एजेन्सी । संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसले बुधबार गाजालगायत छिमेकी क्षेत्रमा तनाव कम गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
असहज परिस्थितिलाई समयमै नियन्त्रण गरी यस क्षेत्रलाई थप हिंसाबाट बचाउन तत्काल कदम चाल्न महासचिव गुटेरेसले आह्वान गरेका हुन् । संयुक्त राष्ट्रसङ्घका शिर्ष अधिकारीले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको अभ्याससम्बन्धि समितिको बैठकसमेतमा यो विषयको उठान गरेका थिए ।
महासचिवले गाजामा बढ्दो आवश्यकता सम्बोधन गर्न, पूर्वी जेरुसेलमसहित कब्जा गरिएको क्षेत्रको अवस्थामा पनि केन्द्रित रहेको बताए । यो श्रीङ्खलाबद्ध सबै हिंसा रोकी अपराधिलाई जवाफदेही बनाउनुपर्ने उनको भनाइ छ ।
महासचिवले प्यालेस्टाइनको लामो प्रश्न र बढ्दो हिंसाका बीचमा समितिको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे ।
गाजामा भएको घटनालाई साझा मानवता र अन्तस्करणमा दाग भन्दै महासचिवले विगत एक सय २० दिनमा मृत्यु, बिनाश, विस्थापन, भोकमरी, क्षति र दुःख भएकोमा शोक व्यक्त गरे । गाजामा मात्रै दुई तिहाइभन्दा बढी महिला तथा बालबालिकासहित २६ हजार सात सय ५० भन्दाबढी प्यालेस्टिनी मारिएको विषयमा जोड दिँदै उनले सर्वसाधारणको हत्या र अपाङ्गता भएका सैन्य आक्रमणमा असन्तुष्टि ब्यक्त गरे ।
गुटेरेसले नागरिक पूर्वाधारमा गम्भीर असर परेको औँल्याउदै गाजामा घर, अस्पताल, विद्यालय, पानी र सरसफाइ सुविधाहरूसहित ७० प्रतिशतभन्दा बढी संरचना नष्ट भएको बताए ।
अन्तर्राष्ट्रिय मानवीय कानुनको सिद्धान्तलाई पुनःपुष्टि गर्दै उहाँले द्वन्द्वको कुनै पनि पक्ष अन्तर्राष्ट्रिय कानुनभन्दा माथि नहुने कुरामा जोड दिए । महासचिवले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहतकार्य एजेन्सी (युएनआरडब्लुए)का कर्मचारी विरुद्धको गम्भीर आरोपहरूलाई सम्बोधन गर्दै आरोपबाट व्यक्तिगतरूपमा आफु डराएको बताए ।
उनले युएनआरडब्लुएको महत्वपूर्णकार्य बताउँदै चालिएका कदमहरूको रूपरेखा प्रस्तुत गरे । गाजाको मानवीय प्रणाली पतनको सङ्घारमा पुगेको बताउँदै २.२ मिलियन मानिसले सामाना गरिरहेको अमानवीय अवस्थामा महासचिवले द्रुत, सुरक्षित, निर्बाध, विस्तारित र दिगो मानवीय पहुँचको लागि आह्वान गरे ।
उनले तत्काल मानवीय युद्धविरामका लागि निवेदनको साथसाथै भीड कम गर्न र निरन्तर मानवीय पहुँच सुनिश्चित गर्ने आवश्यकतामा जोड दिए । गुटेरेसले दुई–राज्य समाधानको दिशामा प्रगति गर्न आह्वान गरे ।
दुई–राज्य समाधानले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको प्राप्ति भई सो क्षेत्रमा न्यायपूर्ण र स्थायी शान्ति र स्थिरता सुनिश्चित गर्न सक्ने उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय समुदायलाई अर्थपूर्ण शान्ति प्रक्रियालाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतामा अडिग रहन पनि आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - २०:१६
काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...
मंसिर २५ गते, २०८२ - २०:०७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । ...
मंसिर २५ गते, २०८२ - २०:०१
काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स...
मंसिर २५ गते, २०८२ - १९:२२
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिक समाजका प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई विस्तृत ध्यानाकर्षण पत्र हस्तान्...
मंसिर २५ गते, २०८२ - १९:०५
ताप्लेजुङ । सशस्त्र प्रहरीले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरी नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख ...
मंसिर २५ गते, २०८२ - १८:५८
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला निर्वाचन आयोगलाई सम्भावित क्षतिबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सशस्त्र प्रहरी बल, नेपाल...
मंसिर २५ गते, २०८२ - १८:५४
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्राप्त गरेको ...
मंसिर २५ गते, २०८२ - १८:१९
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा वि...
मंसिर २५ गते, २०८२ - १८:१५
बाँके । नेपाली कम्युनिष्ट पार्टी बाँकेले आयोजना गर्न लागेको एकता सन्देश सभालाई पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सम्बोधन ग...
मंसिर २५ गते, २०८२ - १८:१०
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...




प्रतिकृया लेख्नुहोस्: