Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

दाङका दुई मतदान केन्द्रमा स्थानीयद्वारा मतदान बहिस्कार

खबरडबली संवाददाता

रुपन्देही ।  दाङ निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका दुई मतदान केन्द्रमा स्थानीयले मतदान बहिस्कार गरेका छन्।

जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन्। अन्य सबै केन्द्रमा उत्साहपूर्वक मतदान भइरहँदा क्षेत्र नं ३ अन्तर्गत बबई गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा अहिलेसम्म १० वटा मात्र मत खसेको छ भने बबई गाउँपालिका–७ मलईस्थित देउती माध्यमिक विद्यालय (तल्लो मलई) मतदान केन्द्रमा एक मत पनि खसेको छैन।

बबई गाउँपालिका वडा नं १ र ७ का स्थानीयले आफ्नो समस्या समाधान नभएसम्म मतदान नगर्ने अडान लिएपछि मतदान प्रक्रिया प्रभावित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

स्थानीयले मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा वन्यजन्तुको आक्रमण बारम्बार हुने गरेको भन्दै बस्ती स्थानान्तरणको माग राख्दै आएका छन्। सो माग राजनीतिक दल र सुरक्षा निकायसमक्ष समेत राखिए पनि समाधान नभएको भन्दै उनीहरूले मतदान बहिस्कार गरेका हुन्।

बस्ती स्थानान्तरण सङ्घर्ष समितिका अध्यक्ष चन्द्रबहादुर सारू मगरका अनुसार स्थानीयले एक महिनाअघि नै समस्या समाधान नभए निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएका थिए।

मतदान केन्द्रमा सुरक्षासहित सम्पूर्ण तयारी भए पनि मतदाता उपस्थित नभएपछि मतदान प्रक्रिया प्रभावित भएको देउती मावि मलईका मतदान अधिकृत टेकबहादुर खड्काले बताए। सो केन्द्रमा ५३० मतदाता रहेका छन्।

दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले स्थानीयको मागबारे प्रशासनले केन्द्र सरकारसँग समन्वय गरे पनि कानुनी प्रक्रिया पूरा गर्न समय लागेकाले तत्काल समाधान हुन नसकेको बताए।

दाङ–३ मा नेपाली कांग्रेसबाट पूर्वसिँचाइ मन्त्री दीपक गिरी, नेकपाबाट लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्की, एमालेबाट तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी उम्मेदवार रहेका छन्।

जिल्लाभर साँझ ४ बजेसम्म २ लाख २२ हजार १२ मत खसेको छ। क्षेत्र नं १ मा ७२ हजार ३१०, क्षेत्र नं २ मा ६९ हजार ३३७ र क्षेत्र नं ३ मा ८० हजार ३६५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। दाङमा कुल ४ लाख ३१ हजार ६८६ मतदाता रहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिजो नालयकको कुशासन थियाे अब लफङ्गाहरूको आसन हुने छः घनश्याम भुसाल

काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...

काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खस्यो

बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...

मोरङमा ६४.५६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन धमाधम

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...

मतदान अधिकृत दीपा गौतम, जसले हतियारधारी सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाइन्

कावासोती । पूर्वी नवलपरासीमा एक जना मतदान अधिकृतले हतियारधारी नेपाली सेनाका एक सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन...

कहाँ-कहाँ सुरु हुँदै छ आज रातिबाटै मतगणना ?

काठमाडाैं । निर्वाचन आयोगले मतपेटिका संकलन भएका स्थानमा आज रातिबाटै गणना सुरु गर्ने जनाएको छ । ललितपुरसहित धेरै ठाउँका मतदान अधिकृतले मतपेटिका संकलन ग...

ओखलढुङ्गाको मानेभञ्ज्याङ –७ स्थित मतदान केन्द्रमा मतदान बहिष्कार, प्रत्यक्षतर्फ शून्य मत

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित सातसल्ले मतदान केन्द्रमा स्थानीयले मतदान बहिष्कार गरेका छन्। मतदानका लागि सम्पूर्ण तयारी पू...

पूर्वी रुकुममा भोलि मात्रै मतगणना

रुकुम पूर्व । पूर्वी रुकुममा मतगणना भोलि (शुक्रबार) देखि शुरु हुने भएको छ । लुम्बिनीको एक मात्र हिमाली जिल्ला रहेको त्यहाँ सडक पूर्वाधारको कारण मतपेटि...

पूर्वमा घण्टीलाई ‘माटो’ र ‘भाले’को चुनौती

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म मतदान केन्द्रम...

झापामा आजै रातिदेखि मतगणना सुरु हुने

झापा । झापामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयम...

६ हजार ५४१ उम्मेदवारको भविष्य मतपेटिकामा कैद

काठमाडौँ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म मतदान ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE