Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सर्लाही नवलपुरमा बस र ट्रक ठोक्किँदा कैयौं यात्रु घाइते

खबरडबली संवाददाता

सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुर चोकमा आज साँझ बस र ट्रक ठोक्किएको छ । दुर्घटनामा केही व्यक्ति घाइते भएका छन । तर, घाइतेको एक्किन संख्या खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर  हरिबोल केसीले घाइतेहरू विभिन्न अस्पतालमा उपचारका लागि पुगेकाले संख्या एक्किन हुन बाँकी रहेको बताए । 'अस्पतालहरुमा प्रहरी पुगेर घाइतेको विवरण लिइरहेकाले संख्या खुल्न बाँकी नै छ,' इन्स्पेक्टर केसीले भने, 'ट्रकका चालकबाहेक अन्य घाइतेको अवस्था सामान्य नै छ ।'

इन्सपेक्टर केसीका अनुसार ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ बस्ने टंकबहादुर गोलेको अवस्था गम्भीर छ । गोलेलाई एलएस न्यूरो अस्पताल कलैया रेफर गरिएको इन्स्पेक्टर केसीले बताए ।
 
उनले सुरुमा घाइतेहरूको उद्धार गरिएको र अहिले सबैतिर पुगेर विवरण लिने काम भइरहेको जानकारी दिए ।

प्रहरीका अनुसार आज साँझ साँढे ५ बजेतिर नवलपुरस्थित चोकमा पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र जनकपुरबाट वीरगन्जका लागि छुटेको बा ४ ख ३२४ नम्वरको बस आपसमा ठोक्किँएर दुर्घटनामा परेको स्थानीय सञ्चारकर्मी मुकेश झाले बताए ।

दुर्घटनामा ट्रक र बस दुवैको अगाडिपट्टीको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending