सिन्धुलीमाढी । सिन्धुलीमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि स्थानीय प्रशासनले निगरानी बढाएको छ । जिल्लामा विगत केही दिनदेखि खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेसँगै स्थानीय प्रशासनले बजार अनुगमन गरी निगरानी बढाएको छ । बजारमा खाना पकाउने ग्यासको अभाव हुँदा विशेष गरी होटेल व्यवसायी र कोठा भाडामा बसेका व्यक्ति बढी प्रभावित भएको उपभोक्ताको गुनासो छ ।
बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–४, मल्लगाउँमा होटेल व्यवसाय सञ्चालक सरिता मगर खाना पकाउने एलपी ग्यास बिक्री गर्ने विभिन्न डिपो, पसल तथा कम्पनीबाट सहज रूपमा ग्यास पाउन नसकेको बताउछन् । उनले भने, “होटेल व्यवसाय भएकाले ग्यास धेरै खर्च हुन्छ । ग्यास अभाव हुँदा त्यसको सबैभन्दा बढी मार होटेलमा पर्दो रहेछ ।”
जिल्लामा उक्त ग्यासको सहज आपूर्तिका लागि ग्यास बिक्री गर्ने डिपो ९अधिकृत विके्रता०, पसल र कम्पनीमा जिल्लास्तरीय बजार अनुगमन समितिले अनुगमन गरी सूक्ष्म निगरानी बढाएको अनुगमन समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले जानकारी दिए । उनले भने, “हामीले बिहीबार र शुव्रmबार ग्यास बिक्रि गर्ने सदरमुकामका विभिन्न ठाउँका सात वटा डिपोमा अनुगमन ग(याँै । बाहिरबाट नै ग्यास नआएर जिल्लामा ग्यासको अभाव पाइयो । व्यापारीले लुकाएर अभाव भएको देखिएन ।”
कुनै पसल, व्यक्ति, कम्पनी वा संस्थाले जिल्लाभित्र ग्यास सिलिन्डर बिक्रिवितरण गर्दा उपभोक्ताको हकहितलाई ध्यानमा राख्दै सहज, नियमित र नियमसङ्गत तरिकाबाट गर्न जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अनुरोध गरेको उनले बताए।
सिलिन्डर स्टक हुँदाहुँदै छैन भन्ने, लुकाइछिपाई गर्ने, बढी मूल्य लिन, आफू निकटका व्यक्ति, होटेल वा व्यवसायी तथा ग्राहकलाई मात्रै बिक्रीवितरण गर्ने जस्ता व्रिmयाकलाप पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सदरमुकाम सिन्धुलीमाढीस्थित ढुङ्ग्रेबास बजारका ग्यास विव्रmेता ९डिपो० हरिप्रसाद भेटवाल उपभोक्ताले घरमा ग्यास बढी स्टक ९मौज्दात० राख्दा बजारमा ग्यासको अभाव देखिएको बताउछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - ११:३६
पोखरा । खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने अवस्था आएपछि पोखरामा ग्यास वितरण प्रणालीलाई सहज बनाउने प्रयास थालिएको छ...
श्रावण २४ गते, २०८३ - ११:०७
कप्तानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न हुन सक्ने आशंकामा साउन २३ गते पाँच जनालाई पक्राउ गरेको छ । ज...
श्रावण २४ गते, २०८३ - १०:५५
मकवानपुरगढी। बागमती प्रदेशको सत्ता समीकरण दिनप्रतिदिन पेचिलो बन्दै गइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र प्रदेश सभामा ...
श्रावण २४ गते, २०८३ - १०:३६
सिन्धुलीमाढी । सिन्धुलीमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि स्थानीय प्रशासनले निगरानी बढाएको छ । जिल्लामा विगत केही दिनदेखि खाना पकाउने ग्या...
श्रावण २३ गते, २०८३ - १७:१४
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता राजनीतिक उपलब्धिम...
श्रावण २३ गते, २०८३ - १७:०४
नयाँदिल्ली। उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना ...
श्रावण २३ गते, २०८३ - १६:५०
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका चार महत्वपूर्ण समुदाय क्रमश: टाढिँदै गएको बताएका छन्। उनले सहर...
श्रावण २३ गते, २०८३ - १६:१९
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने मिति परिवर्तन भएको छ। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा अब साउन ...
श्रावण २३ गते, २०८३ - १६:०६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र जिम्मेवारी लिएर सक्रिय रूपमा काम गर्ने कार्यकर्तालाई अवसर...
श्रावण २३ गते, २०८३ - १५:५८
कपिलबस्तु। सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुन: सुरु गरिएको छ । शुक्रबार राति २ बजेसम...



प्रतिकृया लेख्नुहोस्: