Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

प्रेमप्रसादको मृत्युमा ‘राज्य असफल’ भन्ने बालेन, गणेशको आत्मदाह प्रयासमा किन मौन ?

खबरडबली संवाददाता

काठमाडौं । तीन वर्षको अन्तरालमा काठमाडौंमा दुई युवाले एउटै प्रकृतिको चरम निर्णय रोजे । एउटाले आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाए, अर्काले त्यही बाटो रोजे पनि अहिले मृत्युसँग संघर्ष गरिरहेका छन्। तर यी दुई घटनाप्रति राज्यको प्रतिक्रिया मात्र होइन, नेतृत्वको अभिव्यक्ति पनि एकअर्काको ठीक विपरीत देखिएको छ।

२०७९ माघ ११ गते संसद् भवन अगाडि इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेपछि तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा लामो टिप्पणी गर्दै त्यसलाई ‘राज्यको चरम असफलता’को संज्ञा दिएका थिए।

तर बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको घटनामा अहिले प्रधानमन्त्री बनेका बालेन भने सार्वजनिक रूपमा मौन छन्।

उही काठमाडौं, उस्तै पीडा, फरक प्रतिक्रिया

वीर अस्पतालका चिकित्सकका अनुसार गणेश नेपालीको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ। उनी अहिले सघन उपचार कक्षमा जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्।

प्रारम्भिक जानकारीअनुसार कृषि विषयमा स्नातक गरेका गणेश रोजगारीको अभावमा दुई वर्षदेखि पठाओ चलाएर जीविका चलाइरहेका थिए। घटनाको दिन काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा पार्किङ गरिएको उनको मोटरसाइकलमा लक लगाएपछि उनी मानसिक रूपमा विक्षिप्त बनेको दाबी प्रत्यक्षदर्शी र स्थानीयले गरेका छन्। घटनाको वास्तविक कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ।

यही कारणले अहिले प्रश्न उठेको छ तीन वर्षअघि प्रेमप्रसादको आत्मदाहलाई राज्यको असफलताको प्रतीक मान्ने बालेनले आफ्नै सरकारको पालामा भएको यस्तै प्रकृतिको घटनामा किन मौनता रोजे?

प्रेमप्रसादको घटनामा के बोलेका थिए बालेन ?

प्रेमप्रसाद आचार्यको निधनपछि बालेनले फेसबुकमा लेखेका थिए । "सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।"

उनले त्यतिबेला राज्य नागरिकको व्यवसाय, निराशा, सहयोगको याचना, सुरक्षा र उद्धार—हरेक चरणमा असफल भएको टिप्पणी गरेका थिए। उनले सञ्चारमाध्यम, राजनीतिक नेतृत्व, जनप्रतिनिधि र राज्यका सबै संयन्त्रलाई पनि आत्मसमीक्षा गर्न आग्रह गरेका थिए।

यति मात्र होइन, "अब अर्को कुनै प्रेमप्रसाद जन्मिन नपरोस्" भन्दै काठमाडौं महानगरले रोजगारी र सीप विकाससँग सम्बन्धित संरचना निर्माण गर्ने प्रतिबद्धता पनि जनाएका थिए।

अहिले प्रश्न सरकारमाथि

तर अहिले परिस्थिति फेरिएको छ। त्यसबेला महानगर प्रमुख रहेका बालेन अहिले देशको कार्यकारी प्रधानमन्त्री छन्। राहदानी सेवा, प्रशासनिक संयन्त्र र सुरक्षा निकाय सबै संघीय सरकारकै मातहत छन्।

यसबीच गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनापछि सरकारबाट औपचारिक प्रतिक्रिया आउन सकेको छैन। प्रधानमन्त्री बालेनले पनि यस विषयमा सार्वजनिक धारणा व्यक्त गरेका छैनन्।

यसले राजनीतिक र सामाजिक वृत्तमा प्रश्न उठ्न थालेको छ । विपक्षमा हुँदा वा स्थानीय सरकारमा हुँदा राज्यलाई असफल भन्ने नेतृत्व, अहिले राज्यको नेतृत्वमा पुगेपछि किन मौन छ?

प्रश्न एउटै

प्रेमप्रसाद आचार्यको मृत्युले राज्य संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको थियो। गणेश नेपालीको आत्मदाह प्रयासले पनि त्यही प्रश्न फेरि दोहोरिएको छ।

यदि कुनै नागरिक प्रशासनिक सेवा, जीविकोपार्जन वा राज्यसँगको निराशाबाट आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य हुन्छ भने त्यसलाई केवल व्यक्तिगत घटना भनेर टार्न मिल्छ कि राज्यले आफ्नै प्रणालीमाथि प्रश्न उठाउनुपर्छ?

तीन वर्षअघि बालेन आफैंले लेखेका शब्द अहिले उनैको सरकारतर्फ फर्किएका छन् । "सबैभन्दा ठूलो कारण राज्य हो।" अब प्रश्न उठेको छ, त्यो मापदण्ड आज पनि लागू हुन्छ कि हुँदैन?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending