काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अध्यावधिक र विस्तार गरिसक्ने निर्णय गरेको छ ।
विहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । पार्टीले चैत २५ गतेसम्म संगठन सुदृढीकरणको अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
पार्टीको महाधिवेशनका निम्ति ०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय पनि गरिएको छ । एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठमा हुने भएको छ ।
प्रतिकृया लेख्नुहोस्: