Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

रौतहटमा करोडौंको सामान बरामद, यस्ताे छ जिल्लाकाे रिपाेर्ट कार्ड

खबरडबली संवाददाता

रौतहट ।  रौतहट प्रहरीले प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले यस आर्थिक बर्षको ६ महिनाको अवधिमा झण्डै ३ करोड रुपैयाँ मूल्य बराबरको अबैध सामान, मालसामान ढुवानी गर्ने दर्जनौं सवारी साधन नियन्त्रणमा लिएको बताएका छन ।

विगत बर्षको तुलनामा जिल्लामा तस्करी देखि आपराधिक गतिविधि समेत न्यून भएको एसपी श्रेष्ठले दाबी गरेका छन। गत साउन देखि पुस मसान्त सम्म जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटहरुले तस्करीको माध्यमबाट भारत बाट अबैध रुपमा भित्रीएको दुई करोड ९५ लाख ३१ हजार ३३१ मूल्य बराबरको मालसामान बरामद गरी  आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएको जिल्ला प्रहरी प्रमुख एसपी श्रेष्ठले बताएका छन।

जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार एक सूचना जारि गर्दै पछिल्लो ६ महिनाको प्रगती विवरण सार्वजनिक गरेको छ। नक्कली नेपाली नोटको मुद्दामा प्रहरीले दुई महिना सम्म सुक्ष्म अुनसन्धान गरी ४ वटा मुद्दा दर्ता गरिएको, ९ जनालाई नियन्त्रणमा लिएर १८ लाख ७० हजार चार सय नक्कली नोट बरामद गरिएको जनाएको छ।

अनलाईन स्क्यान गर्ने मामिलामा तिनजना मानिसलाई पक्राउ गरी २४ लाख ३७ हजार ८६५ रुपैया पीडितलाई फिर्ता गराएको, फिरौती माग गर्ने १ जनालाई पक्राउ गरी मुद्दा चलाइएको, ५०८ विभिन्न मुद्दा दर्ता भएको, जसमा २९० मुद्दा फर्छयौट भईसकेको २१८ मुद्दा अनुसन्धानको क्रममा रहेको जसमा ३४३ मानिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ। 

अदालतबाट कसुर ठहर भई फरार रहेका २६९ प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरिएको छ। उक्त प्रतिवादी बाट ४४ बर्ष २ महिना १५ दिन कैद असुली कार्वान्यन तथा १२ लाख ५ हजार ७१२ रुपैया राजस्व असुली गराइएको सूचनामा उल्लेख छ।

६ महिनाको अवधिमा कर्तब्य ज्यान सम्बन्धी ९ वटा मुद्दा दर्ता गरिएकोमा ४ वटा मुद्दा फर्छयौट भईसकेको र ५ वटा मुद्दाको अनुसन्धान जारी रहेको छ ।  उक्त मुद्दामा ९ जना मानिसलाई समातेर जिल्ला अदालत समक्ष पेश गरिएको जनाइएको छ । 

महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी तर्फ ३९ वटा मुद्दा दर्ता भएकोमा २७ वटा मुद्दा फर्छयौट भईसकेको र १२ वटा मुद्दाको अनुसन्धान जारी रहेको छ ।

सवारी ज्यान मुद्दा अन्तर्गत रौतहटमा २४ वटा मुद्दा दर्ता भएको १८ फर्छयौट भईसकेको र ६ वटाको अनुसन्धान जारी रहेका छन् । लागुऔषध तर्फ ११ वटा मुद्दा दर्ता गरिएको जसमध्ये ९ वटा फर्छयौट भईसकेको २ मुद्दाको अनुसन्धान भईरहेको तथा १५ जना मानिसलाई पक्राउ गरिएको सूचनामा उल्लेख गरिएको छ।

विद्युतिय कारोवार साइवर अपराध तर्फ ५ वटा मुद्दा दर्ता भएकोमा सवैको फर्छयौट भईसकेको छ । चोरीडाँका तर्फ ३४ मुद्दा दर्ता गरिएको ३३ वटाको फर्छयौट भई १ वटा मुद्दाको अनुसन्धान भईरहेको छ । उक्त मुद्दामा ५० जना मानिसलाई पक्राउ गरिएको थियो ।

त्यसैगरी जिल्ला स्थित मुद्दा चलाउने अख्तियारी रहेको जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रपुर र इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियामा रहेका हिरासत कक्षमा थुनवाहरुको मानसिक अवस्थामा परिवर्तन  गर्न पुस्तकालयको स्थापना गरिएको पनि सूचनामा उल्लेख गरिएको छ।

एसपी श्रेष्ठले जिल्लाको कमाण्ड लिएपछि बिगतको तुलनामा रौतहटमा तस्करी देखि बिभिन्न किसिमका आपराधिक क्रियाकलापमा समेत कमी आएको प्रवक्ता तथा डिएसपी एलिजा गिरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending