एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टेलिभिजनका लागि अन्तवार्ता कार्यक्रमका प्रस्तोता टकर काल्र्सनलाई बिहीबार दिएको अन्तर्वार्तामा युक्रेनमा रूसलाई परास्त गर्न ‘असम्भव’ छ भनेर पश्चिमा मुलुकले बुझ्नुपर्ने बताएका छन् ।
सन् २०१९ पछि पश्चिमा सञ्चारमाध्यमले प्रशारण गरेको पुटिनको यो पहिलो अन्तरवार्ता हो । यद्यपि ह्वाइट हाउसका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट काल्र्सनले केही कुटनीतिक प्रश्नहरू सोध्दै रूसी इतिहास र पुटिनको विचारको बारेमा व्याख्या गर्ने अवसर दिएका थिए । अन्तवार्तामा रूसी नेता पुटिनले रूसलाई पश्चिमी विश्वासघातको शिकारको रूपमा चित्रण गर्दै सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गरे ।
अमेरिका, युरोपेली सङ्घ र नेटोले युक्रेनलाई सहयोग गरेपनि रूस पराजित हुने छैन भन्ने कुरा पश्चिमले बुझेको उनले दावी गरे । उनले भने, “अहिलेसम्म युद्धभूमिमा रूसलाई रणनीतिक हार बेहोर्ने विषयमा होहल्ला र चिच्याहट भइरहेको छ । तर अब तिनीहरूले यो सम्भव छैन भनेर महसुस गर्न थालेका छन् । मेरो विचारमा यो असम्भव छ ।”
ट्रम्पको पक्षमा रहेका रिपब्लिकनले युक्रेनलाई हतियार र अन्य सैन्य सहायताको साथ समर्थन गर्न हिचकिचाइरहेको अमेरिकी संसद्को सन्देशले पनि रूसविरूद्धको पश्चिमा सहकार्य कमजोर भएको पुष्टि हुने उनले बताए ।
उनले भने, “युद्धको विषयमा हामी अमेरिकी नेतृत्वलाई के भनिरहेका छौं भने यदि वास्तवमै लडाइँ रोक्न चाहनुहुन्छ भने तपाईंले हतियार आपूर्ति बन्द गर्नुपर्छ ।” नाटो सदस्य राष्ट्र पोल्याण्ड र लाटभिया वा सामान्यतया युरोपेली महाद्वीपमा आक्रमण गने बारे मस्कोले विचार गर्छ कि गर्दैन भन्ने प्रश्नमा पुटिनले भने, “यो प्रश्नको विषय होइन ।” “पोल्याण्ड, लाटभिया वा अन्य कुनै पनि ठाउँमा हाम्रो कुनै चासो छैन । हामी किन त्यसो गर्छौं ? यो त्रासमात्र हो,” पुटिनले भने ।
उनले पोल्याण्डसँग युद्ध ‘केवल पोल्याण्डले रूसमाथि आक्रमण गर्यो भनेमात्र हुनेछ ।” सन् २०२० को राष्ट्रपतीय चुनावमा बाइडेनले ट्रम्पविरुद्ध प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको अमेरिकी चुनावपछि नेतृत्व परिवर्तनबारे सोधिएको प्रश्नमा पुटिनले आफूले थोरै परिवर्तन देख्ने सङ्केत गर्दै भने, “तपाईंले मलाई सोध्नुभयो कि अर्को नेता आएर केही परिवर्तन गर्नुहुन्छ ? यो नेताको कुरा होइन । यो कुनै व्यक्ति विशेषको व्यक्तित्वको बारेमा होइन ।”
क्रेमलिनको कोठामा मङ्गलबार रेकर्ड गरिएको र काल्र्सनको आफ्नै वेबसाइटमा पोस्ट गरिएको अन्तर्वार्तामा काल्र्सनले पुटिनलाई ट्रम्पसँगको सम्बन्धबारे खासै खोतलेका थिए ।
रूसले युक्रेनमा आक्रमण गरेको दुई वर्ष पूरा भएको पूर्वसन्ध्यामा फक्स न्युजका पूर्व प्रस्तोतासँगको दुई घण्टा लामो अन्तर्वार्तामा पुटिनले जेलमा रहेका वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोभिचसँग ‘सम्झौता गर्न सकिने’ बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: