Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भरिया बनेर गाउँमा विद्यालय स्थापना गर्न सफल भोजपुरका सुवास

खबरडबली संवाददाता

भोजपुर । सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लाग्नुभएका ७१ वर्षीय तामाङले गाउँमा नै विद्यालयले स्थापना गरेका छन् । ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लागेका तामाङले आफ्नो जन्मभूमि षडानन्द नगरपालिका–९ बैदर भञ्याङमा विद्यालय स्थापना गरेका हुन् ।

उनले विसं २०४६ मा चित्राले बारेर विद्यालय सञ्चालन गरेका थिए  । लालीगुँरास प्राथमिक विद्यालय स्थापना गरेर कक्षा ५ सम्मको पठाई थालेका उनले विसं २०५१ मा चन्द्रसूर्य माध्यमिक विद्यालय स्थापना गरेर कक्षा ६ देखि १० सम्म सञ्चालन गरे । विसं २०६८ चैतदेखि दुई विद्यालयलाई गाभेर चन्द्र सूर्य माध्यमिक विद्यालय बनाइएको उनले बताए  ।

तत्कालीन समयमा विदेशी पर्यटकको भारी बोक्ने काम गर्ने तामाङले विदेशीबाट चन्दा सङ्कलन तथा आफूले भारी बोकेर कमाएको पैसाले यो स्थानमा दुई विद्यालय स्थापना गरेको बताए । त्यो समयमा यहाँका शिक्षकलाई उनले नै तलब दिए । विद्यालय स्थापना गरेको १८ वर्षसम्म आफैँले रकम सङ्कलन गरेर तलब खुवाएको उनको भनाइ छ । आफ्ना पिता लघुसिंह तामाङले देखेको सपनालाई पूरा गर्न धेरै दुःख र सङ्घर्षले विद्यालय स्थापना गर्न सफल भएको उनले बताए  ।

“मेरो पिताको यो स्थानमा विद्यालय स्थापना गर्ने सपना थियो”, उनले भने, “तर उहाँको देहावसान भयो, पिताको सपनालाई साकार पार्न यो काममा जुटे र स्थापना गर्न पनि सफल भएँ, भारी बोकेर ल्याएको पैसाले मैले सुरुमा चित्राले बारेर विद्यालय चलाएको थिए, भारी बोक्ने क्रममा विदेशीलाई मेरो योजना सुनाएँ, त्यसपछि उनीहरुले मलाई थप सहयोग पनि गरे ।” 

विद्यालयका लागि आफूले दुईपटक गरेर ७८ रोपनी जग्गा निःशुल्क दिएको तामाङले बताए । पछिल्लो समयमा दिएको सात रोपनी जग्गामा हालको चन्द्र सूर्य मावि सञ्चालन भइरहेको छ । बाँकी ७१ रोपनी जग्गा पनि विद्यालयले भोगचलन गरिरहेको उनले बताए । “म सामान्य परिवारमा जन्मेको मान्छे हुँ”, उनले भने, “तर यहाँ विद्यालय नहुँदा भोगेको दुःखलाई मैले नजिकबाट नियालेको थिएँ, विद्यालय स्थापना गरी छाड्ने अठोटका साथ अघि बढे, काम गर्दै जाने क्रममा अहिले सफल पनि भए, गाउँका बालबालिकाले अहिले घरको खाना खाएर शिक्षा लिन पाएका छन्, त्यो देख्दा गर्वले छाती फुल्छ ।” सरकारले विद्यालयको स्वामित्व लिएसँगै छ वर्षअघिबाट विद्यालय सञ्चालनको भार कम भएको उनले बताए  ।   

तामाङले सुरुआत गरेर सञ्चालन भइरहेको विद्यालयको कोशी प्रदेशका प्रदेशसभा सदस्य विनोद बान्तावाले पनि अनुगमन गरेका छन् । आफ्नो ठाउँको शैक्षिक सुधारका लागि समाजसेवी तामाङले खेलेको भूमिका प्रशंसायोग्य रहेको उनले बताए  । “समाजका लागि उहाँले गरेको काम उदाहरणीय छ”, बान्तावाले भने, “भारी बोकेर योसम्मको काम गर्नु सामान्य कुरा होइन, यस्ता मान्छेको कामलाई हामीले कदरसँगै अनुसरण गर्न आवश्यक छ ।” 

यो विद्यालयमा हाल करिब तीन सय विद्यार्थी अध्ययनरत रहेको स्थानीय तथा विद्यालयका शिक्षक कुसुम तामाङले बताए । भौगोलिक रुपमा विकट मानिने स्थानमा विद्यालय स्थापनाले धेरै बालबालिकाको सुन्दर भविष्य निर्माण भएको उनको भनाइ छ । “यहाँ विद्यालय स्थापनाले धेरै बालबालिकाको सुन्दर भविष्य निर्माण भएको छ”, शिक्षक तामाङले भने, “अहिले तीन सयको हारहारीमा बालबालिका बढ्दै आएका छन्, उहाँले पु¥याउनु भएको योगदानलाई समाजले भुल्नु हुँदैन, यो एउटा उदाहरणीय काम हो ।”     
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending