काठमाडौं । अमेरिकाले सिरिया र इराकमा गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ । अमेरिकाले इराक र सिरियामा रहेका इरानको रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) का निशानामा आक्रमण गरेको हो ।
अमेरिकाले आईआरजीसीका ८५ निशानालाई लक्षित गरी आक्रमण गरेको रोयटर्सले जनाएको छ । केही समयअघि अमेरिकी निशानामा इरान समर्थित लडाकुले गरेको आक्रमणको बदलामा पछिल्लो आक्रमण गरिएको हो । इराकमा सक्रिय इरान समर्थित पपुलर मोबिलाइजेसन फोर्सले आक्रमणमा आफ्ना १६ लडाकु मारिएको पुष्टि गरेको छ भने सिरियामा पनि २३ जना मारिएको जनाइएको छ ।
अमेरिकाले लामो दूरीको बी १ बमवर्षक विमानबाट आक्रमण गरेको जनाइएको छ । अमेरिकाले आगामी दिनहरुमा थप आक्रमण गर्ने चेतावनीसमेत दिएको छ । इजरायल र हमासबीच गत अक्टोबर ७ मा युद्ध सुरु भएयता मध्यपूर्वमा तनाव बढिरहेका बेला अमेरिकाले पछिल्लो आक्रमण गरेको हो ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले विज्ञप्ति जारी गर्दै पछिल्लो आक्रमण अमेरिकाको गल्ती भएको टिप्पणी गरेका छन् । यस आक्रमणले क्षेत्रीय तनाव बढाउने र अस्थीरता पैदा गर्ने विज्ञप्तिमा जनाइएको छ ।
पछिल्लो आक्रमणसँगै इराकले अमेरिकी प्रतिनिधिलाई डाकेर औपचारिक विरोध जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - २०:१६
काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...
मंसिर २५ गते, २०८२ - २०:०७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...
मंसिर २५ गते, २०८२ - २०:०१
काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...




प्रतिकृया लेख्नुहोस्: