काठमाडौं । एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडी नियन्त्रणमा लिएको छ । सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो।
आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद गरिएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बताए। नक्कली नोटसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ।
सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेकोमा शंका लागेपछि खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोट बरामद भएको रेग्मीले बताए।
बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् ।
गाडीमा सवार अर्का व्यक्ति भने फरार छन्। गाडी भारतबाटै आएको देखिएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २९ गते, २०८२ - ११:१५
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक संकट चुलिएको छ। संविधानको धारा १६८(३) बमोजिम नेकपा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि प्रदेशको ...
कार्तिक २८ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आजपनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ५ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय...
कार्तिक २८ गते, २०८२ - १०:५७
काठमाडौं । जेनजीका प्रतिनिधि सुदन गुरुङले संगठनका माग पूरा नभइकन निर्वाचन असम्भव रहेको बताएका छन्। बिहीबार बिहान लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रह...
कार्तिक २८ गते, २०८२ - १०:३४
काठमाडौं । लेखक गणेशकुमार प्रधानद्वारा लिखित पुस्तक ‘हाम्रो साँघुटार बजार’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ। स्थानीय इतिहास, संस्कृति र समाजको अध्...
कार्तिक २८ गते, २०८२ - १०:३४
काठमाडौँ । देशभरका प्रमुख कम्युनिष्ट नेताहरूबीच वामपन्थी शक्तिलाई पुनः एकताबद्ध गर्ने प्रयास तीव्र बनेको छ। हालै सार्वजनिक गरिएको ‘एकतामा कम्युनिष्टहर...
कार्तिक २८ गते, २०८२ - १०:१५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालय भव...
कार्तिक २८ गते, २०८२ - १०:०७
बाजुरा । बाजुराका गाउँघरमा परम्परागत रूपमा पिठो र चामल पिस्न प्रयोग हुने ढुङ्गाको जाँतो अहिले लोप हुने अवस्थामा पुगेको छ। पहिलो पुस्ताका घरहरूमा जा...
कार्तिक २८ गते, २०८२ - १०:०३
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमे...
कार्तिक २८ गते, २०८२ - ०९:५९
समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउन आग्रह
कार्तिक २८ गते, २०८२ - ०९:४६
काठमाडौँ । कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण गरेका छन्। कार्तिक ...




प्रतिकृया लेख्नुहोस्: