बारा । बारा प्रहरीले ३७ लाख बराबरको समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले जिल्लाको विभिन्न ठाउँबाट ३७ लाख ७१ हजार १ सय ६१ रूपैया बराबरको समान सहित ट्रक नियन्त्रणमा लिइएको हो । ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा रौतहटबाट काठमाण्डौतर्फ जादै गरेको प्र।०३-०३-००१ख ००८४ नम्बर को यात्रु बाहक बसबाट घडी ३२५ वटाको अन्दाजी मुल्य ६५ हजार र एयर फोन ९० वटा अन्दाजी मुल्य १ लाख ३५ हजार रुपैयाको विल नभएको समान प्रहरीले बरामद गरेको हो ।
त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा रुपन्देहीबाट लाहान-सिराहातर्फ जादै गरेको लु १ क २८८८ नम्बर को मिनिट्रकबाट १३ हजार ३ सय १० पोका सुर्ती गुट्खा र पुकार गरी अन्दाजी मुल्य ३० लाख १ हजार १ सय ६१ रुपैयाँ बराबरको विल नभएको मिनि ट्रकलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी प्रहरीले रौतहटबाट मकवानपुरतर्फ जादै गरेको ना ३ ख ११४३ नम्बर को ट्रकबाट ४ सय बोरो चामल अन्दाजी मुल्य ५ लाख ७० हजार रुपैयाँ बराबरको विल नभएको ट्रकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । सामानसहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाइएको बाराका प्रहरी प्रवक्ता न्यौपानेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २५ गते, २०८३ - १८:०३
मनिला। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । ...
जेष्ठ २५ गते, २०८३ - १७:५१
काठमाडौँ । सङ्घीय सरकारले देशका ६ महानगरपालिकालाई आर्थिक वर्ष २०८३/८४ का लागि कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। अर्थ मन्त्रालय...
जेष्ठ २५ गते, २०८३ - १७:३८
काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारी बोर्डिङ पास अनियमितता प्रकरणमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले आइत...
जेष्ठ २५ गते, २०८३ - १७:११
काठमाडौं । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राजेशमान सिंह सहित सात ज...
जेष्ठ २५ गते, २०८३ - १६:५९
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेशमा गरिने अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अन...
जेष्ठ २५ गते, २०८३ - १६:५०
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउन नेपाल विद्युत् प...
जेष्ठ २५ गते, २०८३ - १६:४१
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बुधबार बिहान ११ बजे बस्दैछ । कांग्रेस केन्द्र...
जेष्ठ २५ गते, २०८३ - १६:०४
काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअ...
जेष्ठ २५ गते, २०८३ - १५:५८
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार ...
जेष्ठ २५ गते, २०८३ - १५:२७
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। यससँगै नेप्से २,७३५ अंकमा झरेर बन्द भएको छ। यसअघि बिहीबार १३ अंक र शुक...



प्रतिकृया लेख्नुहोस्: