काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। यससँगै नेप्से २,७३५ अंकमा झरेर बन्द भएको छ।
यसअघि बिहीबार १३ अंक र शुक्रबार ११ अंकले घटेको बजार सोमबार पनि निरन्तर दबाबमा रह्यो। कारोबार सुरु भएको करिब पाँच मिनेटपछि नै ओरालो लागेको बजार दिनभर सुधार हुन नसकी रातो अंकमै बन्द भएको हो।
आज ४१ कम्पनीको सेयर मूल्य बढ्दा २२३ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
सोमबार कुल ४ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो। यसरी एकै दिनमा कारोबार रकम डेढ अर्ब रुपैयाँभन्दा बढीले घटेको देखिएको छ।
आज फाइनान्स समूहबाहेक सबै उपसूचकहरू घटेका छन्। फाइनान्स समूह ०.२६ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै व्यापार समूह १।७७ प्रतिशतले घट्दा अन्य समूह १.५० प्रतिशतले ओरालो लागेको छ। यस्तै विकास बैंक १।०३ प्रतिशत, हाइड्रोपावर ०.९५ प्रतिशत, निर्जीवन बीमा ०.८३ प्रतिशत, होटल तथा पर्यटन ०.७१ प्रतिशत, जीवन बीमा ०.५४ प्रतिशत, माइक्रोफाइनान्स ०.५२ प्रतिशत, बैंकिङ ०.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४४ प्रतिशत तथा लगानी समूह ०.३८ प्रतिशतले घटेका छन्।
सोमबार सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीमा कालिन्चोक हाइड्रोपावर रहेको छ। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ।
त्यसैगरी क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १३.११ प्रतिशत, सोपान फर्मास्युटिकल्सको ९.९८ प्रतिशत तथा सामुदायिक लघुवित्तको ८.८५ प्रतिशतले मूल्य बढेको छ।
आज उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशतले घटेको छ। सयपत्री हाइड्रोपावरको मूल्य ६.०१ प्रतिशत तथा सूर्यकुण्ड हाइड्रोपावरको ३।७१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी, सिटी होटल, रिलायन्स स्पिनिङ मिल्स र नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेका छन्।
बजार परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आउनुले लगानीकर्तामा सावधानी बढेको संकेत देखिएको छ। यद्यपि केही कम्पनीमा भने उच्च मूल्यवृद्धि कायम रहनुले चयनात्मक खरिद अझै सक्रिय रहेको देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २५ गते, २०८३ - १६:५०
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउन नेपाल विद्युत् प...
जेष्ठ २५ गते, २०८३ - १६:४१
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बुधबार बिहान ११ बजे बस्दैछ । कांग्रेस केन्द्र...
जेष्ठ २५ गते, २०८३ - १६:०४
काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअ...
जेष्ठ २५ गते, २०८३ - १५:५८
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार ...
जेष्ठ २५ गते, २०८३ - १५:२७
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। यससँगै नेप्से २,७३५ अंकमा झरेर बन्द भएको छ। यसअघि बिहीबार १३ अंक र शुक...
जेष्ठ २५ गते, २०८३ - १४:४९
काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आज सोमबार सवा १ बजेका लागि १५ मिनेट स्थगित गरिएको बैठक त्यसपछि वि...
जेष्ठ २५ गते, २०८३ - १४:१५
काठमाडौं । सिंगापुरस्थित सिङ्गा ओभल मैदानमा जारी एसियन गेम्स क्वालिफायरको उपाधि भिडन्तमा हङकङले नेपाललाई १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर...
जेष्ठ २५ गते, २०८३ - १३:५०
काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले “नेपालले भारतको सीमा मिचेको छ” भन्ने अभ...
जेष्ठ २५ गते, २०८३ - १३:४१
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्नुपर्ने माग संसद्मै उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले क...
जेष्ठ २५ गते, २०८३ - १३:३०
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा आएर आफ्नो सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनु...



प्रतिकृया लेख्नुहोस्: