काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दललाई प्राप्त मतका आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले दलहरूलाई चन्दा निर्भरताबाट मुक्त गर्दै निष्पक्ष राजनीतिक प्रतिस्पर्धालाई प्रवर्द्धन गर्न यस्तो व्यवस्था आवश्यक रहेको बताएका हुन्।
संसदीय सुनुवाइ समितिमा पेस गरेको आफ्नो कार्ययोजनामा कार्कीले पछिल्लो निर्वाचनमा दलले प्राप्त गरेको मत तथा अन्य सर्वस्वीकार्य सूचकका आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने विषयमा आवश्यक कानुनी र नीतिगत व्यवस्था गर्न पहल गरिने उल्लेख गरेका छन्।
उनका अनुसार यस्तो व्यवस्थाले राजनीतिक दलहरूको आर्थिक स्रोतलाई थप पारदर्शी, व्यवस्थित र जवाफदेही बनाउन सहयोग पुग्नेछ। साथै निजी चन्दा वा अन्य आर्थिक स्रोतप्रतिको अत्यधिक निर्भरता कम भई स्वच्छ र निष्पक्ष निर्वाचन प्रणालीलाई समेत टेवा पुग्ने विश्वास उनले व्यक्त गरेका छन्।
राजनीतिक दललाई राज्यबाट आर्थिक सहयोग उपलब्ध गराउने अवधारणा भने नयाँ होइन। निर्वाचन आयोगले यसअघि नै राजनीतिक दलसम्बन्धी ऐन संशोधनको मस्यौदामार्फत ‘स्टेट फन्डिङ’को व्यवस्था कानुनी रूपमा समेट्ने प्रस्ताव अघि बढाएको थियो। तर उक्त विधेयक हालसम्म पारित हुन नसक्दा त्यससम्बन्धी व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन।
यही सन्दर्भमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले पुन: निर्वाचनमा प्राप्त मतका आधारमा राजनीतिक दललाई सरकारी अनुदान उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ अघि सारेका छन्। यद्यपि यस्तो अनुदान वितरणको मापदण्ड, प्रक्रिया र मोडालिटी भने कानुनमार्फत स्पष्ट गर्नुपर्ने देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - १४:४०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको बै...
श्रावण १३ गते, २०८३ - १४:२०
काठमाडौँ। नेपालमा बाघको संख्या बढेको छ । यस वर्ष गरेको बाघ सर्वेक्षणमा बाघको संख्या ४२९ पुगेको सरकारले बुधबार घोषणा गरेको छ । विश्व बाघ दिवसको अवस...
श्रावण १३ गते, २०८३ - १४:१०
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५० पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार शुक्लाफाँटामा बाघक...
श्रावण १३ गते, २०८३ - १३:४४
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३:०० बजे बैठक बस्न लागेको सरकारका प्रव...
श्रावण १३ गते, २०८३ - १३:३९
काठमाडौँ। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ल...
श्रावण १३ गते, २०८३ - १३:३०
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेको छ । बुधबार राष्ट्रपति भवन शीतल निवास ...
श्रावण १३ गते, २०८३ - १३:१३
काठमाडौं । सामाजिक सद्भाव र शान्ति कायम राख्न प्रमुख नौ राजनीतिक दलले प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संवाद अघि बढाउने निर्णय गरेका ...
श्रावण १३ गते, २०८३ - १२:५०
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको छानबिन गर्न गठित सरकारी समिति बुधबार घटनास्थल पुगेको छ। समितिले घटनास्थलको नि...
श्रावण १३ गते, २०८३ - १२:३६
काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दललाई प्राप्त मतका आधारमा सार्वजनिक कोषबाट अनुदान उपलब्ध गराउने व्यवस्था गर्न...
श्रावण १३ गते, २०८३ - १२:१०
पर्सा। वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्...



प्रतिकृया लेख्नुहोस्: