लमजुङ । दोर्दी गाउँपालिका–२ अर्चलबोटमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको छ । रोट्रयाट क्लब अफ नारायणगढ र रोटरी क्लब अफ नारायणगढको संयुक्त आयोजनामा लक्ष्मीनारायण मावि पिपलभञ्ज्याङमा सञ्चालन भएको शिविरको उद्घाटन गर्दै सांसद उर्मिला माझीले स्वास्थ्य नै जीवनको प्रमुख आधार भएकाले स्वास्थ्यमा विशेष ध्यान दिन सहभागीहरूलाई आग्रह गरेका थिइन् ।
उनले जनताको स्वास्थ्यप्रति राज्य र वर्तमान सरकार संवेदनशील रहेको बताइन् । सरकारले जटिल प्रकृतिका रोगका लागि निःशुल्क उपचार, स्वास्थ्य बीमा, नाबालक र वृद्ध ज्येष्ठ नागरिकका लागि सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरेको जानकारी दिँदै यसको उपयोग गर्न अपिल गरिन ।
उनले प्रत्येक स्थानीय तहमा १५ शय्या अस्पताल निर्माणको नीति कार्यान्वयनमा रहेको बताउँदै ग्रामीण भेगमा जनताको स्वास्थ्यका लागि यस्ता खालका स्वास्थ्य शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन । शिविर भूपू विद्यार्थी तथा समाजसेवी युवा सुनिल मरेटाको विशेष संयोजनमा भूतपूर्व विद्यार्थी समाजको आयोजनामा भएको हो । कार्यक्रममा सात सयभन्दा बढी सेवाग्राहीले सेवा पाएका छन् ।
कार्यक्रममा दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, वडाध्यक्ष गणेश खत्री, विद्यालयका प्रधानाध्यापक ईश्वरी अधिकारी, पूर्वप्रअ तथा व्यवस्थापन समिति अध्यक्ष एवं समाजसेवी रामप्रसाद पौडेल, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेललगायत चितवनस्थित भरतपुर अस्पताललगायतबाट आएका चिकित्सकको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: