घोराही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ ५१ प्रतिशत मतदान भएको छ । दिउँसो ४ बजेसम्म ५१।५ प्रतिशत अर्थात दुई लाख २२ हजार १२ मत खसेको हो । जसमा ९९ हजार ५१७ पुरुष र एक लाख २२ हजार ४९५ महिला रहेका छन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवरका अनुसार जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा ४ लाख ३१ हजार ६ सय ८६ मतदातामध्ये दुई लाख २२ हजार १२ मत खसेको हो । अधिकारी कवरका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ७२ हजार ३१० मत खसेको छ । जसमा क्षेत्रमा ३३ हजार ८८४ पुरुष र ३८ हजार ४२६ महिला मतदाताले मतदान गरेका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा ६९ हजार ३३७ मत खसेको छ । जसमा ३० हजार ४९३ पुरुष र ३८ हजार ८४४ महिला मतदाताले मतदान गरेका छन् । निर्वाचन क्षेत्र नं ३ मा सबैभन्दा बढी ८० हजार ३६५ मत खसेको छ । जसमा क्षेत्रमा ३५ हजार १४० पुरुष र ४५ हजार २२५ महिला मतदाताले मतदान गरेका छन् ।
दाङको निर्वाचन क्षेत्र नं १ मा एक लाख ४० हजार एक जना, निर्वाचन क्षेत्र न। २ मा एक लाख ४० हजार नौ सय ६५ जना र निर्वाचन क्षेत्र नंं ३ मा एक लाख ५० हजार सात सय २० जना मतदाता रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १३:१५
काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हु...
जेष्ठ २० गते, २०८३ - १२:५९
काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजनाको लागत बढेर बजेट अपुग भएपछि जापानले थप सहा...
जेष्ठ २० गते, २०८३ - १२:२०
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध ग...
जेष्ठ २० गते, २०८३ - १२:१०
बुटवल । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना चार मन्त्रीको राजीनामापछि नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेको छ। पार्...
जेष्ठ २० गते, २०८३ - ११:३३
बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा ९एमाले० का चार जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर...
जेष्ठ २० गते, २०८३ - ११:२१
काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोल...
जेष्ठ २० गते, २०८३ - ११:१०
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका दुई थान हात्तीका दाह्रा चोरी भएको खुलेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरील...
जेष्ठ २० गते, २०८३ - १०:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...
जेष्ठ २० गते, २०८३ - १०:३७
काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...
जेष्ठ २० गते, २०८३ - १०:२०
बर्दिबास। सामाजिक सञ्जाल टिकटकमार्फत नेपाल प्रहरीलाई लक्षित गर्दै अपशब्द प्रयोग गरी भिडियो सार्वजनिक गर्ने एक युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ...



प्रतिकृया लेख्नुहोस्: