिइएको बताए।’ 

जिल्लाका सबै निजि विद्यालयहरुले परिक्षा केन्द्रका केन्द्राध्यक्ष, प्रहरी प्रशासन, शिक्षा विकास तथा समन्वय इकाईको अधिकारी लगायतका सरोकारवाला निकायहरुलाई संग सेटिङ मिलाउन मोटो रकमको चलखेल गरेको जानकारहरु बताउछन्। निजि विद्यालयहरुले विद्यार्थीसंग सरोकारवाला निकायहरुलाई मिलाउन र परिक्षा केन्द्रमा सेटिङगर्न ३ हजार देखि पाँच हजार सम्म असुली गरेको उनीहरुको भनाई छ ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैले घमण्ड नगरे हुन्छ, कुनै एउटा पार्टी अलग हुनेबित्तिकै सरकार भूइँमै पछारिन्छः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्ड...

अर्थ र उर्जामन्त्रीलाई भेटेर मुख्यमन्त्री कँडेलले राखे कर्णालीका ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्...

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार ...

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौँ । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड...

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर ग...

मालपोत कार्यालय सोलुखुम्बुका खरिदार पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद...

रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । राष्ट्र...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन्ः सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बत...

उपनिर्वाचनको मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ ?

काठमाडौँ । निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ । इलाम(२ को प्रतिनिधिसभा ...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौँ । सरकारले यही वैशाख १६ गते आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।  हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies