Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

इटहरीका १४ विकासे योजना अलपत्र पारेर निर्माण कम्पनी सम्पर्क विहीन

खबरडबली संवाददाता

सुनसरी । सुनसरीको इटहरी उप महानगरपालिमा भित्र सञ्चालनमा रहेका विभिन्न १४ वटा योजना अलपत्र परेका छन् । पटक–पटक काम गर्न भन्दा पनि ठेकेदार कम्पनीले काम नगरेपछि उप महानगर क्षेत्रभित्रका १४ वटा विकास निर्माणका योजना अलपत्र परेका हुन् ।

यसरी निर्माणको कामलाई अलपत्र पार्ने ६ वटा ठेकेदार कम्पनी रहेका छन् । नगरस्तरीय ७ वटा सडक ग्राभेल र कालोपत्रे, ३ वटा पुल निर्माण गर्ने योजना अलपत्र छाडेर ठेकेदार उपमहानगरको सम्पर्कमा नरहेका हुन् । पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको इन्जिनियर जीवन घिमिरेले बताए  ।

त्यसमध्ये धेरै योजनाहरू लिने तर काम नगर्ने कम्पनी भने गिरी कन्स्ट्रक्सन प्रा.लि हात्तीवन हो । यो कम्पनीले विभिन्न ५ वटा योजनाको निर्माण गर्ने ठेक्का पाएको थियो । तर सबै काम आधा मात्रै गरेर निर्माण कम्पनी सम्पर्क विहीन भएको हो ।

इटहरी १४ मा रहेको हुलाकी सडक राधाकृष्ण मार्ग स्कुल टोल कालोपत्रे सडक योजना, इटहरी १७ मा रहेको लबीपुर मझरा कालोपत्रे सडक योजना, इटहरी १८ मा रहेको जीतपुर बिसनपुर सडक ग्राभेल तथा प्रोटेक्सन वाल निर्माण योजना अलपत्र परेका छन् ।

यसै गरी इटहरी १७ र १९ जोड्ने बिसनपुर अमाहा जोड्ने कालोपत्रे सडक योजना र इटहरी ८को सतन मार्ग कालोपत्रे सडक योजना गिरी कन्स्ट्रक्सन प्रा।लि हात्तीवनले ठेक्का लिएको छ । तर कुनै काम पूरा गरेको छैन । यसका सञ्चालक कुमार गिरी हुन् ।

यसैगरी इटहरी १० को बहुजातिय संग्राहलय प्रेरा गिरी जे।भी हात्तीवन र इटहरी ९ स्थित १५ बेडको इटहरी अस्पतालको भवन प्रतिष्ठा गिरी जे।भी कम्पनी पनि एउटै ठेकेदार रहेको इटहरी उपमहानगरले जनाएको छ । यी दुवै निर्माण सेवाका सञ्चालक पनि कुमार नै रहेको उपमहानगरले जनाएको छ ।

गिरी सञ्चालक रहेको विभिन्न गरी ७ वटा निर्माणको ठेक्का लिएको र कामै नगरी अलपत्र पारेको देखिएको छ । सार्वजनिक खरिद ऐनले दिएको अधिकारको प्रयोग गर्दै एउटै कम्पनीले धेरै योजना लिएर अलपत्र पारेको देखिएको छ । कानुन अनुसार एउटै कम्पनीले ५ वटा सम्म ठेक्का लिन पाउने प्रावधान रहेको छ ।

यस्तै अन्य योजना अलपत्र पार्ने कम्पनी मध्ये सिराहाको अङ्कित कन्स्ट्रक्सन प्रा.लि हो । यो कम्पनीले दुई योजनाको ठेक्का जिम्मा पाएको छ । अङ्कित कन्ट्रक्सनले स्मार्ट सार्वजनिक शौचालय र इटहरी १६को हक्राहा खोलाको बक्स पुल निर्माणको ठेक्का पाएको र काम बिचमै छाडेर सम्पर्क विहीन भएको इटहरी उप महानगरपालिकाका इन्जिनियर घिमिरेले बताए ।

भोजपुरको निर्माण कम्पनी अनु निर्माण सेवाले पनि २ वटा योजनाको काम गर्छु भनेर काम गरेको छैन । इटहरी २० को धन पुरी मार्गको कालोपत्रे योजना र टेङ्ग्रा खोला कोरिडोरमा रिटर्नीङ वाल लगाउने काम पनि हुन सकेको छैन ।

खनार प्रहरी चौकी –भानु मार्ग भारबी रोड कालोपत्रे योजना आर वन कन्स्ट्रक्सन,घोईन्डा खोलाको पुल निर्माण इटहरी १६ को योजना एम के कन्स्ट्रक्सन सिराहाले अलपत्र छाडेको छ ।

इटहरी १५ स्थित भोटिया खोलामा पुल बनाउने कामको ठेक्का पाएको भैरव नारायणम जे.भी नेपालगन्जले काम गर्न सकेको छैन । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending