Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

भारत र युरोपेली इएफटिएबीच एकसय अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर

खबरडबली संवाददाता

एजेन्सी । भारत र नर्वे तथा स्विट्जरल्यान्डसहित चार सदस्यीय युरोपेली ब्लक इएफटिएले लगानी र निर्यात प्रवर्द्धन गर्नका लागि आइतबार एक सय अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । 

भारतका व्यापारमन्त्री पियुष गोयलले उक्त सम्झौताअन्तर्गत आइसल्यान्ड र लिक्टन्स्टाइनसहित गैर–युरोपेली सङ्घ मुलुकबाट बनेको युरोपेली स्वतन्त्र व्यापार सङ्घ (इएफटिए) विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्रले भारतमा १५ वर्षमा एक सय अर्ब डलरको लगानी गर्ने जानकारी दिए । 

“भारत–इएफटिए व्यापार र आर्थिक साझेदारी सम्झौता (टिइपिए) हाम्रो बढ्दो साझेदारीमा कोसेढुङ्गा हो”, दिल्लीमा हस्ताक्षर गरेपछि मन्त्री गोयलले भने । उनले सम्झौताले निर्यात र लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जना गरेर आपसी विकास र समृद्धिको मार्ग प्रशस्त गर्ने बताए । 

सोह्र वर्षसम्म लामो वार्तापछि उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । हस्ताक्षर समारोहमा उल्लेख गरिएको विज्ञप्तिअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापार सम्झौता ‘खुला, निष्पक्ष र समतामूलक व्यापारका लागि हाम्रो साझा प्रतिबद्धताको प्रतीक भएको’ बताए । 

“सम्झौताले हामीलाई आफ्नो आर्थिक क्षमताको राम्रो उपयोग गर्न र भारत तथा इएफटिए दुवै राज्यका लागि थप अवसर सिर्जना गर्न अनुमति दिनेछ”, नयाँदिल्लीमा स्विस अर्थमन्त्री गाई पार्मेलिनले भने, “इएफटिए मुलुकहरूलाई एउटा प्रमुख विकास बजारसम्म अनुमति प्राप्त हुनेछ, बदलामा भारतले इएफटिएसँग अधिक विदेशी लगानी आकर्षित गर्नेछ जुन अन्ततः राम्रो रोजगारी वृद्धिमा परिणत हुनेछ ।”

इएफटिएको स्थापना आफ्ना सदस्यहरूबीच स्वतन्त्र व्यापार तथा आर्थिक एकीकरणलाई बढाउनका लागि सन् १९६० मा भएको थियो । सन् २०२१ मा यो वस्तुको हिसाबले विश्वको १०औँ सबैभन्दा ठूलो र सेवाका हिसाबले आठौँ सबैभन्दा ठूलो व्यापारी थियो । 

हालैका वर्षहरूमा भारतले अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्ससँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । बेलायतसँग लामो समयदेखि छलफल भएको व्यापार सम्झौता पनि अन्तिम चरणमा पुगेको बताइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: