राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फिर्ता गराउन सकेको छैन। अदालतको आदेश, प्रशासनिक पहल र मन्त्रालयको निर्देशनसमेत प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा अतिक्रमण झन् विस्तारिएको छ।
राजविराज नगरपालिका–६ मा रहेको कारागारको नाममा दर्ता दुई विघाभन्दा बढी जग्गामध्ये हाल एक विघा ६ कठ्ठा १२ धुर क्षेत्र एक सयभन्दा बढी परिवारको कब्जामा रहेको कारागार कार्यालयले जनाएको छ। अतिक्रमित क्षेत्रमा घर, टहरा र झुप्रासमेत निर्माण भइसकेका छन् भने कतिपयले पक्की संरचना समेत खडा गरेका छन्।
कारागार प्रमुख रुपक मण्डलका अनुसार ३० वर्षभन्दा बढी समयदेखि सरकारी जग्गा अतिक्रमणमा रहे पनि खाली गराउने प्रयास सफल हुन सकेको छैन। पटक–पटक सूचना जारी गरिए, प्रशासन र सम्बन्धित निकायलाई पत्राचार गरियो, तर परिणाम निस्किएन।
२०५८ सालमै गरिएको नापजाँचले ८५ जनाले कारागारको जग्गा कब्जा गरेको देखाएको थियो। त्यसयता अतिक्रमण झन् बढ्दै गएको छ। २०५८ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेले अतिक्रमण हटाउने प्रयास गरेका थिए भने २०६१ मा विशेष समिति गठन गरेर कानुनी प्रक्रिया अघि बढाइएको थियो। तर स्थानीय विरोधका कारण दुवै प्रयास असफल भए।
सबैभन्दा गम्भीर पक्ष भनेको २०६७ सालमा तत्कालीन पुनरावेदन अदालत राजविराजले अतिक्रमित संरचना हटाउन आदेश दिए पनि त्यसको कार्यान्वयन हुन नसक्नु हो। अदालतको आदेशपछि पनि सरकारी निकायले ठोस कदम नचाल्दा आदेश कागजमै सीमित बनेको देखिन्छ।
कारागार कार्यालयका अभिलेखअनुसार २०२८ सालको सर्वे नापीदेखि उक्त जग्गा कारागारको नाममा दर्ता छ। तर अहिले कारागारको आधाभन्दा बढी क्षेत्र निजी प्रयोगमा पुगिसकेको छ।
अतिक्रमित क्षेत्रमा बसोबास गर्ने अधिकांश परिवारले आफूहरू वर्षौंदेखि त्यहाँ बस्दै आएकाले वैकल्पिक व्यवस्थाबिना हटाउन नहुने अडान राख्दै आएका छन्। स्थानीय स्रोतका अनुसार त्यहाँ मुख्यतः मेहतर समुदायका परिवार बसोबास गर्दै आएका छन्, यद्यपि केही परिवारसँग अन्यत्र निजी घरजग्गासमेत रहेको बताइन्छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिल्लाभरका सरकारी जग्गाको अवस्था अध्ययन भइरहेको र कानुनअनुसार आवश्यक कदम चालिने बताएका छन्।
सरकारी स्वामित्वको जग्गा दशकौँसम्म कब्जामा रहँदा पनि राज्यले संरक्षण गर्न नसक्नु प्रशासनिक कमजोरीको उदाहरण बनेको छ। एकातिर सरकारी सम्पत्ति जोगाउने दायित्व छ भने अर्कोतिर वर्षौंदेखि बसोबास गरिरहेका परिवारको व्यवस्थापनको चुनौती पनि उत्तिकै जटिल बनेको छ। यही कारण कारागारको जग्गा विवाद अझै समाधानको पर्खाइमा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २२:११
सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...
आषाढ़ १२ गते, २०८३ - २२:०९
काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...
आषाढ़ १२ गते, २०८३ - २१:५६
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो



प्रतिकृया लेख्नुहोस्: