भक्तपुर । भक्तपुरको पाँंचतल्ले मन्दिर टौमढीमा शनिबार साँंझ पहिलो पटक बोली प्रदर्शन भएको छ । ५० मिनेटको ५० वटा धिमे बोली, ५० जना कलाकारले ५० स्टेप नाँच र ५० वटा धाँ बाजाको धुन प्रर्दशनी भएको हो ।
भक्तपुर नगरपालिका वडा नम्बर ८ लिवानीस्थित निओ फ्युजन बाजा समूह र भनपा ७ इनाचोस्थित निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्ष्टिच्युटको संयुक्त आयोजनामा प्रदशनी भएको हो ।
निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्ष्टिच्युटका संस्थापक बालकृष्ण बनमालाले आफ्नो संस्कृतिक बाजागाजालाई चाडपर्व, ब्रतबन्ध, राजनीतिक सभा वा कार्यक्रमको उदघाटनमा मात्र प्रस्तुत गर्ने प्रचलन चिर्न यो कार्यक्रमको आयोजना गरेको बताए । 'यसबाहेक पनि हाम्रो बाजाको प्रस्तुति दिन सकिन्छ', उनले भने ।
पुराना बाजागाजा घर, टोल, पाटी र चाडपर्वमा मात्र बजाउने भएर लोप हुँदै गएको उनले बताए । बाजा चाडपर्व वा कुनै कार्यक्रम उदघाटन गर्नको लागिमात्र नभएको उनी सुनाउँछन् । यसलाई समयसमयमा यसरी प्रर्दशनी गर्नुपर्ने उनको विशेष जोड छ । यसलाइ प्रर्दशनी गर्न जात्रा, चाडपर्व कुर्न नपर्ने उनको जिकिर छ ।
निओ फ्युजन बाजा समूहका अध्यक्ष सबिन लेबाले बाजा प्रशिक्षार्थीलाई आफूले सिकेको बाजागाजा प्रस्तुत गर्ने अवसर निरन्तर भइराख्नुपर्नेमा जोड दिए । यसो भएमात्रै सिकेको शीपलाई दीर्घकालसम्म सम्झिरहने उनको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - २०:१६
काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...
मंसिर २५ गते, २०८२ - २०:०७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...
मंसिर २५ गते, २०८२ - २०:०१
काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...




प्रतिकृया लेख्नुहोस्: