Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

बङ्गलादेशमा ट्रान्सजेन्डर मान्यताको विरोध

खबरडबली संवाददाता

एजेन्सी । स्कुलको पाठ्यपुस्तकहरूमा ट्रान्सजेन्डर व्यक्तिको मान्यता हटाउने मागसहित पछिल्लो विरोध प्रदर्शनमा शुक्रबारको नमाजपछि आयोजित एक इस्लामिक जुलुसमा बङ्गलादेशको राजधानीमा हजारौँ मानिस भेला भएका छन् । 

बङ्गलादेशमा ट्रान्सजेन्डर महिलाहरू बढ्दो कानूनी मान्यताको लाभार्थी भएका छन् । उनीहरूलाई आधिकारिकरूपमा तेस्रो लिङ्गका रूपमा मान्यता दिइएको छ । गत वर्ष पाठ्यक्रम परिमार्जनमा स्कुलका पाठ्यपुस्तकहरूमा ट्रान्सजेन्डर महिलाहरूको पहिचानलाई समावेश गरिएको थियो । 

सामाजिक विज्ञानको एक पुस्तकले शरिफ नामको एक केटाको कथा बताउँछ । उसले लिङ्ग परिवर्तन गरेर महिलाको नाम शरिफा राख्छ र अन्य ट्रान्सजेन्डर व्यक्तिहरूसँग बस्न जान्छ । 

स्थानीय प्रहरी अधिकारी जाकिर हुसेनले मध्य ढाकामा राष्ट्रिय मस्जिदबाहिर परिवर्तनविरुद्ध र्यालीमा पाँच हजारभन्दा बढी मानिस सहभागी भएको बताए । उक्त र्यालीको आयोजना बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामी पार्टीले गरेको थियो । 

“हामी शरिफलाई शरिफा बन्न दिनेछैनौँ”, प्रदर्शनकारीहरूले नारा लगाएका थिए । उनीहरूले बङ्गलादेशको ठूलो ट्रान्सजेन्डर समुदायलाई मुस्लिम बहुल मुलुक छाड्न माग गर्दैसमेत नारा लगाएका थिए । 

ढाकाको एक प्रमुख विश्वविद्यालयका सयौँ छात्रहरूले यसै साता पाठ्यक्रममा समावेश गरिएको ट्रान्सजेन्डर सामग्रीको निन्दा गरेकामा लेक्चरर आसिफ महताब उत्सालाई बर्खास्त गरेकामा विरोध गरेका थिए ।

हिजडाहरू पूरै दक्षिण एसियामा ट्रान्सजेन्डर महिलाका रूपमा चिनिन्छन् । कानूनी मान्यताको विस्तारसँगै बङ्गलादेशी समाजामा यिनीहरू बढ्दोरूपमा देखिन थालेका छन् । कयौँले बङ्गलादेशी राजनीतिमा प्रवेश गरेका छन् । सन् २०२१ मा मुलुकमा पहिलोपटक एक ट्रान्सजेन्डर महिला कुनै ग्रामीण सहरको मेयर बनिन् । 

यद्यपि एलजिबिटिक्यु समुदायले अहिले पनि बङ्गलादेशमा व्यापक भेदभावको सामना गर्नुपरेको छ । समलिङ्गी यौन सम्बन्धहरूलाई कारागार सजाय दिनका लागि औपनिवेशिक युगको कानून बनेको भए पनि कार्यान्वयन दुर्लभ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending