Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

बेलायतद्वारा डिस्पोजेबल ई–चुरोटमाथि प्रतिबन्ध लगाउने योजना सार्वजनिक

खबरडबली संवाददाता

एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युवाहरूमा भेपिङको बढ्दो प्रवृत्तिसँग सामना गर्नका लागि बेलायतले डिस्पोजेबल ई–चुरोटमाथि प्रतिबन्ध लगाउन कानून प्रस्तुत गर्ने सोमबार घोषणा गरेका छन् । 

“तपाइँ कुनै पनि आमाबुबा वा शिक्षकसँग कुरा गर्नुहोस् उहाँहरूले बच्चाहरूमा भेपिङको चिन्ताजनक वृद्धिको बारेमा कुरा गर्नुहुनेछ”, उत्तरपूर्वी इङ्गल्यान्डको डार्लिङ्टनमा एक स्कुलको भ्रमणका क्रममा मिडियासँग सुनकले भने, “यो सही हो कि हामी यसमाथि रोक लगाउनका लागि कडा कदम चाल्दैछौँ, पसलहरूमा प्रदर्शित गरिने स्वाद, उपस्थिति, प्याकेजिङ डिस्पोजेबल भेप्समाथि प्रतिबन्ध लगाउँदैछौँ, बच्चाहरूले भेपिङ गर्नुहुँदैन ।”

‘पफ्स’ पनि भनेर चिनिने पहिला नै भरिएको डिस्पोजेबल ई–चुरोट युवाहरूमा लोकप्रियछ । यसमा निकोटिनको मात्रा धेरै हुनसक्छ, यो विभिन्न स्वादमा आउँछ र सस्तो हुन्छ । 
सरकारले हालैको आँकडा उद्धृत गर्दै पछिल्लो दुई वर्षमा डिस्पोजेबल भेपको प्रयोग गर्ने १८ वर्षभन्दा कम उमेरका भेपरहरूको अनुपात करिब नौ गुणाले बढेको जनाएको छ । सुनकको सरकारले इङ्गल्यान्ड र वेल्समा बच्चाहरूलाई अवैधरूपमा भेप बिक्री गर्ने पसलहरूमाथि जरिवाना लगाउने योजनासमेत बनाइरहेको छ । 

स्वास्थ्य विशेषज्ञहरूले सरकारको प्रस्तावको स्वागत गरेका छन् । मुख्य चिकित्सा अधिकारी क्रिस ह्विट्टीले उक्त कानूनले भविष्यका पुस्ताहरूमा ठूलो जनस्वास्थ्य प्रभाव पार्ने बताए । 

रोयल कलेज अफ पिडियाट्रिक्स एन्ड चाइल्ड हेल्थका माइक म्याककेनले उक्त कदमको प्रशंसा गर्दै ‘साहसिक कदम’ भने । “डिस्पोजेबलमाथि प्रतिबन्ध लगाउनु सही दिशामा एउटा सार्थक कदम हो”, उनले भने । 

प्रधानमन्त्री सुनकले गत वर्ष बेलायतलाई धूम्रपानमुक्त मुलुक बनाउने योजना घोषणा गरेका थिए । उनले प्रस्तावअनुसार प्रभावकारीरूपमा प्रत्येक वर्ष धूम्रपानको उमेरमा एक वर्ष बढाएर सम्पूर्ण जनसङ्ख्यामा लागु नभएसम्म सन् २००९ जनवरी १ वा त्यसपछि जन्मेका कुनै पनि व्यक्तिका लागि सुर्तीजन्य उत्पादन बिक्री गर्नु अपराध ठहर्छ ।

“म प्रस्ताव गर्छु, हामी प्रत्येक वर्ष धूम्रपानको उमेर एक वर्ष बढाउनेछौँ, यसको अर्थ आज १४ वर्षको बच्चाले कहिले पनि कानूनीरूपमा चुरोट बेच्ने छैन, उनीहरू र उनीहरूका पुस्ता धूम्रपानमुक्त हुनसक्छन्”, अक्टोबरको आफ्नो कन्जरभेटिभ पार्टीको वार्षिक सम्मेलनमा उनले भने । 

हाल इङ्गल्यान्ड र वेल्समा सुर्तीजन्य उत्पादनको खरिद गर्ने उमेर १८ वर्षको छ । प्रधानमन्त्री सुनकका अनुसार प्रत्येक मिनेट अस्पतालमा भर्ना हुनका लागि धूम्रपान जिम्मेबार छ । यद्यपि उनले भेपमाथि पूर्ण प्रतिबन्ध लगाउन जोड दिनुभएन र यसलाई ‘रोक्न चाहने वयस्क धूम्रपान गर्नेहरूका लागि’ राख्नु महत्त्वपूर्ण हुने तर्क दिए । 

यद्यपि केही टोरीले धूम्रपानलाई चरणबद्धरूपमा बन्द गर्ने प्रधानमन्त्री सुनकको प्रयासको विरोध गरिरहेका छन् । विरोध गर्नेमा पूर्वप्रधानमन्त्री लिज ट्रस पनि छन् । उनले यसलाई ‘नानी (बालबच्चाको हेरचाह गर्ने) राज्य’ विस्तार भन्दै सरकारले सुर्तीजन्य बिक्रीमाथिको प्रतिबन्धका लागि आफ्नो अत्यन्तै अपरम्पतारगत योजनाहरू त्याग्नुपर्ने बताए । 

बेलायतको यो घोषणा डिसेम्बरमा एकल–प्रयोग ई–चुरोटमाथि प्रतिबन्ध लगाउनका लागि फ्रान्सेली संसद्को सर्वसम्मत भोटपछि आएको हो । यद्यपि कानूनले फ्रान्सको माथिल्लो सदन सिनेटबाट समर्थन र युरोपेली युनियन (इयु) बाट अनुमति लिन आवश्यक छ । 

बेल्जियमले प्रतिबन्धका लागि इयुको अनुमतिको प्रतीक्षा गरिरहेका बेला जर्मनीले पनि ई–चुरोटमाथि प्रतिबन्ध लगाउने मनसायको सङ्केत दिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सबै भेपको बिक्री वर्तमानमा ३० भन्दा बढी मुलुकमा प्रतिबन्धित छ । कानूनमार्फत ७९ मुलुकले ई–चुरोटको बिक्रीमाथि नियमन गरेका छन् भने ८४ मुलुकमा कुनै प्रतिबन्ध वा नियम छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE