काठमाडौं । तेइस वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोली र चीनको प्रान्तीय टोली छिङ हाई युसुबीच शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित उक्त खेलमा तिब्बतबाट नेपाल भ्रमणमा आएका चीनको प्रान्तीय टोली छिङ हाई युसु टोलीमाथि नेपालले ५-१ को जित निकाल्यो ।
नेपालका लागि समिर तामाङले दुई गोल गरे भने सञ्जीव विष्ट, छिरिङ लामा र निराजन धामीले समान एक-एक गोल गरे । सञ्जीवले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ३९औँ मिनेटमा समिरले गोल गरेपछि नेपालले खेलको पहिलो हाफमा नै २-० गोलको अग्रता बनाउन सफल भयो ।
त्यसपछि खेलको ५४औँ मिनेटमा समिरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । खेलको ६३औँ मिनेटम छिरिङको गोलमा नेपालले ४-० गोलको अग्रता बनायो । खेलको ७५औँ मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ५-० को गोलको अग्रता बनाए । खेलको ७८औँ मिनेटमा चीनका पेङ्गकोउले एक गोल फर्काए । त्यसपछि खेलको निर्धारित समयसम्म गोल हुन सकेन र नेपालले चीनविरुद्ध ५-१ को जित निकाल्न सफल भयो ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा भएको उक्त खेलमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो ।
उक्त मैत्रीपूर्ण खेल सुरु हुनुअगाडि विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: