लमजुङ । दोर्दी गाउँपालिका–२ अर्चलबोटमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको छ । रोट्रयाट क्लब अफ नारायणगढ र रोटरी क्लब अफ नारायणगढको संयुक्त आयोजनामा लक्ष्मीनारायण मावि पिपलभञ्ज्याङमा सञ्चालन भएको शिविरको उद्घाटन गर्दै सांसद उर्मिला माझीले स्वास्थ्य नै जीवनको प्रमुख आधार भएकाले स्वास्थ्यमा विशेष ध्यान दिन सहभागीहरूलाई आग्रह गरेका थिइन् ।
उनले जनताको स्वास्थ्यप्रति राज्य र वर्तमान सरकार संवेदनशील रहेको बताइन् । सरकारले जटिल प्रकृतिका रोगका लागि निःशुल्क उपचार, स्वास्थ्य बीमा, नाबालक र वृद्ध ज्येष्ठ नागरिकका लागि सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरेको जानकारी दिँदै यसको उपयोग गर्न अपिल गरिन ।
उनले प्रत्येक स्थानीय तहमा १५ शय्या अस्पताल निर्माणको नीति कार्यान्वयनमा रहेको बताउँदै ग्रामीण भेगमा जनताको स्वास्थ्यका लागि यस्ता खालका स्वास्थ्य शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन । शिविर भूपू विद्यार्थी तथा समाजसेवी युवा सुनिल मरेटाको विशेष संयोजनमा भूतपूर्व विद्यार्थी समाजको आयोजनामा भएको हो । कार्यक्रममा सात सयभन्दा बढी सेवाग्राहीले सेवा पाएका छन् ।
कार्यक्रममा दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, वडाध्यक्ष गणेश खत्री, विद्यालयका प्रधानाध्यापक ईश्वरी अधिकारी, पूर्वप्रअ तथा व्यवस्थापन समिति अध्यक्ष एवं समाजसेवी रामप्रसाद पौडेल, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेललगायत चितवनस्थित भरतपुर अस्पताललगायतबाट आएका चिकित्सकको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: