Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

गण्डकीमा गाँजा खेतीले पायो कानुनी मान्यता, औषधि र उद्योगका लागि मात्रै प्रयोग गर्न पाइने

खबरडबली संवाददाता

पोखरा । गण्डकी प्रदेशले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने ऐतिहासिक कानुन पारित गरेको छ। प्रदेश सभाले बिहीबार ‘गाँजा खेती (नियमन तथा व्यवस्थापन) विधेयक, २०८२’ सर्वसम्मत रूपमा पारित गर्दै नियमनसहित गाँजा खेतीको बाटो खुला गरेको हो।

नेपाली कांग्रेस नेतृत्वको सरकार र प्रमुख प्रतिपक्षसहित सबै दलको समर्थनमा विधेयक पारित भएको हो। अब प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि यो ऐनका रूपमा लागू हुनेछ। त्यसपछि नियमावली र कार्यविधि बनेपछि मात्रै गाँजा खेतीको व्यावहारिक कार्यान्वयन सुरु हुनेछ।

नयाँ कानुनअनुसार सरकारको अनुमति लिएर मात्रै गाँजा खेती गर्न पाइनेछ। उत्पादन गरिएको गाँजा औषधि तथा औद्योगिक सामग्री उत्पादनका लागि मात्र प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ। व्यक्तिगत उपभोग वा मनोरञ्जनका लागि गाँजा खेती, बिक्री वा प्रयोग भने पूर्ण रूपमा निषेध गरिएको छ।

विधेयकले उत्पादन भएको गाँजाको सरकारी प्रयोगशालाबाट गुणस्तर परीक्षण गर्ने र त्यसपछि मात्रै बिक्री तथा प्रयोगको अनुमति दिने व्यवस्था गरेको छ। साथै खेतीदेखि प्रशोधन, ढुवानी र बिक्रीसम्मको सम्पूर्ण प्रक्रिया सरकारी निगरानीमा रहनेछ।

यसका लागि प्रदेश सरकारले छुट्टै नियमन इकाई गठन गर्नेछ, जसले अनुमति, निरीक्षण, अनुगमन र कार्यान्वयनको जिम्मेवारी सम्हाल्नेछ।

विधेयकमाथिको छलफलमा सांसदहरूले यो कानुनले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका किसानलाई नयाँ आम्दानीको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्। सांसद गणेशमान गुरुङ ले यसलाई प्रदेशको अर्थतन्त्रका लागि कोसेढुंगा हुने बताए भने कृषि तथा भूमि व्यवस्था मन्त्री यशोदा रिमाल ले गाँजा उत्पादनदेखि बिक्रीसम्म सरकारको कडा नियमन रहने स्पष्ट पारिन्।

सांसद अशोक श्रेष्ठ ले गाँजाबाट औषधि, कपडा, फाइबरलगायतका औद्योगिक सामग्री उत्पादन गरी विदेशी मुद्रा आर्जन गर्न सकिने धारणा राखे। सांसद सुशीला सिंखडा र विन्दु पौडेल ले पनि यो कानुनले किसानको आय वृद्धि र प्रदेशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

गण्डकी प्रदेशले नेपालमै पहिलोपटक औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई स्पष्ट कानुनी आधार दिएको हो। अब यसको प्रभावकारी कार्यान्वयनका लागि बन्ने नियमावली र नियमन प्रणालीलाई निर्णायक मानिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा

दाङ । जिल्लाको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यामा परेको छ । विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरे प...

प्रेमप्रसादको मृत्युमा ‘राज्य असफल’ भन्ने बालेन, गणेशको आत्मदाह प्रयासमा किन मौन ?

काठमाडौं । तीन वर्षको अन्तरालमा काठमाडौंमा दुई युवाले एउटै प्रकृतिको चरम निर्णय रोजे । एउटाले आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाए, अर्काले त्यही बाटो र...

एमाले पुनर्गठन प्रतिवेदन लेख्ने जिम्मा बादल–पोखरेललाई

काठमाडौं । नेकपा एमालेको पुनर्गठनका लागि सुझाव संकलन गरिरहेको कार्यदलले अन्तिम प्रतिवेदन तयार पार्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’...

राहदानी विभागअघि आत्मदाह प्रयासपछि संसदमा सरकारमाथि प्रश्न : ‘अब कति नागरिकले आगो लगाउनुपर्छ ?’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राहदानी विभागअगाडि भएको आत्मदाह प्रयासको घटनालाई लिएर सरकारमाथि कडा प्रश्न उठाएका छन्। प्रति...

गण्डकीमा गाँजा खेतीले पायो कानुनी मान्यता, औषधि र उद्योगका लागि मात्रै प्रयोग गर्न पाइने

पोखरा । गण्डकी प्रदेशले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने ऐतिहासिक कानुन पारित गरेको छ। प्रदेश सभाले बिहीबार ‘गाँजा ...

आज रातिदेखि तीन दिनसम्म वर्षाको प्रभाव, केही ठाउँमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि आगामी तीन दिनसम्म विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम व...

गोर्खा जेलब्रेककी उमा भुजेलको नेतृत्वमा विप्लव नेकपा विभाजित, नयाँ पार्टी घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि विभाजन भएको छ। पार्टीकी पूर्ववरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’ को नेतृत...

टेलिकम बिलिङ भ्रष्टाचार मुद्दामा पूर्व एमडी संगीता पहाडीसहित सबैले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्का सम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद...

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending