Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

झापामा गजल प्रशिक्षण सम्पन्न

खबरडबली संवाददाता

झापा । झापाको बिर्तामोडमा एक दिने गजल लेखन प्रशिक्षण सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च तथा स्थानीय संस्थाहरू वीरता रिडर्स र गोपीकृष्ण स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न प्रशिक्षण गजलकार, समालोचक घनेन्द्र ओझाले प्रदान गरेका थिए ।

करिब सय जना सहभागी प्रशिक्षणमा गजलका आधारभूत तत्त्वबारे जानकारी दिइएको थियो । 'वर्तमानमा अत्यधिक लेखिने विधा हो गजल', ओझाले भने, 'तर, गजलबारेका अन्योलले सर्जकमा भ्रम बढिरहेको छ, यसलाई चिर्न आवश्यक छ । यसका लागि अध्ययन, खोज र अभ्यास सँगसँगै गर्न जरुरी छ ।'

उनका अनुसार गजल लेख्न जति सजिलो छ भनिन्छ, बुझेर लेख्न धेरै गाह्रो छ । पछिल्लो समय बढी विवादमा रहेको बहरको आवश्यकताबारे प्रष्ट्याउँदै ओझाले भने, 'बहर भन्नु लय हो । गजल गेय विधा भएकाले यसमा लय अनिवार्य हुनुपर्छ । गजलको गायन शास्त्रीय हुने हुँदा लामो (दीर्घ) र छोटो (ह्रस्व) उच्चारणको एकरूपता कायम गर्न बहरको निर्माण भएको हो । यस कारण गजलको काफियाजतिकै अतिआवश्यक तत्त्व बहर हो ।'

बहरमा लेख्दा पिङ्गल छन्दमा भन्दा केही सहज हुने भए पनि बहरका लचकताका नियमहरू बुझेर मात्र लचकताको प्रयोग गर्न ओझाले सुझाए । उनले भने, 'बहरमा लेख्न राम्रो भाषिक ज्ञान, वर्णविन्यासको ज्ञान त अनिवार्य हुन्छ, यसका अतिरिक्त ३ वटा कुरामा विशेष ध्यान दिनुपर्छ- संस्कृत तत्सम शब्दमा छुट लिन पाइँदैन, नाम पदमा र अन्य अर्थ दिने अवस्थामा पनि छुट लिन पाइँदैन ।'

लचकता सिद्धान्त नभई नियम मात्र भएको र सकेसम्म लचकताको प्रयोग नगर्न गजलका विद्वानहरूले सुझाएका उनको भनाइ थियो । वीरता रिडर्सका सहसंयोजक केशव मैनालीले झापामा पठन र लेखन संस्कृतिको प्रवर्द्धनका लागि समयसमयमा यस्ता कार्यक्रम गरिरहने बताए । 

आयोजक वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले संयोजन गरेको प्रशिक्षण कार्यक्रममा झापाका विभिन्न स्कुल, क्याम्पसका शिक्षक-विद्यार्थी, स्थानीय स्रष्टाहरूको ठूलो सङ्ख्यामा सहभागिता थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending