Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

काम नगर्ने ठेकेदारलाई ठेक्कै ठेक्का

खबरडबली संवाददाता

जाजरकोट । जाजरकोटका तीन पालिकामा प्रदेश सरकारले निर्माण गर्न लागेका सडक, पुलहरुको ठेक्का लागेको लामो समय भए पनि निर्माण व्यवसायीले काम नगर्दा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । कतिपय ठाउँमा पुल निर्माण नहुँदा मानिसको अकालमै ज्यान गएको छ ।

नलगाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा नेपाल मेघा सिस्ने जेभीले लिएका ठेक्का अलपत्र परेका छन् । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जाजरकोटस्थित पूर्वाधार विकास कार्यालयमार्फत ती ठेक्का भएको थियो ।

बहुवर्षे नाम दिइएको उक्त ठेक्काको काम सुरु नहुँदा कार्यालय प्रमुखदेखि अन्य सरोकारवालालाई टाउको दुखाइको विषय बनेको छ । निर्माण व्यवसायीलाई काम गर्न पटकपटक कार्यालयले पत्र काट्छ, निर्माण व्यवसायी हुन्छ भन्छन् तर काम गर्दैनन् ।

जाजरकोटमा मात्र तीन वटा ठेक्का अलपत्र पार्ने नेपाल मेघा सिस्ने जेभीले अन्यत्र के गरेको होला खोजीको विषय बनेको छ ।

तीन करोड ९८ लाखमा नलगाड नदी माथि नलगाड नगरपालिका–५ सिर्के र बारेकोट गाउँपालिका–८ साघुतरामा पुल अलपत्र परेको छ । यसको म्याद सकिएको छ महिना भइसकेको छ । त्यहाँ अहिलेसम्म काम सुरु नै भएको छैन ।

त्यस्तै छेडागाड नगरपालिकाको साल्म खोलामा रहेको पुलसमेत अलपत्र छ । ४८ करोड ८० लाख १५ हजार रुपैयाँमा निर्माण हुने उक्त पुलको ठेक्कासमेत यही जेभीले पाएको छ ।

विसं २०७८ साउन २९ मा पुल निर्माण सम्झौता भएको थियो । यही माघ २८ गते म्याद सकिँदैछ । कामको प्रगति भने तीन प्रतिशत मात्र भएको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादव बताउँछन् । यो पश्चिम जाजरकोटमा पर्ने छेडा–जुम्ला सडकको मुख्य पुल हो । यो पुल निर्माण नहुँदा पश्चिम क्षेत्रको यातायात सेवा प्रभावित हुँदै आएको छ ।

म्याद सकिन आठ दिनमात्र बाँकी रहँदा निर्माण व्यवसायीले पुल निर्माणतर्फ चासो देखाएका छैनन् । कार्यालयले आधा दर्जन पत्र काटिसकेपनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन । यही सडकखण्डको छेडा, थालह सनाखोला चाँदे जुम्ला सडक, जुनिचाँदेमा काम नहुँदा अलपत्र छ ।

३० किमी सडक निर्माण गर्नुपर्ने भए पनि नेपाल मेघा सिस्नेले काम नगर्दा अलपत्र पर्दै आएको हो । १५ करोड ५२ लाख रुपैयाँमा सम्झौता भएको उक्त सडकको अहिलेसम्म दुई प्रतिशत मात्र काम भएको छ । यो सडक निर्माण गरिसक्नुपर्ने अन्तिम मिति २०८२ पुस ४ गतेसम्म हो । विसं २०७८ पुस ५ गते सम्झौता भएको थियो । २४ लाख ७१ हजार रुपैयाँ मात्र यो सडकमा खर्च भएको छ ।

पश्चिम जाजरकोटको पुल र सडकका विकासको बाधकका रुपमा उक्त जेभी देखापरेको स्थानीयवासी बताउँछन् । समयमै काम नगर्दा पश्चिम जाजरकोटको सडक मृत्यु मार्गजस्तै भएको जुनिचाँदेका रेशम खड्काले बताए ।

सडक तथा पुल निर्माणको ढिलाइका विषयमा कार्यालयले गरेको ताकेतासमेत निर्माण व्यवसायीले नटेर्दा प्रशासनको सहयोग लिनुपरेको छ । प्रशासन कार्यालयको पनि जिल्लामा भएका विकास निर्माणका काममा खासै चासो नभएको खड्काले बताए ।

जिल्लाबाट निर्वाचित भएर गएका जनप्रतिनिधि विकास निर्माण हुने गरेको ढिलासुस्तीका विषयमा मुकदर्शक भएको आरोप लाग्दै आएको छ । त्यस्तै बारेकोट गाउँपालिका–२ र ५ को बीचमा रहेको घाटस्थित नलगाड खोलाको पुल निर्माण अलपत्र छ । एकमात्र पिल्लर उठाएर बीचमा काम रोकिएको छ ।

नारायनम् निर्माण सेवा नेपालगञ्ज १८ बाँकेले लिएको उक्त पुलको काम चार करोड ६५ लाख चार हजार ८५२ रुपैयाँमा मा लिएको थियो । विसं २०७९ जेठ २३ गते सम्झौता भएको उक्त पुलको गत मङ्सिरमा म्याद सकिएर पुनः थपी २०८१ मङ्सिर २२ बनाइएको छ ।

एक करोड ४० लाख चार हजार ९११ मा निर्माण व्यवसायीले भुक्तानी लिएको कार्यालयले जनाएको छ । हालसम्म ३० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । सुरुमा निर्माण व्यवसायीले काम राम्रो गरेपनि पछिल्लो समय बीचमै छोडेर सम्पर्कविहीन भएको कार्यालय प्रमुख यादवले बताए ।

पटकपटक पत्र काटेर छलफलमा आई काममा लाग्न आग्रह गर्दा पनि निर्माण व्यवसायीले नसुनेको उनको गुनासो छ । निर्माण व्यवसायीसँग सम्पर्क गर्दा फोन नउठी प्रतिक्रिया लिन सकिएन ।

जिल्लामा विकास निर्माणको काम अलपत्र पर्दासम्म यहाँका जनप्रतिनिधि साना गोष्ठी, सभा र उद्घाटनका कार्यक्रममा रमाइरहेको आरोप स्थानीयवासीले लगाउँदै आएका छन् । जिल्लामा भएका सबैखालका बेथितिका विषयमा कोही पनि बोल्ने आँट नगर्ने स्थिति किन आयो नेकपा समाजवादीका जाजरकोट अध्यक्ष कमानबहादुर खड्का बताउँछन् ।

जता हेरे पनि चित्त बुझाउने ठाउँ नभएको उनले बताए । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी हरिश्चन्द्र शर्मा भने गुनासो आएपछि मात्र छलफल हुने गरेको बताउँछन् । गुनासो नआउँदासम्म केही थाहा नहुने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending