Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

पत्रकार कृष्ण तिवारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

खबरडबली संवाददाता

रौतहट। रौतहटको कटरिया नगरपालिका ९ स्थित बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारीमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन चौतर्फी मागसहित दबाब आउन थालेको छ। चिनीमिल सञ्चालकको ईशारामा मिलका बाउनसरहरुको कुटाईबाट गम्भीर अवस्थामा रहेका पत्रकार  तिवारीको अहिले वीरगञ्जस्थित सूर्या अस्पतालमा उपचार भइरहेको छ। सूर्या अस्पताल वीरगञ्जका प्रमुख डाक्टर सरोज कुमार सिंहले पत्रकार तिवारीको छातीलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको र भर्ना गरेर उपचार भईरहेको बताए ।

पछिल्लो केही दिनदेखि मिलमा उद्योगीले प्रति ट्रली २० देखि ३०, क्विन्टल उखुको तौल घटाइरहेको बताउँदै आएका बारा र सर्लाहीको किसानले ल्याएको उखुको तौल घटेपछि मंगलवार किसानहरू मिल प्रशासनविरुद्ध नारा लगाउँदै आन्दोलनमा उत्रिएका थिए। किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएको  किसानहरूले आन्दोलन सुरुगरेको उखु उत्पादक किसान संघ रौतहटका उपाध्यक्ष प्रमोद यादव बच्चा बाबुले बताएका छन्।

मंगलबार आन्दोलन गरिरहेका केही किसानलाई समेत मिल सञ्चालकका बाउन्सरहरुले कुटपिट गरेको उपाध्यक्ष बच्चा बाबुले बताए। किसानहरूले उखु काटा गर्ने ठाउँमा बिहानैदेखि नारा जुलुस गरेपछि मंगलबार दिउँसो समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले निर्घात कुटपिट गरेको पीडितले बताएका छन्।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश मिल सञ्चालक ओम प्रकाश जैसवालका छोरा हुन् । उनकै संलग्नतामा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। तिवारीका अनुसार मेयरले इसारा गरेलगत्तै उनका भाइ पिन्टु भन्ने अभयप्रकाश जैसवालले आफूमाथि सबभन्दा पहिले आक्रमण गरेका थिए । जैसवालले हात छोडेलगतै उनको दर्जनौं बाउनसरले पत्रकार तिवारीलाई भुइँमा बजारेर मुड्की, लाती, लठी र उँखुले प्रहार सुरु गरेका थिए। सोही समय त्यहाँ पुगेका ईलाका प्रहरी कार्यालय कटहरियाको टोलीले जसोतसो पत्रकार तिवारीलाई बचाएका थिए। घटनास्थल पुगेका वरिष्ट सई अरुण सिंहका अनुसार यदी प्रहरी त्यहाँ मात्र १० मिनेट ढिलो पुगेको तिवारीको ज्यान जे पनि हुन सक्थ्यो ।

पत्रकार तिवारीको मोबाइल र क्यामरासमेत मिल सञ्चालकका बाउन्सरहरुले लुटपाट गरेको बताइएको छ। मिलकै बाउनसरले एकजना अर्का पत्रकार धीरज यादवलाई समेत कुटपिट गरेका छन्। किसानको पीडाबारे भिडियो रेकर्ड गर्ने क्रममा पहिले यादव र लगत्तै तिवारीमाथि एकैपटक दर्जनौं मानिसले आक्रमण गरेको सई अरुण कुमार सिंहले जानकारी दिएका छन्।

मंगलवार घटनाले उग्ररुप लिएपछि ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालको टोलीसँगै उखु उत्पादक किसान संघ रौतहटका पदाधिकारी  बाबा बैजुनाथ सुगर मिलको स्थलगत निरीक्षणमा गएको थियो। टोलीले उखुको तौल घटाएकोबारे जाँच बुझ गर्नु अघि नै मिलले राखेको केही ठेकदारहरुले तौल गर्ने काँटा ठीक भयो भनेर होहल्ला गरिरहेको थिए। सो पछि त्यही काँटामा पहिले तौल भईसकेको तीनवटा टयाक्टरको उखुको पुन: तौल गर्दा डिएसपी खनालको रोहवरमा प्रति ट्रली १६,१४,१२ क्विन्टल घटी देखिएको उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक कुमार यादवले बताएका छन्।

उखुको तौल घटेको बारेमा डिएसपी खनालको उपस्थितिमा मिलका निर्देशक बैजु बाबरासँग कुरा गर्दा गैरजिम्मेवारी तरिकाले जथाभावी कुरा गर्दै थर्काउने  व्यवहार गरेको अध्यक्ष यादवले गुनासो गरेका छन्। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी खनालले घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ गरिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको बताएका छन।यसैबिच घटनामा संलग्न मिल्स सञ्चालक संगै दोषीमाथि कडा कारबाहीको गर्न चौतर्फी दबाब उठ्न थालेको छ।

आमजनता पार्टीका अध्यक्ष पूर्व मन्त्री प्रभु साहले समाचार सङ्कलन गर्न पुगेका रौतहटका एक पत्रकारमाथि कुटपिट गर्नु निन्दनीय भएको बताएका छन। प्रेस समाजवादी सङ्गठनको केन्द्रीय सदस्य पत्रकार तिवारीको छाती र आँखा छेउमा चोट लागेको छ ।

साहले आफ्नो आधिकारिक समाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार तिवारी लगायतका पत्रकारहरुमाथि भएको सांघातिक हमला एवं निर्घात कुटपिटको घोर भत्सर्ना गर्दै दोषीलाई कड़ा करवायीको जोड़दार माग गरेका गरेका छन्। नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश यादव संगमले छुट्टा छुटै बिज्ञप्ती निकालेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending