Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

भ्रूण स्थानान्तरणबाट एक गैँडा गर्भवती, लोप हुने उपप्रजातिहरूलाई सहयोग पुग्ने आशा

खबरडबली संवाददाता

एजेन्सी । एउटा विधिको पहिलो सफल प्रयोगमा भ्रूण स्थानान्तरणमार्फत गैँडालाई गर्भाधान गरिएपछि संरक्षणवादीहरूले करिब लोप भइसकेको उत्तरी सेतो गैँडाको उप–प्रजातिलाई बचाउन सम्भव हुने बताएका छन् । 

अर्को उप–प्रजातिका साथ परीक्षण गर्दा अन्वेषकहरूले प्रयोगशालामा अन्डा र शुक्राणुबाट दक्षिणी सेतो गैँडाको भ्रूण बनाए । ती अन्डा र शुक्राणु पहिला अन्य गैँडाबाट सङ्कलन गरिएको थियो र त्यसलाई केन्यामा ओल–पेजेटा कन्जर्भेन्सीमा एउटा दक्षिणी सेतो गैँडा सरोगेट आमामा स्थानान्तरण गरिएको थियो । 

“सफल भ्रूण स्थानान्तरण तथा गर्भावस्था अवधारणाको प्रमाण हो र अब यसले अन्वेषकहरूलाई उत्तरी सेतो गैँडाको भ्रूणलाई सुरक्षितरूपमा स्थानान्तरण गर्न अनुमति दिन्छ, यो उत्तरी सेतो गैँडालाई लोप हुनबाट बचाउने मिसनको आधारशीला हो”, समूहले बुधबार एक विज्ञप्तिमा भनेको छ । 

यद्यपि सरोगेट आमा गैँडाको सन् २०२३ नोभेम्बरमा एक जीवाणु सङ्क्रमणबाट मृत्यु भएपछि मात्र टोलीलाई गर्भावस्थाबारे थाहा भयो । क्लोस्ट्रिडियम स्ट्रेनका बीजाणुहरू बाढीको पानीले माटोबाट निस्कँदा गैँडालाई सङ्क्रमण भएको थियो र पोस्टमार्टम परीक्षणमा भ्रूण पत्ता लागेको थियो । 

तर पनि वैज्ञानिकहरू आफ्नो निष्कर्षलाई लिएर अत्यन्त आशावादी छन् । बायोरेस्क्यु प्रजनन विभागका प्रमुख एवं मुख्य शोधकर्ता प्राध्यापक थोमस हिल्डेब्रान्टले भने, “अब हामीसँग परीक्षण ट्युबमा तयार गरिएको जमेको, पग्लिएको भ्रूणले नयाँ जीवन दिनसक्छ भन्ने स्पष्ट प्रमाण छ र हामी सेतो गैँडाका लागि यही चाहन्छौँ ।”

अफ्रिकामा करिब २० हजार दक्षिणी सेतो गैँडा रहेका छन् । तिनीहरू उप–प्रजातिका साथै अर्को प्रजाति कालो गैँडा आफ्नो सिङको अवैध शिकारका कारण तिनीहरूको सङ्ख्यामा उल्लेखनीय कमीबाट माथि आइरहेका छन् । यद्यपि उत्तरी सेतो गैँडाको उप–प्रजाति विश्वमा दुई वटामा मात्र बाँकी छन् । 

तिनीहरू बस्ने ओल–पेजेटा कन्जर्भेन्सीका अनुसार ३४ वर्षीय नाजिन र उसको २३ वर्षीय सन्तान फातु दुवै प्राकृतिकरूपमा प्रजननमा असमर्थ छन् । अन्तिम भाले सेतो गैँडा ४५ वर्षको सुडान थियो । उमेरसम्बन्धी जटिलताका कारण सन् २०१८ मा उसको मरण सहज बनाइयो । ऊ नाजिनको भाले थियो । 

उत्तरी सेतो पोथी गैँडाबाट प्राप्त अन्डाहरू प्रयोग गरी भ्रूण उत्पादन गर्नका लागि प्रयोग गर्ने आशामा वैज्ञानिकहरूले उसको वीर्य र अन्य चार मरेका गैँडाहरूको वीर्य भण्डारण गरे । अन्ततः दक्षिणी सेतो गैँडा सरोगेट आमाहरूले ती वीर्य र अन्डा बोक्नेछन् । 

केही संरक्षण समूहहरूले चाड, सुडान, युगान्डा, कङ्गो र मध्य अफ्रिकी गणतन्त्रमा प्रजातिहरूको प्राकृतिक वासस्थान मानव द्वन्द्वका कारण नष्ट भएकाले इन भिट्रो फर्टिलाइजेसनमार्फत उत्तरी सेतो गैँडालाई बचाउन सम्भवतः ढिलो भइसकेको तर्क दिएका छन् ।

संदिग्धहरूले बाँच्नका लागि राम्रो अवसरका साथ अन्य गम्भीररूपमा लोपोन्मुख प्रजातिहरूमा प्रयास केन्द्रित गर्नुपर्ने बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE