Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

गृहमन्त्रीले सहकारी प्रकरणमा उन्मुक्ति पाउन माओेवादी नेतालाई जोगाएको आरोप

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा उन्मुक्ति पाउन सुन तस्करी प्रकरणमा माओवादी नेताहरूलाई जोगाएको आरोप लागेको छ । मानव अधिकार तथा शान्ति समाजका सभापति रामकृष्ण बरालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् । 

बरालले जारी गरेको प्रेस विज्ञप्तिमा सहकारी प्रकरणको छानबिनका लागि गृहमन्त्री लामिछानेले मार्गप्रशस्त गर्नुपर्ने जनाएका छन्। ‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरू सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन शान्ति समाज आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नैतिक रूपमा रवि लामिछाने स्वयंले मार्गप्रशस्त गर्नुपर्दछ।’

पछिल्लो समय भ्रष्टाचार प्रकरणको अनुसन्धानमा सौदाबाजी गरेर मुख्य दोषीलाई उन्मुक्ति दिने गरिएको शान्ति समाजले जनाएको छ। त्यसको पछिल्लो कडीका रूपमा सहकारी प्रकरणमा उन्मुक्ति पाउन गृहमन्त्री लामिछानेले सुन तस्करीमा माओवादी नेताहरू जोगाएको समाजले ठहर गरेको छ।

शान्ति समाजले भनेको छ, ‘सत्तारूढ नेकपा (माओवादी केन्द्र)का माथिल्लो तहका नेताहरू संलग्न सुन काण्ड त्यसको पछिल्लो उदाहरण हो, जसमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूतिर सोझिएको सहकारी प्रकरणबाट उन्मुक्ति पाउन सौदाबाजी गरेको धारणा शान्ति समाजको छ।’

सहकारी प्रकरणमा लामिछानेमाथि छानबिन हुन जरुरी भए पनि संसद् अवरुद्ध गर्ने नेपाली कांग्रेसको नियत पनि सफा नभएको समाजको भनाइ छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको नेतृत्वको नियत पनि आफ्नो परिवारका सदस्यमाथि कुनै पनि प्रकारको छानबिन नहोस् भन्ने सौदाबाजीको रणनीतिले प्रेरित भएको घटनाक्रमले देखाउँछ।’

शान्ति समाजले संसद् अवरुद्ध नगर्न र आरोपितहरूमाथि छानबिन गर्न माग गरेको छ। यससँगै विभिन्न घोटालाका मुख्य दोषीलाई उन्मुक्ति दिने गरी सौदाबाजीको राजनीति नगर्न पनि आग्रह गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending