Khabar Dabali २५ जेष्ठ २०८३ सोमबार | 8th June, 2026 Mon
Investment bank

विकासको काममा विष्णुपुर गाउँपालिका अध्यक्षको अवरोध, बार्गेनिङ नमिल्दा बखेडा गरेको आशंका

खबरडबली संवाददाता

सिरहा। कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाले विकासको काममा स्थानीय जनप्रतिनिधीले नै अवरोध गरेको जनाएको छ। सिरहाको पूर्वी नहर प्रणालीअन्तर्गत विष्णुपुर गाउँपालिका १ बजार क्षेत्रमा कमला सिंचाई व्यवस्थापन कार्यालयले गरिरहेको ग्राभेल कार्यमा गापा अध्यक्ष सत्यनारायण यादवले अनावश्यक बखेडा झिकेर काममा भाजोहाल्ने काम गरेको हो । 

नहर किनारअन्तर्गत भोलाबाबा स्थान र बजरङ्गबली मन्दिरसम्मको एक किलो चारसय ५० मिटर बाटो ग्राभेलीङ्ग कार्य ठेक्केदारमार्फत डिजाइन स्टिमेट अनुसार नै भईरहेको काममा बिष्णुपुर गाउँपालिका अध्यक्ष यादबले अवरुद्ध कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्र यादवले जनाएको छ । 

प्रमुख यादवले भने, ‘अहिले काम भईरहेको छ। हामीले कामको नाप जाँच पनि गरिरहेका छौ। काम सकिएपछि डिजाईन, स्टिमेट अनुसार काम भएको हेरेर सल्लाह दिंदा राम्रो हुन्छ।’

प्रमुख यादवले काममा रहेको कर्मचारी माथि विनाकारण अभद्र व्यवहार गर्ने र विकास निर्माण कार्यमा जनप्रतिनिधिले नै हस्तक्षेप गर्नु निन्दनीय  रहेको बताए । उनले काममा भाँजोहाल्ने काम नगर्न पनि जनप्रतिनिधीहरुसँग आग्रह गरे । प्रमुख यादवले आफ्ना साइड शव ईन्जिनियर विद्यानन्द साहमाथि दुर्व्यवहार भएको बताए। 

कार्यालयलयको मु। अ। करबाहेक कुल १२ लाख ३१ हजार चाँच ४० रुपैयाँको लागतमा एक हजार चारसय ५० मिटर लम्बाई, चार मिटर  चौडाइ र १५ सेन्टिमिटर मोटो ग्राभेल विछ्याउने कार्य भईरहेको छ । कार्यालयले डिजाइन स्टिमेट अनुसार गुणस्तरीय काम भईरहेको बताएको छ। प्रयोग भएको ग्राभेल ल्यावटेष्टबाट पास भएको कार्यालको दावी रहेको छ।

बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादव र वडा नम्वर एकका अध्यक्ष भोगेन्द्र यादव निर्माणस्थलमै पुगेर अवरुद्ध सृजना गरेको स्थानीयले बताएको छ।  यस विषयमा बुझ्न पालिका अध्यक्ष यादवलाई फोन सम्पर्क गर्दा उनको फोन उठेन ।

वडा नम्वर १ का अध्यक्ष यादवले भने कर्मचारीसँग सामान्य विवाद भएपनि आफूले आयोजना अवरुद्ध नगरेको बताए । उनले आफूले पटक पटक योजनाको डिजाई, स्टिमेट माग्दा नदिएपछि केही भनाभन भएको र सोही क्रममा आवेगमा औंला नउठाउन भन्दै रोकेको बताए ।

वडा अध्यक्ष यादवले भने, ‘जसले काम गरेको भएपनि हामीले नै उपभोग गर्ने हो। काम राम्रो होसभनेर परियोजनाको जानकारी माँग्दा कर्मचारीले आफूसँग अप्रिय शब्द बोलेपछि सामान्य विवाद भएको हो। काम अवरुद्ध गर्ने, दु:खदिने कुनै मनसाय होइन, छैन।’

साइड सवइन्जिनियर साहले आफूमाथि दुर्व्यवहार भएको जानकारी दिए । उनले भने, ‘गापा अध्यक्ष र वडा अध्यक्ष सहित वहाँहरु धेरैजना हुनुहुन्थ्यो, मैले सवैको प्रश्नको जवाफ दिने प्रयास गरिरहेको थिएँ। त्यसबेला म माथि गाली लगौज र दुर्व्यहार भए।’

स्थानीय ६१ वर्षीय दुखिया यादवले गाउँ पालिकालाई खाल्डो पुर्न पटक–पटक अनुरोध गर्दा कमला सिंचाई व्यवस्थापन कार्यालयको काम हो भन्दै पन्छिने अहिले आएर विकास निर्माण कार्य भइरहेको अवस्थामा विनाकारण गापा अध्यक्षले अनावश्यक बखेडा गर्नुले ठेकेदार सँगको वार्गेनिङ नमिलेपछि विरोध गरेको आशंका उब्जाएको उनको भनाइ छ । उनले आफू पनि नगर्ने अरुलाई पनि गर्न नदिने जनप्रतिनीधिको परिपाटी ठिक नभएको बताए। 

त्यसैगरी अर्का स्थानीय इन्द्रदेव यादवले ग्राभेलको काम भइरहेको बेला विनाकारण गापा अध्यक्ष र वडा अध्यक्षले काम अवरुद्ध गरेको बताए। पहिले अध्यक्षले नैसबै कामहरू उपभोक्ता समितिमार्फत् काम गराउने गरेका थिए । अहिले कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाले ठेक्का लगाएपछि उपभोक्तामार्फत् काम गर्न पल्केकाहरु अहिले अवरोध सृजना गर्ने गरेको स्थानीयहरु बताउँछन्। 
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

मनिला। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । ...

सङ्घीय सरकारबाट ६ महानगरलाई ११ अर्ब ७१ करोड रुपैयाँ अनुदान, कसले कति पाए ?

काठमाडौँ । सङ्घीय सरकारले देशका ६ महानगरपालिकालाई आर्थिक वर्ष २०८३/८४ का लागि कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। अर्थ मन्त्रालय...

बोर्डिङ पास अनियमितता प्रकरणमा नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारी बोर्डिङ पास अनियमितता प्रकरणमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले आइत...

झुटा कागजातका आधारमा नागरिकता दिएको आरोपमा वीरगञ्जका मेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राजेशमान सिंह सहित सात ज...

सातै प्रदेशलाई १ खर्ब ९ अर्बभन्दा बढी बजेट हस्तान्तरण, मधेशले पायो सबैभन्दा धेरै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेशमा गरिने अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अन...

विद्युत् महसुल बक्यौता असुलीलाई प्राथमिकता दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउन नेपाल विद्युत् प...

कांग्रेस नीति प्रतिष्ठानको बैठकमा आन्तरिक आचारसंहितामा छलफल हुने

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बुधबार बिहान ११ बजे बस्दैछ । कांग्रेस केन्द्र...

एसियन गेम्स क्वालिफायरको उपाधि नेपालले जित्यो, हङकङ १९ रनले पराजित

काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअ...

विश्वकपमा सहभागी हुन विदेश जाने तयारीमा रहेका एन्फा अध्यक्ष र महासचिवलाई राखेपले लगायो रोक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार ...

नेप्से ओरालो, डेढ अर्बमै खुम्चियो कारोबार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। यससँगै नेप्से २,७३५ अंकमा झरेर बन्द भएको छ। यसअघि बिहीबार १३ अंक र शुक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending