Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

एक अर्ब ८९ करोडको हुण्डी कारोबार, एक जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्राप्त गरेको गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरुको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा हुण्डी कारोबारमा संलग्न रहेको देखिएपछि धादिङका राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको हो ।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता अनुपम शमशेर ज.ब.रा.का अनुसार रिजालले अन्य व्यक्तिहरुसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको देखिएको छ ।

हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई रिजाललाई २०८३ साल साउन १२ गते काठमाडौँको नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

पक्राउ पर्नेमा धादिङको साविक सत्यदेवी–८ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल रहेको छन्। घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की अनुमोदित, दुई आयुक्तको नाम पनि सर्वसम्मत पारित

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा...

यी चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले आवश्यक नीति, निर्देशिका र मापदण्ड तयार नभएसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै प्रशासनका नाममा अन्तरिम...

विश्वकप लिग-२ : नेपाल र नेदरल्यान्ड्स भिड्दै, सन्दीप लामिछाने बेन्चमा

काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्...

रास्वपा केन्द्रीय समिति बैठक सुरु, महाधिवेशन समीक्षा र आगामी रणनीतिमा छलफल हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको बै...

सर्वेक्षणको नतिजा सार्वजनिक, नेपालमा ४२९ बाघ

काठमाडौँ। नेपालमा बाघको संख्या बढेको छ । यस वर्ष गरेको बाघ सर्वेक्षणमा बाघको संख्या ४२९ पुगेको सरकारले बुधबार घोषणा गरेको छ ।  विश्व बाघ दिवसको अवस...

शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५० पुगेको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार शुक्लाफाँटामा बाघक...

मन्त्रिपरिषद् बैठक तीन बजे बस्दै

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३:०० बजे बैठक बस्न लागेको सरकारका प्रव...

एक अर्ब ८९ करोडको हुण्डी कारोबार, एक जना पक्राउ

काठमाडौँ। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ल...

राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेको छ । बुधबार राष्ट्रपति भवन शीतल निवास ...

सामाजिक सद्भावका लागि तल्लो तहसम्म सर्वदलीय संवाद, नौ दलले स्थानीय संयन्त्र सक्रिय पार्ने

काठमाडौं । सामाजिक सद्भाव र शान्ति कायम राख्न प्रमुख नौ राजनीतिक दलले प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संवाद अघि बढाउने निर्णय गरेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending