Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

बङ्गलादेशमा ट्रान्सजेन्डर मान्यताको विरोध

खबरडबली संवाददाता

एजेन्सी । स्कुलको पाठ्यपुस्तकहरूमा ट्रान्सजेन्डर व्यक्तिको मान्यता हटाउने मागसहित पछिल्लो विरोध प्रदर्शनमा शुक्रबारको नमाजपछि आयोजित एक इस्लामिक जुलुसमा बङ्गलादेशको राजधानीमा हजारौँ मानिस भेला भएका छन् । 

बङ्गलादेशमा ट्रान्सजेन्डर महिलाहरू बढ्दो कानूनी मान्यताको लाभार्थी भएका छन् । उनीहरूलाई आधिकारिकरूपमा तेस्रो लिङ्गका रूपमा मान्यता दिइएको छ । गत वर्ष पाठ्यक्रम परिमार्जनमा स्कुलका पाठ्यपुस्तकहरूमा ट्रान्सजेन्डर महिलाहरूको पहिचानलाई समावेश गरिएको थियो । 

सामाजिक विज्ञानको एक पुस्तकले शरिफ नामको एक केटाको कथा बताउँछ । उसले लिङ्ग परिवर्तन गरेर महिलाको नाम शरिफा राख्छ र अन्य ट्रान्सजेन्डर व्यक्तिहरूसँग बस्न जान्छ । 

स्थानीय प्रहरी अधिकारी जाकिर हुसेनले मध्य ढाकामा राष्ट्रिय मस्जिदबाहिर परिवर्तनविरुद्ध र्यालीमा पाँच हजारभन्दा बढी मानिस सहभागी भएको बताए । उक्त र्यालीको आयोजना बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामी पार्टीले गरेको थियो । 

“हामी शरिफलाई शरिफा बन्न दिनेछैनौँ”, प्रदर्शनकारीहरूले नारा लगाएका थिए । उनीहरूले बङ्गलादेशको ठूलो ट्रान्सजेन्डर समुदायलाई मुस्लिम बहुल मुलुक छाड्न माग गर्दैसमेत नारा लगाएका थिए । 

ढाकाको एक प्रमुख विश्वविद्यालयका सयौँ छात्रहरूले यसै साता पाठ्यक्रममा समावेश गरिएको ट्रान्सजेन्डर सामग्रीको निन्दा गरेकामा लेक्चरर आसिफ महताब उत्सालाई बर्खास्त गरेकामा विरोध गरेका थिए ।

हिजडाहरू पूरै दक्षिण एसियामा ट्रान्सजेन्डर महिलाका रूपमा चिनिन्छन् । कानूनी मान्यताको विस्तारसँगै बङ्गलादेशी समाजामा यिनीहरू बढ्दोरूपमा देखिन थालेका छन् । कयौँले बङ्गलादेशी राजनीतिमा प्रवेश गरेका छन् । सन् २०२१ मा मुलुकमा पहिलोपटक एक ट्रान्सजेन्डर महिला कुनै ग्रामीण सहरको मेयर बनिन् । 

यद्यपि एलजिबिटिक्यु समुदायले अहिले पनि बङ्गलादेशमा व्यापक भेदभावको सामना गर्नुपरेको छ । समलिङ्गी यौन सम्बन्धहरूलाई कारागार सजाय दिनका लागि औपनिवेशिक युगको कानून बनेको भए पनि कार्यान्वयन दुर्लभ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending