Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

कोशी प्रदेश सरकार विस्तार हुँदै, काे काे बन्लान त मन्त्री ?

खबरडबली संवाददाता

विराटनगर । काेशी प्रदेश सरकार बिस्तार हुने भएकाे छ । राष्ट्रियसभा निर्वाचनले ढिलाइ भएको कोशी प्रदेश सरकार सोमबारसम्ममा विस्तार गर्न मुख्यमन्त्री केदार कार्कीले तयारी थालेका हुन् । 

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार सहकर्मी दलहरुसँग छलफल गरेर आइतबार साँझ वा सोमबारसम्ममा सरकार बिस्तार गर्न लागेका हुन् । 
मुख्यमन्त्री कार्कीले विस्तार हुने मन्त्री मण्डलमा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गर्ने तयारी गरिरहेकाे स्राेतकाे भनाइ छ । 

काँग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी रहेकाे बताइएकाे छ । यसैगरी नेकपा माओवादी केन्द्रबाट भने एक जना मात्रै मन्त्री बन्ने परिस्थितिमा उदयपुरका नारायण बुर्जा मगर र दुई मन्त्री बन्दा संखुवासभाका राजेन्द्र कार्की नियुक्त हुने स्राेतकाे भनाइ छ । 

माओवादीबाट तत्कालका लागि एक जना मात्रै मन्त्री थप गर्ने योजनामा मुख्मन्त्री कार्की भए पनि माओवादीले दुई मन्त्री नियुक्त गर्न दबाब दिइरहेको छ । यसअघि मुख्यमन्त्रीसँग भएको छलफलमा खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय माओवादीलाई दिने सहमति भइसकेको छ । माओवादीबाट थप दुई मन्त्री नियुक्त गर्दा सामाजिक विकास मन्त्रालय उसले पाउनेले स्रोतले बताएको छ ।

काँग्रेसले अब उद्योग, कृषि तथा सहकारी, आर्थिक मामिला तथा योजना मन्त्रालय लिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय जसपालाई दिन मुख्यमन्त्री तयार भएपनि जसपाले भने तत्काल सरकारमा नजाने बताउँदै आएको छ । त्यस्तो परिस्थितिमा काँग्रेसले रामकुमार खत्रीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने र प्रदिपकुमार सुनुवारलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी मुख्यमन्त्रीको रहेकाे बताइएकाे छ । थापालाई भने तत्कालका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री बनाउने कार्कीको तयारी छ ।

हाल काँग्रेसबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भइसकेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending