Khabar Dabali २५ जेष्ठ २०८३ सोमबार | 8th June, 2026 Mon
Investment bank

नियमन नहुँदा गुणस्तरहीन भारतीय मिठाइ छ्यापछ्याप्ती बजारमा

खबरडबली संवाददाता

रौतहट । तराई मधेशमा मिठाइ भनेपछि जुन प्रयोजनमा पनि प्रयोग हुने गर्दछ । कुनै विषयमा सफल हुँदा मिठाई खुवाउने चलन, पूजा, बिहे ब्रतबन्धमा भोजनपछि मिठाइ ख्वाइन्छ । कुनै आफन्तको घरमा जाँदा कोसेली स्वरूप मिठाइ लिएर जाने चलन रहिआएको छ । त्यतिमात्र नभई छोराछोरीको जन्मदेखि  मानिसको मृत्यु भएपछि १३औं पुण्यतिथिको अवसरमा हुने भोजभतेरमा पनि मिठाइ खुवाउने चलन  छ । त्यसमा पनि लालमोहन, बालुशाही र रसवरीको मिठाइमा आफ्नै स्थान छ । विगतमा सानो परिमाणमा मिठाइको आवश्यकता हुँदा स्थानीय होटलहरुबाट  खरिद गर्ने, ठूलो परिमाणमा आवश्यक पर्दा जानकार मिस्त्री (कारिगर) बोलाई घरमै बनाउने चलन रहेको थियो । त्यसको अलावा केही मानिस सस्तोको लागि भारतीय ब्राण्डेड कम्पनीले बनाउने डब्बाको मिठाइ ल्याउने चलन थियो। जुन शुद्ध दूधले बनेको हुन्थ्यो। मिठाई (रसवरी, बालुशाही, लालमोहन) बनाउन मुख्य रूपमा दूधको आवश्यकता हुन्छ । शुद्ध गाईभैंसीको दूध चिनी प्रयोग गरेर बनाइने मिठाई कम्तीमा प्रतिकिलो ३५० देखि ४०० रुपैया पर्ने कटहरिया बजारका मिठाइ व्यवसायी सन्तोष कुशवाहाले बताए । मिठाइमा दूध र चिनीको प्रयोग गरेर बनाएमा त्यसभन्दा कमीमा बनाउनै नसकिने कुशवाहाको दाबी छ ।

कुशवाहाकै जस्तो अर्का मिठाइ व्यवसायी अनिल मिष्टान भंडार कटहरियाका सञ्चालक अनिल साहले जसरी बनाए पनि दूध र चिनी प्रयोग गरिएको मिठाइ ३५० भन्दा बढी प्रतिकिलो पर्ने दाबी गर्छन् । अहिले जिल्ला सदरमुकाम गौरदेखि गरुडा, चन्द्रनिगाहपुर, कटहरिया लगायतका मुख्य बजारका होटल तथा मिठाई पसलहरुमा रसवरी, लालमोहन, बालुशाही खुद्रामा प्रतिकिलो ५०० देखि ७०० रुपैयामा बिक्रि हुने गरेको उपभोक्ताहरुले बताएका छन। तर, भारतीयहरुले भारतबाट ल्याएको मिठाई बालुशाही प्रतिकिलो मात्र २०० रुपैयामा खुद्रा बिक्री गरिरहेको देखिएको छ। हाल सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरियादेखि ग्रामीण बजारहरुमा प्रत्येक दिन बिहानैदेखि भारतीय नागरिकहरूले साइकल मोटरसाइकलमा ल्याएर मिठाई बिक्री गरिरहेको देख्न सकिन्छ। कटहरिया बजारमा मिठाई बिक्रीगरी बसेका भारत बिहार सितामढीका छोटेलाल महतोले आफूहरुले उतैबाट किनेर ल्याएर यता बेच्ने गरेको बताउँछन्।

उनले भारतीय सहर सीतामढी छेउ भूतही गाउँबाट थोक मूल्य प्रतिकिलो १०० भारु अर्थात १६० मा खरीद गरेर ल्याउने र २०० नेपाली रुपैयामा प्रतिकिलो बालुशाही बिक्री गर्नेगरेको बताउँछन्। सीतामढी क्षेत्रका झण्डै ५० जना भन्दा बढी मानिसको दैनिकी मिठाई बेच्ने रहेको बताएका छन् । भारतीय गाउँ भुतहीमा घर घरै मिठाई बनाइन्छ। त्यहीँबाट साइकल मोटरसाइकलमा ल्याएर रौतहट, बारा, सर्लाही लगायत जिल्लाको बजार बजारमा घुमाएर बिक्रि गरिन्छ।

भुतही गाउँबाट साना नाका हुँदै भित्र्याएको मिठाई जिल्लाको बजारहरुमा कोठा लिएर स्टक गरिन्छ, पछि सुबिधाअनुसार बिक्रि गरिने भारतीय नागरिक महतोले बताए । कटहरिया ५ का समाजसेवी दीनानाथ साह कलवारले भारतको भुतहीबाट ल्याइने उक्त मिठाई बालुशाहीमा शुद्धको सट्टा चिउराको धूलो र चिनीको सट्टा गुलियो बनाउने केमिकल सेक्रीन प्रयोग गरिने बताए । अत्यन्तै गुणस्तरहीन उक्त मिठाई नेपालीहरुले सस्तो पाउने भएको कारण किन्ने गरेको कलवार बताउँछन् ।

हजारौं नेपाली नागरिकको स्वास्थसँग प्रत्यक्ष जोडिएको मिठाइको गुणस्तरबारे जाँचबुझ गर्न जरुरी छ । तर, त्यसबारे कसैले चासो नलिएको कारण तराई मधेशका हजारौं मानिसले दैनिक गुणस्तरहीन मिठाइको प्रयोग गरिरहेका छन्। भारतबाट एकपटक भित्र्याएको मिठाइ बाटो छेउ खुला फोहर नालासँगै झिँगा लाग्ने स्थानमा राखेर एक हप्तासम्म बिक्रि गर्छन् । तर, स्थानीय तहदेखि स्थानीय प्रशासन, गुणस्तर विभाग सबै मूकदर्शक बनेका छन् ।नेपाली नागरिकको स्वास्थको रक्षाको निमित्त अवैध र गुणस्तरीयहीन आयातित  मिठाइको गुणस्तर जाँच गर्न तथा बिक्रीवितरणमाथि रोक लगाउन नियमनकारी निकायको ध्यानजानु जरुरी देखिन्छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

मनिला। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । ...

सङ्घीय सरकारबाट ६ महानगरलाई ११ अर्ब ७१ करोड रुपैयाँ अनुदान, कसले कति पाए ?

काठमाडौँ । सङ्घीय सरकारले देशका ६ महानगरपालिकालाई आर्थिक वर्ष २०८३/८४ का लागि कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। अर्थ मन्त्रालय...

बोर्डिङ पास अनियमितता प्रकरणमा नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारी बोर्डिङ पास अनियमितता प्रकरणमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले आइत...

झुटा कागजातका आधारमा नागरिकता दिएको आरोपमा वीरगञ्जका मेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राजेशमान सिंह सहित सात ज...

सातै प्रदेशलाई १ खर्ब ९ अर्बभन्दा बढी बजेट हस्तान्तरण, मधेशले पायो सबैभन्दा धेरै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेशमा गरिने अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अन...

विद्युत् महसुल बक्यौता असुलीलाई प्राथमिकता दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउन नेपाल विद्युत् प...

कांग्रेस नीति प्रतिष्ठानको बैठकमा आन्तरिक आचारसंहितामा छलफल हुने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बुधबार बिहान ११ बजे बस्दैछ । कांग्रेस केन्द्र...

एसियन गेम्स क्वालिफायरको उपाधि नेपालले जित्यो, हङकङ १९ रनले पराजित

काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअ...

विश्वकपमा सहभागी हुन विदेश जाने तयारीमा रहेका एन्फा अध्यक्ष र महासचिवलाई राखेपले लगायो रोक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार ...

नेप्से ओरालो, डेढ अर्बमै खुम्चियो कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। यससँगै नेप्से २,७३५ अंकमा झरेर बन्द भएको छ। यसअघि बिहीबार १३ अंक र शुक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending