Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

विकासको काममा विष्णुपुर गाउँपालिका अध्यक्षको अवरोध, बार्गेनिङ नमिल्दा बखेडा गरेको आशंका

खबरडबली संवाददाता

सिरहा। कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाले विकासको काममा स्थानीय जनप्रतिनिधीले नै अवरोध गरेको जनाएको छ। सिरहाको पूर्वी नहर प्रणालीअन्तर्गत विष्णुपुर गाउँपालिका १ बजार क्षेत्रमा कमला सिंचाई व्यवस्थापन कार्यालयले गरिरहेको ग्राभेल कार्यमा गापा अध्यक्ष सत्यनारायण यादवले अनावश्यक बखेडा झिकेर काममा भाजोहाल्ने काम गरेको हो । 

नहर किनारअन्तर्गत भोलाबाबा स्थान र बजरङ्गबली मन्दिरसम्मको एक किलो चारसय ५० मिटर बाटो ग्राभेलीङ्ग कार्य ठेक्केदारमार्फत डिजाइन स्टिमेट अनुसार नै भईरहेको काममा बिष्णुपुर गाउँपालिका अध्यक्ष यादबले अवरुद्ध कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्र यादवले जनाएको छ । 

प्रमुख यादवले भने, ‘अहिले काम भईरहेको छ। हामीले कामको नाप जाँच पनि गरिरहेका छौ। काम सकिएपछि डिजाईन, स्टिमेट अनुसार काम भएको हेरेर सल्लाह दिंदा राम्रो हुन्छ।’

प्रमुख यादवले काममा रहेको कर्मचारी माथि विनाकारण अभद्र व्यवहार गर्ने र विकास निर्माण कार्यमा जनप्रतिनिधिले नै हस्तक्षेप गर्नु निन्दनीय  रहेको बताए । उनले काममा भाँजोहाल्ने काम नगर्न पनि जनप्रतिनिधीहरुसँग आग्रह गरे । प्रमुख यादवले आफ्ना साइड शव ईन्जिनियर विद्यानन्द साहमाथि दुर्व्यवहार भएको बताए। 

कार्यालयलयको मु। अ। करबाहेक कुल १२ लाख ३१ हजार चाँच ४० रुपैयाँको लागतमा एक हजार चारसय ५० मिटर लम्बाई, चार मिटर  चौडाइ र १५ सेन्टिमिटर मोटो ग्राभेल विछ्याउने कार्य भईरहेको छ । कार्यालयले डिजाइन स्टिमेट अनुसार गुणस्तरीय काम भईरहेको बताएको छ। प्रयोग भएको ग्राभेल ल्यावटेष्टबाट पास भएको कार्यालको दावी रहेको छ।

बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादव र वडा नम्वर एकका अध्यक्ष भोगेन्द्र यादव निर्माणस्थलमै पुगेर अवरुद्ध सृजना गरेको स्थानीयले बताएको छ।  यस विषयमा बुझ्न पालिका अध्यक्ष यादवलाई फोन सम्पर्क गर्दा उनको फोन उठेन ।

वडा नम्वर १ का अध्यक्ष यादवले भने कर्मचारीसँग सामान्य विवाद भएपनि आफूले आयोजना अवरुद्ध नगरेको बताए । उनले आफूले पटक पटक योजनाको डिजाई, स्टिमेट माग्दा नदिएपछि केही भनाभन भएको र सोही क्रममा आवेगमा औंला नउठाउन भन्दै रोकेको बताए ।

वडा अध्यक्ष यादवले भने, ‘जसले काम गरेको भएपनि हामीले नै उपभोग गर्ने हो। काम राम्रो होसभनेर परियोजनाको जानकारी माँग्दा कर्मचारीले आफूसँग अप्रिय शब्द बोलेपछि सामान्य विवाद भएको हो। काम अवरुद्ध गर्ने, दु:खदिने कुनै मनसाय होइन, छैन।’

साइड सवइन्जिनियर साहले आफूमाथि दुर्व्यवहार भएको जानकारी दिए । उनले भने, ‘गापा अध्यक्ष र वडा अध्यक्ष सहित वहाँहरु धेरैजना हुनुहुन्थ्यो, मैले सवैको प्रश्नको जवाफ दिने प्रयास गरिरहेको थिएँ। त्यसबेला म माथि गाली लगौज र दुर्व्यहार भए।’

स्थानीय ६१ वर्षीय दुखिया यादवले गाउँ पालिकालाई खाल्डो पुर्न पटक–पटक अनुरोध गर्दा कमला सिंचाई व्यवस्थापन कार्यालयको काम हो भन्दै पन्छिने अहिले आएर विकास निर्माण कार्य भइरहेको अवस्थामा विनाकारण गापा अध्यक्षले अनावश्यक बखेडा गर्नुले ठेकेदार सँगको वार्गेनिङ नमिलेपछि विरोध गरेको आशंका उब्जाएको उनको भनाइ छ । उनले आफू पनि नगर्ने अरुलाई पनि गर्न नदिने जनप्रतिनीधिको परिपाटी ठिक नभएको बताए। 

त्यसैगरी अर्का स्थानीय इन्द्रदेव यादवले ग्राभेलको काम भइरहेको बेला विनाकारण गापा अध्यक्ष र वडा अध्यक्षले काम अवरुद्ध गरेको बताए। पहिले अध्यक्षले नैसबै कामहरू उपभोक्ता समितिमार्फत् काम गराउने गरेका थिए । अहिले कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाले ठेक्का लगाएपछि उपभोक्तामार्फत् काम गर्न पल्केकाहरु अहिले अवरोध सृजना गर्ने गरेको स्थानीयहरु बताउँछन्। 
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रमेश लेखकलाई आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...

पुरूषोत्तम यादवले दिए मानव अधिकार आयोगमा तीन घन्टा बयान

काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...

सुशीला कार्की सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न विप्लवको १० दिने अल्टिमेटम

काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने

काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...

बाँके २ बाट अध्यक्ष कमल थापाको एकल नाम सिफारिस

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...

उम्मेदवारी मनोनयनअघि मन्त्री पदबाट राजीनामा दिने/नदिने निर्णय गर्छु : कुलमान घिसिङ

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...

कुलमानले सार्वजनिक गरे सय दिनका १०१ कामको सूची, १७ अर्ब बराबरको ठेक्का रद्द

काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित आठ जनाको मृत्यु

अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...

गगन थापाले संसद् पुनर्स्थापनाको पक्षमा गरेनन् हस्ताक्षर, अरु क-कसले गरेनन् ?

काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...

नख्खु कारागारबाट फरार कैदीद्धारा ठमेलमा एक युवकको हत्या, रोल्पाबाट पक्राउ

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending