Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

कोशी प्रदेश सरकार विस्तार हुँदै, काे काे बन्लान त मन्त्री ?

खबरडबली संवाददाता

विराटनगर । काेशी प्रदेश सरकार बिस्तार हुने भएकाे छ । राष्ट्रियसभा निर्वाचनले ढिलाइ भएको कोशी प्रदेश सरकार सोमबारसम्ममा विस्तार गर्न मुख्यमन्त्री केदार कार्कीले तयारी थालेका हुन् । 

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार सहकर्मी दलहरुसँग छलफल गरेर आइतबार साँझ वा सोमबारसम्ममा सरकार बिस्तार गर्न लागेका हुन् । 
मुख्यमन्त्री कार्कीले विस्तार हुने मन्त्री मण्डलमा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गर्ने तयारी गरिरहेकाे स्राेतकाे भनाइ छ । 

काँग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी रहेकाे बताइएकाे छ । यसैगरी नेकपा माओवादी केन्द्रबाट भने एक जना मात्रै मन्त्री बन्ने परिस्थितिमा उदयपुरका नारायण बुर्जा मगर र दुई मन्त्री बन्दा संखुवासभाका राजेन्द्र कार्की नियुक्त हुने स्राेतकाे भनाइ छ । 

माओवादीबाट तत्कालका लागि एक जना मात्रै मन्त्री थप गर्ने योजनामा मुख्मन्त्री कार्की भए पनि माओवादीले दुई मन्त्री नियुक्त गर्न दबाब दिइरहेको छ । यसअघि मुख्यमन्त्रीसँग भएको छलफलमा खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय माओवादीलाई दिने सहमति भइसकेको छ । माओवादीबाट थप दुई मन्त्री नियुक्त गर्दा सामाजिक विकास मन्त्रालय उसले पाउनेले स्रोतले बताएको छ ।

काँग्रेसले अब उद्योग, कृषि तथा सहकारी, आर्थिक मामिला तथा योजना मन्त्रालय लिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय जसपालाई दिन मुख्यमन्त्री तयार भएपनि जसपाले भने तत्काल सरकारमा नजाने बताउँदै आएको छ । त्यस्तो परिस्थितिमा काँग्रेसले रामकुमार खत्रीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने र प्रदिपकुमार सुनुवारलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी मुख्यमन्त्रीको रहेकाे बताइएकाे छ । थापालाई भने तत्कालका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री बनाउने कार्कीको तयारी छ ।

हाल काँग्रेसबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भइसकेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE