Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

सामाजिक सद्भावका लागि तल्लो तहसम्म सर्वदलीय संवाद, नौ दलले स्थानीय संयन्त्र सक्रिय पार्ने

खबरडबली संवाददाता

काठमाडौं । सामाजिक सद्भाव र शान्ति कायम राख्न प्रमुख नौ राजनीतिक दलले प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संवाद अघि बढाउने निर्णय गरेका छन्। दलहरूले केन्द्रको प्रयास मात्र पर्याप्त नहुने निष्कर्ष निकाल्दै स्थानीय स्तरमै विश्वासको वातावरण निर्माण गर्न पार्टीका सबै तहलाई सक्रिय बनाउने भएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्ने उद्देश्यका साथ तल्लो तहमा सर्वदलीय संयन्त्रमार्फत बैठक र संवाद सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकपछि जारी गरिएको नौ दलको संयुक्त वक्तव्यमा समाजमा शान्ति र सद्भाव कायम राख्न प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न तथा संवादलाई नागरिकस्तरसम्म विस्तार गर्न सबै दलका सम्बन्धित समितिलाई निर्देशन दिने उल्लेख गरिएको छ।

संयुक्त अपिलमा स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज, जनप्रतिनिधि तथा स्थानीय प्रशासनबीच समन्वय बढाएर सामाजिक सद्भाव जोगाउन सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

दलहरूले पछिल्ला घटनाका कारण समाजमा कुनै प्रकारको विभाजन वा अविश्वासको अवस्था सिर्जना हुन नदिन सबै पक्षले संयम अपनाउन र संवादमार्फत समस्या समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले आवश्यक नीति, निर्देशिका र मापदण्ड तयार नभएसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै प्रशासनका नाममा अन्तरिम...

विश्वकप लिग-२ : नेपाल र नेदरल्यान्ड्स भिड्दै, सन्दीप लामिछाने बेन्चमा

काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्...

रास्वपा केन्द्रीय समिति बैठक सुरु, महाधिवेशन समीक्षा र आगामी रणनीतिमा छलफल हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको बै...

सर्वेक्षणको नतिजा सार्वजनिक, नेपालमा ४२९ बाघ

काठमाडौँ। नेपालमा बाघको संख्या बढेको छ । यस वर्ष गरेको बाघ सर्वेक्षणमा बाघको संख्या ४२९ पुगेको सरकारले बुधबार घोषणा गरेको छ ।  विश्व बाघ दिवसको अवस...

शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५० पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार शुक्लाफाँटामा बाघक...

मन्त्रिपरिषद् बैठक तीन बजे बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३:०० बजे बैठक बस्न लागेको सरकारका प्रव...

एक अर्ब ८९ करोडको हुण्डी कारोबार, एक जना पक्राउ

काठमाडौँ। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ल...

राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेको छ । बुधबार राष्ट्रपति भवन शीतल निवास ...

सामाजिक सद्भावका लागि तल्लो तहसम्म सर्वदलीय संवाद, नौ दलले स्थानीय संयन्त्र सक्रिय पार्ने

काठमाडौं । सामाजिक सद्भाव र शान्ति कायम राख्न प्रमुख नौ राजनीतिक दलले प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संवाद अघि बढाउने निर्णय गरेका ...

सुनसरी गोलीकाण्ड छानबिन समिती कप्तानगञ्जमा, स्थानीयसँग सोधपुछ गर्दै

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको छानबिन गर्न गठित सरकारी समिति बुधबार घटनास्थल पुगेको छ। समितिले घटनास्थलको नि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending