Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

रौतहटमा तनाव: कर्फ्यूबिच मूर्ति सेलाउने योजना, डिआईजीको कमाण्डमा ७ सय प्रहरी परिचाल

खबरडबली संवाददाता

रौतहट। रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। पटकपटक दुई समुदायबीच विवाद हुँदै आएकाले  अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको हो ।

बाटो खुलाउने प्रहरीको २४ घन्टा बढीको प्रयास असफल भएर शनिबार दुई समुदायबीच झडप भएपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले एक सूचना जारी गर्दै कर्फ्यू आदेश जारी गरेका हुन् ।  घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा  शनिबार साँझ दुई समुदायबीच झडप भएको थियो । झडपमा दुबैपक्षका मानिसलाई चोटपटक लागे पनि प्रहरीले घाइतेको संख्या एकीन नभएको जनाएको छ। 

शनिवार साँझ ५ बजेदेखि लागू हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालको लागि कर्फ्यू आदेश जारी गरिएको छ । घिउरा गाउँका स्थानीयले शुक्रबार सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको गाउँको उत्तर विद्यालय छेउको पोखरीमा जानेक्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेपछि मूर्ति त्यहीँ सुरक्षित राखिएको प्रहरीले जनाएको छ। तर, सरस्वतीको मूर्ति तथा डिजे बाजामा तोडफोड र क्षति पुर्‍याइएको हिन्दुपक्षले गुनासो गर्दै आएको छ। 

उक्त क्षेत्रका नेतृत्व गरिरहेका संघीय संसद किरण साहको पहलमा सिडिओ हिरालाल रेग्मीको रोहबरमा दुबै पक्षलाई राखेर  मूर्ति सेलाउन दिने शनिबार सहमति भएको थियो । सहमतिविपरीत मुस्लिम समुदायका  केही उच्छृंखल युवाहरुले ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त  बनेपछि  मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख डिआईजी दिपेन्द्र साह घटनास्थल पुगेपछि कर्फ्यू आदेश जारी भएको थियो। 

कर्फ्यू आदेश जारी भएपछि त्यहाँको अवस्था सामान्य बनेको छ। दुवै समुदायका मानिस आआफ्नो घरभित्र बसिरहेका छन्। हाल कर्फ्यू भित्रै सरस्वती माताको मूर्ति सेलाउने योजना प्रहरीको रहेको छ। मूर्ति सेलाउने क्रममा कुनै अप्रिय नहोस् भनेर घिउरा गाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

जिल्लाको विभिन्न युनिटदेखि प्रदेशबाट थप आएका गरी नेपाल प्रहरीका पाँच सय र सशस्त्र प्रहरीका दुई सय गरी सातसय जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्। ईशनाथ ७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा विवाद सुरु भएसँगै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ स्थलगत खटेका छन्। दुबै समुदायलाई सम्झाइ बुझाइ बिग्रिएको भाईचारा बनाउन सके ठूलो उपलब्धि हुने एसपी श्रेष्ठको भनाइ छ। 

मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञविनोद पोखरेल २४ घन्टा देखि ईशनाथ केन्द्रित भएका छन्। उनले दुवै समुदाय बिगतको जस्तै मिलेर बसेको जस्तै पुन: मिलाउने आफूहरु प्रयासरत रहेको बताएका छन।  संघीय सांसद किरण साहले शनिबार भएको दुईपक्षीय सहमती तोड्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन्। उनले ट्याक्टर र डिजेमा भएको तोडफोडको क्षतिपूर्ति दिलाउन समेत माग गरेका छन्। विगत लामो समयदेखि संसदीय निर्वाचन क्षेत्र २ अन्तर्गत हिन्दू समूदायले मनाउने पर्व माथि पटकपटक अर्का समुदाय बाट हस्तक्षेपको प्रयास हुँदै आएको छ। सरस्वती पूजा, दुर्गा पूजा, महाबिरी झण्डीमा बिभिन्न बाधा अवरोध पुर्‍याइँदै आएको स्थानीयले बताएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

बालेनसँगको वार्ता सकेर निस्किए रवी

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन्द्र शाहसँग वार्ता गरेर हालै निस्किएका छन्। वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहय...

भित्र बालेन शाह र रवि लामिछानेबीच वार्ता, बाहिर बढ्न थाल्यो भिड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका सहयोगी कुमार बेनको ललितपुर ज्वागलस्थित घरअगाडि बिहीबार दिउँसो भिड बढेको छ। यस दिन बेनको घरभ...

बालेन शाह र रवि लामिछानेबीच छलफलमा अमरेशकुमार सिंह पनि पुगे

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच जारी छलफलमा पूर्वसांसद अमरेशकुमार सिंह पनि पुगेका छन्। यसअघि...

देशका चर्चित व्यक्तिहरू नशामा लट्ठिन्छन्, हाम्रा युवामा यस्तो प्रवृत्ति छैन: ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा देशमा चर्चामा रहेका केही व्यक्तिहरू नशामा लट्ठिने अवस्था भेटिने टिप्पण...

रवि लामिछाने र बालेन भित्र छलफलमा: गेटमा ताला लगाइदिएर सुदनले भने- सहमति नभएसम्म खोल्दैनौं

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको...

सिन्धुपाल्चोक १ बाट माधव सापकोटाको एकल नाम सिफारिस

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १, सिन्धुपाल्चोकबाट आगामी निर्वाचनका लागि माधव सापकोटाको एकल नाम सिफारिस गरेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending