Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

बाँकेमा ५० प्रतिशत मतदान

खबरडबली संवाददाता

नेपालगन्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले दिएको जानकारीअनुसार मतदान कार्य उत्साहजनक रूपमा शान्तिपूर्ण तरिकाले चलिरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता एवं सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीले अपराह्न ३ बजेसम्म ५० प्रतिशत मतदान भएको जानकारी दिए।

उनले बिहानैदेखि मतदान केन्द्रहरूमा मतदाताको लाम लागेको बताए। मतदान गर्न आउनेहरूले सहज रूपमा मतदान गरिरहेको प्रवक्ता कार्कीले बताउनुभयो। बाँके जिल्लाभरि मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उल्लेखनीय उपस्थिति रहेको छ। युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा निकाय तथा निर्वाचनकर्मीहरू सक्रिय रूपमा खटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले हालसम्म कुनै अप्रिय घटना नभएको र मतदान प्रक्रिया सहज रूपमा अगाडि बढिरहेको बताए।

स्थानीय मतदाताहरूले आफ्नो प्रतिनिधि छान्ने अवसरलाई उत्सवका रूपमा लिँदै उत्साहपूर्वक मतदान गरिरहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ। अझै पनि विभिन्न मतदान केन्द्रहरूमा मतदाता ठुलो संख्यामा मतदानका लागि आउने क्रम जारी छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध, बैठक अवरुद्ध

काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हु...

नागढुंगा सुरुङमार्गका लागि जापानबाट थप ५ अर्ब ५० करोड रुपैयाँ ऋण सहयोग

काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजनाको लागत बढेर बजेट अपुग भएपछि जापानले थप सहा...

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नाम सार्वजनिक, लुकाएको सम्पत्तिबारे सूचना दिन समितिको आग्रह

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध ग...

लुम्बिनी सरकारमा एमालेका चार नयाँ मन्त्री सिफारिस

बुटवल । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना चार मन्त्रीको राजीनामापछि नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेको छ। पार्...

लुम्बिनी सरकारका एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा ९एमाले० का चार जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर...

सुन चाँदी मुल्य कति बढ्यो ?

काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ ।  नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोल...

राष्ट्रपति कार्यालयबाट चोरिए हात्तीका दाह्रा, ६ जना पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका दुई थान हात्तीका दाह्रा चोरी भएको खुलेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरील...

संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा करका दरहरू हेरफेर भएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...

संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा करका दरहरू हेरफेर भएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले मनोमानी रूपमा करका दरहरू परिवर्तन गरेको आरोप लगाएको छ। यस्तो कार्य...

टिकटकमार्फत प्रहरीलाई अपशब्द प्रयोग गर्ने युवक पक्राउ

बर्दिबास। सामाजिक सञ्जाल टिकटकमार्फत नेपाल प्रहरीलाई लक्षित गर्दै अपशब्द प्रयोग गरी भिडियो सार्वजनिक गर्ने एक युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending