काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ नदिएसम्म संसदको अवरोध जारी रहने बताएका छन्।
सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी ले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद अवरोध कायम रहने बताएका हुन्।
महरका अनुसार बैठकमा रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणबारे जानकारी गराएका थिए। साथै, संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा पनि छलफल भएको थियो।
तर नेपाल–भारत सीमा विवाद तथा इपीजी सम्बन्धी विषयमा रास्वपाबाट स्पष्ट धारणा नआएको उनले बताए।
महरले भने, “दुई विषयमा गहन छलफल भयो। सभापति लामिछानेले आफ्नो भारत भ्रमणबारे जानकारी दिनुभयो। हामीले इपीजी र सीमा विवादबारे प्रश्न उठायौँ, तर स्पष्ट जवाफ आएन।”
उनका अनुसार संसदको अवरोध हटाउने विषयमा पनि कुनै सहमति हुन सकेन। रास्वपा सभापति लामिछानेले यो विषय पार्टीभित्र र प्रधानमन्त्रीसँग छलफल गरेपछि मात्र निर्णय गर्न सकिने बताएका थिए।
महरले थप भने, “संसद अवरोध हाम्रो चाहना होइन। तर प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो माग हो।”
यसरी बैठक निष्कर्षविहीन भएपछि संसदको गतिरोध तत्काल अन्त्य हुने संकेत देखिएको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १२:५०
काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा प्रहरीले भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले उनलाई ललितपुर महान...
श्रावण १५ गते, २०८३ - १२:३३
जनकपुरधाम । धनुषामा पछिल्ला घटनापछि उत्पन्न तनावलाई साम्य पार्न शुक्रबार प्रतिनिधिसभा सदस्यसहित सर्वदलीय तथा सर्वपक्षीय बैठक बस्ने भएको छ। धनुषाका ...
श्रावण १५ गते, २०८३ - १२:२७
महोत्तरी । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाको विरोधमा शुक्रबार महोत्तरीका जलेश्वर र गौशाला बजार बन्द गरिएका छन्। हिन्दुवादी संघ–संगठनक...
श्रावण १५ गते, २०८३ - १२:१७
काठमाडौं । सरकारले कानुन निर्माणलाई तीव्रता दिने योजनाअन्तर्गत सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ। साउन १४ गते प्रतिनिधिसभा र ...
श्रावण १५ गते, २०८३ - १२:०४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका ...
श्रावण १५ गते, २०८३ - ११:३९
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूको खोजीका क्रममा उद्धार टोलीले चा...
श्रावण १५ गते, २०८३ - ११:३०
जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित एक मन्दिर परिसरमा मृत फेला परेका पुजारीको घटनालाई धार्मिक विवादसँग नजोड्न जिल्ला प्रहरी कार्यालय धन...
श्रावण १५ गते, २०८३ - ११:१६
मकवानपुर । तराई–मधेशमा पछिल्लो समय उत्पन्न सुरक्षा अवस्थाका साथै सीमा जोडिएको बागमती प्रदेशमा त्यसको पर्न सक्ने प्रभावबारे समीक्षा गरिएको छ। सुनसरीमा ...
श्रावण १५ गते, २०८३ - १०:४८
काठमाडौं । पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका...
श्रावण १५ गते, २०८३ - १०:३७
जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । कम्पनीको...



प्रतिकृया लेख्नुहोस्: