Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

मेयर्स कप खेल्ने १० विद्यालयलाई एक्सपर्टले दियो साढे ८ लाखको खेल सामग्री

खबरडबली संवाददाता

भरतपुर ।  भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिताका सहभागी सामुदायिक विद्यालयलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवन क्रिकेट खेल सामग्री हस्तान्तरण गरेको छ ।

विद्यालयस्तरबाटै खेलकुद विकास गर्ने उद्देश्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा यही माघ २६ गतेदेखि हुन लागेको प्रतियोगितामा सहभागी भरतपुर महानगरपालिकाभित्रका १० सामुदायिक विद्यालयलाई बुधबार खेल सामग्री दिइएको हो ।

भरतपुर महानगरपालिका सभाहलमा आयोजित कार्यक्रममा मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियालगायतले सहभागी विद्यालयलाई खेल सामग्री हस्तान्तरण गरे ।

उक्त अवसरमा मेयर्स कप क्रिकेट विजेताले प्राप्त गर्ने रनिङ ट्रफीसमेत अनावरण गरिएको छ । २० टिम सहभागी प्रतियोगिता जित्नेले रनिङ ट्रफी पाउने छ । एक्सपर्टले कुल ८ लाख ६० हजार रुपैयाँ मूल्य बराबरका खेल सामग्री र गेम जर्सी प्रायोजन गरेको छ । त्यसमध्ये खेल सामग्री १० वटा सामुदायिक विद्यालयले प्राप्त गरेका छन् भने राउण्ड रोबिन लिग खेल्ने १० टिमले फागुन ४ गते जर्सी पाउने छन् ।

‘ग्रासरुट क्रिकेट’ विकास गर्ने अभियानका साथ चितवन जिल्ला क्रिकेट संघको सहआयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा भरतपुर महानगरपालिकाले यो प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता टि–२० फम्र्याटमा खेलाइने छ ।

खेल सामग्री हस्तान्तरण गरेपछि मेयर दाहालले एक्सपर्टको सहयोग ग्रासरुट खेल विकासमा ऐतिहासिक र प्रेरणादायी भएको बताइन् । यो सहयोगले चितवनमा क्रिकेट खेल विकास र रंगशाला निर्माणमा थप ऊर्जा थपिएको बताइन् । निर्माणाधीन गौतम बुद्ध रंगशालाको बाँकी काम छिट्टै नै सुरु हुने बताउँदै उनले अन्तर्राष्ट्रियस्तरको खेलमा सहभागी हुने खेलाडी चितवनबाट उत्पादन गर्न यस्ता सहकार्यले योगदान दिने बताइन् ।

रंगशाला निर्माण सकी २०२७ मा हुने यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता त्यहीँ आयोजना गर्ने प्रयासमा महानगरपालिका रहेको उनले बताइन् । विगतमा भारत–पाकिस्तान क्रिकेट प्रतियोगिता चितवनको रंगशालामा गर्ने भनेकोमा धेरैले खिसिटिउरी गरेको भन्दै उनले अब छिट्टै रंगशाला बनेपछि त्यो सपना पनि पूरा हुने बताइन् ।

आफूले पहिलो कार्यकालदेखि नै खेल विकासलाई प्राथमिकतामा राखेको बताउँदै उनले दोस्रो कार्यकालमा पनि त्यसलाई निरन्तरता दिएको बताइन् ।

एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले खेल विकासमा एक्सपर्ट लामो समयदेखि लागिरहेको बताउँदै महानगरसँगको सहकार्यमा विद्यालयस्तरमै सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

उपमेयर चित्रसेन अधिकारीले खेल विकासमा सरकारी र निजी क्षेत्रको सहकार्य जरुरी रहेको बताए । रंगशाला निर्माणसँगै खेलाडी उत्पादनलाई पनि विशेष प्राथमिकता दिएर महानगर अघि बढेको बताए । नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले विद्यालयस्तरबाट खेल विकास गर्न सकिए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेल विकास सम्भव हुने बताए ।

चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले ग्रासरुट खेल विकासमा यो प्रतियोगिता कोशेढुंगा सावित हुने बताए ।

यस प्रतियोगितामा भरतपुर महानगरपालिकाभित्रका १० सामुदायिक र १० संस्थागत माध्यमिक विद्यालय गरी कुल २० टिमले सहभागिता जनाउने छन् । तिनीहरूलाई दुईवटा समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने छ । यो चरणमा कुल १० खेल हुने छन् । नकआउट चरणबाट ५ सामुदायिक र ५ संस्थागत विद्यालय दोस्रो चरणमा प्रवेश गर्ने छन् ।

फागुन ४ गतेदेखि दोस्रो चरण सुरु हुने छ । जसमा नकआउट पार गरेका १० टिमलाई गोलाप्रथाद्वारा दुई समूहमा विभाजन गराइने छ । ५–५ टोली रहने दुई समूहहरूलाई अन्तरसमूह राउण्ड रोबिन विधिमा लिग खेलाइने छ । समूहका उत्कृष्ट २–२ टोली सेमिफाइनल प्रवेश गर्ने छन् । प्रतियोगितामा कुल ३५ खेल खेलाइने छ ।

‘भरतपुर मेयर्स कप रनिङ ट्रफी’का साथमा मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले विजेता र उपविजेतालाई क्रमशः ६० हजार र ३० हजार रुपैयाँ मूल्य बराबरका खेल सामग्री प्रदान गर्ने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending