Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

भ्रूण स्थानान्तरणबाट एक गैँडा गर्भवती, लोप हुने उपप्रजातिहरूलाई सहयोग पुग्ने आशा

खबरडबली संवाददाता

एजेन्सी । एउटा विधिको पहिलो सफल प्रयोगमा भ्रूण स्थानान्तरणमार्फत गैँडालाई गर्भाधान गरिएपछि संरक्षणवादीहरूले करिब लोप भइसकेको उत्तरी सेतो गैँडाको उप–प्रजातिलाई बचाउन सम्भव हुने बताएका छन् । 

अर्को उप–प्रजातिका साथ परीक्षण गर्दा अन्वेषकहरूले प्रयोगशालामा अन्डा र शुक्राणुबाट दक्षिणी सेतो गैँडाको भ्रूण बनाए । ती अन्डा र शुक्राणु पहिला अन्य गैँडाबाट सङ्कलन गरिएको थियो र त्यसलाई केन्यामा ओल–पेजेटा कन्जर्भेन्सीमा एउटा दक्षिणी सेतो गैँडा सरोगेट आमामा स्थानान्तरण गरिएको थियो । 

“सफल भ्रूण स्थानान्तरण तथा गर्भावस्था अवधारणाको प्रमाण हो र अब यसले अन्वेषकहरूलाई उत्तरी सेतो गैँडाको भ्रूणलाई सुरक्षितरूपमा स्थानान्तरण गर्न अनुमति दिन्छ, यो उत्तरी सेतो गैँडालाई लोप हुनबाट बचाउने मिसनको आधारशीला हो”, समूहले बुधबार एक विज्ञप्तिमा भनेको छ । 

यद्यपि सरोगेट आमा गैँडाको सन् २०२३ नोभेम्बरमा एक जीवाणु सङ्क्रमणबाट मृत्यु भएपछि मात्र टोलीलाई गर्भावस्थाबारे थाहा भयो । क्लोस्ट्रिडियम स्ट्रेनका बीजाणुहरू बाढीको पानीले माटोबाट निस्कँदा गैँडालाई सङ्क्रमण भएको थियो र पोस्टमार्टम परीक्षणमा भ्रूण पत्ता लागेको थियो । 

तर पनि वैज्ञानिकहरू आफ्नो निष्कर्षलाई लिएर अत्यन्त आशावादी छन् । बायोरेस्क्यु प्रजनन विभागका प्रमुख एवं मुख्य शोधकर्ता प्राध्यापक थोमस हिल्डेब्रान्टले भने, “अब हामीसँग परीक्षण ट्युबमा तयार गरिएको जमेको, पग्लिएको भ्रूणले नयाँ जीवन दिनसक्छ भन्ने स्पष्ट प्रमाण छ र हामी सेतो गैँडाका लागि यही चाहन्छौँ ।”

अफ्रिकामा करिब २० हजार दक्षिणी सेतो गैँडा रहेका छन् । तिनीहरू उप–प्रजातिका साथै अर्को प्रजाति कालो गैँडा आफ्नो सिङको अवैध शिकारका कारण तिनीहरूको सङ्ख्यामा उल्लेखनीय कमीबाट माथि आइरहेका छन् । यद्यपि उत्तरी सेतो गैँडाको उप–प्रजाति विश्वमा दुई वटामा मात्र बाँकी छन् । 

तिनीहरू बस्ने ओल–पेजेटा कन्जर्भेन्सीका अनुसार ३४ वर्षीय नाजिन र उसको २३ वर्षीय सन्तान फातु दुवै प्राकृतिकरूपमा प्रजननमा असमर्थ छन् । अन्तिम भाले सेतो गैँडा ४५ वर्षको सुडान थियो । उमेरसम्बन्धी जटिलताका कारण सन् २०१८ मा उसको मरण सहज बनाइयो । ऊ नाजिनको भाले थियो । 

उत्तरी सेतो पोथी गैँडाबाट प्राप्त अन्डाहरू प्रयोग गरी भ्रूण उत्पादन गर्नका लागि प्रयोग गर्ने आशामा वैज्ञानिकहरूले उसको वीर्य र अन्य चार मरेका गैँडाहरूको वीर्य भण्डारण गरे । अन्ततः दक्षिणी सेतो गैँडा सरोगेट आमाहरूले ती वीर्य र अन्डा बोक्नेछन् । 

केही संरक्षण समूहहरूले चाड, सुडान, युगान्डा, कङ्गो र मध्य अफ्रिकी गणतन्त्रमा प्रजातिहरूको प्राकृतिक वासस्थान मानव द्वन्द्वका कारण नष्ट भएकाले इन भिट्रो फर्टिलाइजेसनमार्फत उत्तरी सेतो गैँडालाई बचाउन सम्भवतः ढिलो भइसकेको तर्क दिएका छन् ।

संदिग्धहरूले बाँच्नका लागि राम्रो अवसरका साथ अन्य गम्भीररूपमा लोपोन्मुख प्रजातिहरूमा प्रयास केन्द्रित गर्नुपर्ने बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending